समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीद्वारा अनुदान प्राप्त योजनाहरुको प्रगति सन्तोषजनक

पोखरा, असार ३० प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कास्की जिल्लामा आर्थिक वर्ष २०८१÷८२ मा सयौं योजनाहरु छनौट भए । ती योजनाहरुमा परियोजनामार्फत ६ करोड भन्दा बढी अनुदान प्रदान गरियो । कुल ६ करोड ६५ लाखको बजेट भएपनि २८ लाख रुपैयाँ भने रोक्का भएपछि ६ करोड ३७ लाख रुपैयाँ बजेट रहेको थियो । जसको करीब ९० प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कास्कीका प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिए । परियोजनाले पशुपन्छी, फलफूल तथा तरकारी, स्वास्थ्यलगायतका… पुरा पढौ

सामुदायिक विद्यालय सुधार बारे बहस : नीति, बजेट र नेतृत्वमा जोड

पोखरा । सामुदायिक विद्यालयहरूको शैक्षिक उपलब्धिमा सुधार ल्याउने उद्देश्यले पोखरामा आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा शिक्षा क्षेत्रका नीतिनिर्माता, कार्यान्वयनकर्ता र समुदाय प्रतिनिधिहरूबीच गम्भीर छलफल भएको छ। ‘सामुदायिक विद्यालयहरूको शैक्षिक उपलब्धि वृद्धि : चुनौतीहरू र रणनीतिहरू’ शीर्षक कार्यक्रम Principals Association of Nepal (PAN), कास्की शाखाको आयोजनामा तथा New Light Magazine को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले सामुदायिक विद्यालय सुधारका लागि उठाइएका बजेटको अपर्याप्तता, छात्रवृत्ति वितरण नीति, शिक्षक दरबन्दी समस्या र भौतिक पूर्वाधार जस्ता नीतिगत विषयहरूलाई संघीय… पुरा पढौ

विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य

पोखरा, २९ असार अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्रदेशमा कमिटि गठन गरी सकेको र गण्डकी प्रदेशमा कमिटि गठनका लागि संयोजक तोकेको फिनेका आइसी महासचिब दिपेन घलेले बताए । गण्डकी प्रदेशमा पर्यटन व्यवसायी कृष्ण आचार्यलाई संयोजक तोकेको छ । अगस्ट २ तारिकमा पोखरामा भेला गरेर समिति बनाउने आचार्यले बताए । विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न संस्थाको स्थापना… पुरा पढौ

भानु जयन्तीक अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न

२१२ औँ भानु जयन्तीको अवसरमा रूपा वाङ्मय प्रतिष्ठानले रूपा काव्य उत्सव सम्पन्न गरेको छ । रूपा-६, खोलाको छेउमा सम्पन्न भएको उक्त कार्यक्रममा ५ जना कविले विशेष कविता वाचन शृङ्खलामा कविता वाचन गरेका थिए भने १५ जना कविले खुल्ला सृजना वाचन शृङ्खलामा प्रस्तुती दिएका थिए । विशेष कविता वाचनमा डा. गणपति ओझा, नवराज अधिकारी, हरिकला गौतम, तारानाथ पराजुली र सुप्रिया खनाल रहेका थिए । भानुभक्त को व्यक्तित्त्वको परिचर्चा गर्दै उनको सम्झनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रकट पगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सवमा ५८ लाख खर्च

पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आफ्नो हीरक महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । शनिबार विद्यालयले आर्थिक प्रतिवेदन समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रमसहित हीरक महोत्सव २०८०/०८१ को आयव्यय सार्वजनिक गरेको हो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटाले हीरक महोत्सवका सबै कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले गरेका हुन् । उक्त आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यो असार २७ गतेसम्म हीरक महोत्सवको कुल आम्दानी ५८ लाख ९७ हजार… पुरा पढौ

र्‍यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा

पोखरा, असार २८ गते ।  र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गरे । रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राखे । उनले हिउँको गीतमा… पुरा पढौ

पोखरामा चार महिने आत्मकल्याण र आरोग्य ‘हिमालयन सिद्धमहायोग ध्यान साधना तथा चतुर्मास व्रत अनुष्ठान’ शुरु

पोखरा । पोखरा - ३ नारायणस्थानस्थित हिमालयन सिद्धमहायोग ध्यान साधना केन्द्र, पोखरा मा आज (असार २७ गते बुधबार)देखि विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम ‘हिमालयन सिद्धमहायोग ध्यान साधना तथा चतुर्मास व्रत अनुष्ठान’ सुरु भएको छ। यस चार महिने अनुष्ठानको जगद्गुरु महायोगी सिद्धबाबा कृष्णदासजी महाराजले शुभारम्भ गर्नु भयो ।  जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ, वराहक्षेत्र चतराधाम र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, पोखरा शाखा को संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।अनुष्ठानका प्रमुख बक्ता तथा संकल्पकर्ता जगद्गुरु महायोगी सिद्धबाबा कृष्णदासजी महाराज हुनुहुन्छ, जसले विगत दुई दशकदेखि आध्यात्मिक चेतना, आत्मशुद्धि र पारम्परिक उपचारका माध्यमबाट… पुरा पढौ

लुम्बिनी विकास बैंकद्वारा सिद्ध माविलाई पिउने पानी ट्याङ्की सहयोग

लुम्बिनी विकास बैंकले पोखरा महानगरपालिका वडा न:-१५ स्थित सिद्ध माविलाई ३ वटा स्टिल ट्याङ्की सहयोग प्रदान गरेको छ। संस्थाको स्थापना दिवसको सन्दर्भमा सामाजिक उत्तर दायित्व अन्तर्गत सामुदायिक विद्यालयमा बालबालिकालाई पिउने पानीमा सुविधा पुगोस् ट्याङ्की प्रदान गरिएको लुम्बिनी विकास बैंकका संचालक समिति सदस्य रामचन्द्र सिग्देलले बताए ।सिग्देलले ट्याङ्की हस्तान्तरण गर्दै लुम्बिनी विकास बैंक (निरन्तर सहयात्रा) कार्यक्रम अन्तर्गत शिक्षाको पवित्र मन्दिरमा बैंकको स्थापना दिवस पारेर बैंकले विद्यालयमा सहयोग गर्न पाउँदा बैंक परिवारलाई अत्यन्तै खुसी लागेको बताए । साथै सिग्देलले संस्थाले आगामी वर्षहरुमा… पुरा पढौ

नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)द्वारा छोरेपाटन माविका अध्यक्ष पहारीमाथि कालोमोसो

पोखरा, असार २७ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले पोखरा–१७ छोरेपाटन माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको छ । अध्यक्ष पहारीले छोरेपाटन माविको स्वामित्वमा रहेको पोखराको चर्चित पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स)को भएको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएर मिलेमतोमा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै अखिल (क्रान्तिकारी)ले कालोमोसो दलेको हो । भ्रष्टाचारविरोधी अभियान अन्तर्गत पहारीलाई कालोमोसो दलेर सांकेतिक कारबाही गरेको अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले जनाएको छ । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश संयोजक राजन साउदले एक… पुरा पढौ

पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना पक्राउ

पोखरा । पोखरामा बसमा सवार महिलाले घाँटिमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडौँ गोकर्णेश्वर नगरपापालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र वर्ष ३२ को सुरेश तामाङ रहेका छन् । प्रहरीका अनुसार २९ चैत्र २०८१ मा साँझ सवा ५ बजे अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका १० शिवचोक… पुरा पढौ