समाचार

सडक यातायात पत्रकारिता पुरस्कारबाट गिरी पुरस्कृत

पोखरा,भदौ १९ गते । सडक यातायात पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार एकराज गिरी पुरस्कृत भएका छन् । पोखरा यातायात प्रालिको सातौ वार्षिक साधारण सभामा गिरीलाई नगद २५ हजार, सम्मान पत्र र दोषल्ला ओढाएर पुरस्कृत गरिएको हो । गिरी सफल न्यूज डटकमका सम्पादक हुन् । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद गुरुङ, नेपाल पत्रकार पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले. सम्मान गरेका थिए । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा… पुरा पढौ

फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको हो । दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ । भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल नेपालमा यसअघि ने सूचीकरण भइसकेका छन् । पुरा पढौ

पोखरामा शुक्रबारबाट हुने इक्यान शैक्षिक मेलाको तयारी पुरा

पोखरा । इक्यान कास्कीले भदौ २० र २१ (शुक्रबार र शनिबार) आयोजना गर्न लागेको ‘आठौं इक्यान शैक्षिक मेला’को तयारी पुरा भएको छ । टाइम्स एजुकेशनलको प्रस्तुतिमा हुन लागेको मेलाको तयारी पुरा भएको इक्यान कास्कीले जनाएको छ । शुक्रबार बिहान ९ बजे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई लगायतको उपस्थिति रहने जनाइएको छ ।… पुरा पढौ

पोखराको पातले छाँगो ठेक्का सम्झौताबिरुद्द आन्दोलित स्थानियलाई खुकुरी प्रहार गर्न खोज्ने एक पक्राउ

सन्देश श्रेष्ठपोखरा, भदौ १९ पोखराको पर्यटकीय गन्तव्य पातलेछाँगो (डेभिडफल्स) ठेक्का लगाउने विवादले उग्र रुप लिदै गएको छ । पोखरा महानगरपालिकाले छोरेपाटन माविबाट स्वामित्व खोसेर ४० वर्षका लागि डेभिडफल्स सेती क्यानोनिङलाई दिइएपछि स्थानियले विरोध गर्दै आएका छन् । महानगर र सेती क्यानोईङ कुनै पनि हालतमा ठेक्का सम्झौता अनुसार अघि बढ्ने र स्थानिय कुनै पनि हालतमा काम गर्न नदिने अडानमा रहेपछि दुई पक्षबीच भएको विवादले उग्र रुप लिदै गएको हो । विहीबार पनि यी दुई पक्षबीच झडपको स्थिति उत्पन्न भएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा सातौं र आठौं तहका कर्मचारीका लागि सेवाकालीन तालिम सुरु

पोखरा, भदौ १९ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा अधिकारीले तालिमको उचित सदुपयोग गरि कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई उत्प्रेरित गर्दै कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने औल्याउदै असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यसप्रकारका तालीमहरु फलदायी हुने विस्वास ब्यक्त गरेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको… पुरा पढौ

निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज स्थिर

एक हप्तादेखि लगातार बढिरहेको सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजोजस्तै आज पनि तोलाको दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको १३ गते शुक्रबार दुई लाख रुपैयाँ नाघेको सुनको भाउ त्यसयता लगातार बढेको थियो । अस्ति मंगलबार सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी हिजो तोलाको दुई हजार चार सय ८० रुपैयाँ रहेकोमा आज… पुरा पढौ

पोखराको जाल्पारोडमा अनैतिक गतिविधिः ४ सञ्चालक पक्राउ, ११ महिलाको उद्धार

पोखराको जाल्पारोड क्षेत्रका विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ४ जना खाजाघर सञ्चालकहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मंगलबार ती सञ्चालकहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा चितवन घर भई हाल पोखरा–८ जाल्पारोड बस्ने २८ वर्षीय सुनिता तामाङ, तनहुँ व्यास–८ घर भई हाल सृजनाचोक बस्ने १९ वर्षीय सुवास गुरुङ र बाग्लुङ जैमनी–८ घर भई हाल न्यूरोड बस्ने वर्ष २१ का शंकर थापा र सागर थापा मगर रहेका छन् ।… पुरा पढौ

कालिका माविको अध्यक्षमा मोहन थापा

पोखरा, भदौ १८ गते ।  पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् । समितिका सदस्यहरूमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता… पुरा पढौ

निर्देशनालय खारेज गर्ने गण्डकी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सन्देश श्रेष्ठपोखरा, भदौ १८ सर्वोच्च अदालतले गण्डकी सरकारको प्रदेश निर्देशनालय खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ । नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेश कमिटी, प्रगतीशिल वन प्राविधिक संघ केन्द्रीय समिति र प्रजातान्त्रिक वन प्राविधिक संघ गण्डकी प्रदेश समितिले दिएको संयुक्त रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल ईजलाशले निर्देशनालय खारेज गर्ने गण्डकी प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो । गत साउन २६ गते बसेको गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठकले गण्डकी प्रदेशका… पुरा पढौ

पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने

पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो । पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए । यही भदौँ २० र २१ गते प्रतियोगिता संचालन हुने छ । पोखरा महानगरपालिका वडनम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लवमा प्रतियोगिता संचालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए । तौल समूह अनुसार चार विधामा प्रतिष्प्रर्धा गराइने छ । ६० केजी मुनि,… पुरा पढौ