समाचार

पोखरामा जेनजीको विशाल प्रदर्शन

सन्देश श्रेष्ठपोखरा, भदौ २३ जेनजीले पोखरामा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध तथा भ्रष्टाचारबिरुद्द जेनजीले पोखरामा पनि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा हजारौं जेनजीहरु सहभागी छन् । काठमाडौंका जेनजीले माईतीघरमा प्रदर्शन गर्ने थाहा पाएपछि पोखरा पनि केहि जेनजी मिलेर बनाएको प्रदर्शनमा विशाल जेनजी सहभागी भए । पोखरा सभागृहमा स्वतःस्फूर्त उपस्थित भएका उनीहरुले नाराबाजी गर्दै प्रदर्शन शुरु गरेका थिए । बिस्तारै संख्या बढेपछि उनीहरु प्रदर्शन गर्दै नगर परिक्रमातर्फ लागे । सभागृहचोकबाट न्यूरोड, चिप्लेढुंगा, मानवअधिकार चोक, सिद्दार्थचोक, बगालेटोल, सिर्जनाचोक,… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघमा ईतिहास रच्दै जानुका बनिन् अध्यक्ष

सन्देश श्रेष्ठपोखरा, भदौ २३ लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुली अध्यक्षमा निर्वाचित भएकी छन् । पर्यटकीय राजधानी पोखराको लेखनाथ क्षेत्रका उद्योगी–व्यवसायीहरूको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा जानुका प्रतिष्पर्धी राजेन्द्र ओझालाई १६३ मतान्तरले पछि पार्दै अध्यक्षमा चुनिएकी हुन् । लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो महिला अध्यक्ष बन्दै उनले ईतिहास रचेकी हुन् । निर्वाचित जानुकाले ९ सय ९६ मत प्राप्त गरिन् । उनका प्रतिष्पर्धी ओझाले ८ सय ३३ मत प्राप्त गरे । निर्वाचित जानुका निवर्तमान महासचिव हुन् भने पराजित ओझा… पुरा पढौ

बाल कल्याण संस्था पोखराको सामाजिक लेखा परीक्षण सम्पन्न

बाल कल्याण संस्था पोखरा–१८ सेदीले आईतबार सामाजिक लेखा परीक्षण तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यतामा सामाजिक लेखा परीक्षण तथा साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद बरालले बाल कल्याण संस्थाले असहायःतथा विपन्न बालबालिकालाई आश्रय दिई शिक्षा दीक्षा प्रदान गरिरहेको भन्दै संस्थाको प्रशंसा गरे । राज्यले गर्नुपर्ने काम बाल कल्याण संस्थाले गरिरहेको उनको भनाई थियो । बालकल्याण संस्थाका उपाध्यक्ष वसन्त सुवेदीको अध्यक्षतामा भएको… पुरा पढौ

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता गर्न फिनेको माग

२२ भदौ, पोखरानेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत निर्णय फिर्ता लिन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वको समूहले सिडिओ शर्मामार्फत सरकारलाई तत्काल निर्णय फिर्ता… पुरा पढौ

‘स्वास्थ्य वीमा कार्यक्रमले घरखेत बेचेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्यो’

सन्देश श्रेष्ठपोखरा, भदौ २२ स्वास्थ्य वीमा वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नेपालमा स्वास्थ्य वीमाको प्रयोग उल्टो रुपमा भइरहेको टिप्पणी गरेका छन् । स्वास्थ्य वीमा वोर्डले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले स्वास्थ्य वीमाको सदूपयोग भन्दा बढी दुरुपयोग भइरहेको बताएका हुन् । स्वास्थ्य वीमा वोर्डले स्वास्थ्य वीमा कार्यक्रम असल उद्देश्यले ल्याएको तर प्रयोग कर्ताले आफ्नो वैंक खाताजस्तो गरेर चलाउँदा समस्या देखिएको उनको भनाई छ । हामीले स्वास्थ्य वीमा एक सय जनाले गर्दा ३÷४ जनाले प्रयोग गर्लान् भन्ने सोंचेका थियौं,उनले… पुरा पढौ

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा आइतबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले मानव बेचबिखनविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राखे।उनले गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक… पुरा पढौ

युआरएलले गर्यो एकै दिनमा ४ सय जनाको सित्तैमा जाँच

पोखरा, २२ भदौयुनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो । यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आयोजित शिविरमा १ सय ८० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गाैलासम्बन्धी रक्त जाँच) सित्तैमा गरिएको हो । १२… पुरा पढौ

लमजुङमा पूर्व राष्ट्रसेवक तथा नागरिक संघको जिल्ला शाखा गठन

सन्देश श्रेष्ठपोखरा, भदौ २१ पूर्व राष्ट्रसेवक तथा नागरिक संघले लमजुङमा जिल्ला शाखा गठन गरेको छ । पूर्व राष्ट्रसेवक तथा नागरिक संघका अध्यक्ष चेतबहादुर रावल (प्रविन), बरिष्ठ उपाध्यक्ष गंगा हमाल पुरी, महासचिव चन्द्रबहादुर भुजेललगायतको उपस्थितिमा संघमा आबद्द सदस्यहरुको शनिबार भएको भेलाले नारायणबहादुर थापाको अध्यक्षतामा जिल्ला शाखा लमजुङ गठन गरेको हो । लमजुङको बसेरी–३ खुदीमा भएको कार्यक्रमको सो अवसरमा संघका केन्द्रीय अध्यक्ष प्रविन रावललाई स्थानियले बाजागाजासहित स्वागत र सम्मान गरेका थिए । बसेरी–३ खुदी जन्मथलोसमेत भएका रावललाई स्थानियले बाजा बजाएर स्वागत गर्दै… पुरा पढौ

अपाङ्गताको सवालमा प्रदेश सरकार कटिबद्ध छः प्रमुख भट्ट

पोखरा, भदौ २२ गते गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गताको सवालमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका समतामूलक समाजको हिस्सेदार रहेको बताए ।शैक्षिक बिकास, रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा बताउनुहुदै एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न उनले सुझाव दिए ।अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै… पुरा पढौ

नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ

भदौ २१,पोखरा नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ निर्विरोध चयन भएकी छन् । समूहको शनिबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी तीन वर्षका लागि उहाँको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सीमा लामिछाने, सचिवमा पुष्पा गिरी, सहसचिवमा पार्वती अधिकारी कोषाध्यक्षमा मैयादेवी श्रेष्ठ तथा सहकोषाध्यक्षमा बबिता राजभण्डारी चयन भए । समितिको सदस्यहरूमा मथुरा गिरी, कमला काप्री, अम्बिका लामिछाने, सुमिना तुलाचन, आशा जिसी, तारा क्षेत्री र सृजना काफ्ले चयन भए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नागढुङ्गा… पुरा पढौ