समाचार

पोखरामा भोलिदेखि आरयू फेष्ट

पोखरा, साउन १५ पर्यटकीय राजधानी पोखरामा भोलिदेखि आरयू फेष्ट हुने भएको छ । रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जिसीआरयू) अन्तर्गत पोखरा–६ बुलौंदीस्थित ईभेन्ट सेन्टरमा यहि साउन १६ गते शुक्रबार र १७ गते शनिबार आरयु फेष्ट हुन लागेको हो । पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना चलिरहेको छ । सोहि परियोजना सञ्चालन अन्तर्गत आरयू फेष्ट गर्न लागेको पोखरा… पुरा पढौ

पोखराको सार्वजनिक यातायातमा छलाङ : विधुतीय बस सञ्चालन

पोखरा पोखराको सार्वजनिक यातायातमा पनि विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । पछिल्लो समयमा विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढेसँगै पोखरामा पनि यसको आकर्षण देखिन थालेको हो ।पोखरा यातायात सेवा प्रा। लिको व्यवस्थापन र व्यवसायी अशोक गुरुङको शेयर लगानीमा विहीवार देखि सार्वजनिक यातायातमा सेवा शुरु गरिएको छ। पोखराको लामाचौरमा एक कार्यक्रमका बीच विद्युतीय बस सेवा शुभारम्भ गरिएको हो । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सयुक्त रुपमा बस सेवाको शुभारम्भ गरेका हुन । कार्यक्रममा… पुरा पढौ

विकाशानन्द फाउण्डेशन, विश्व परिवार गण्डकी प्रदेश तदर्थ समिति गठन, संयोजकमा गुरुआमा कमलेश्वरी आनन्द

पोखरा, साउन १५ विकाशानन्द फाउण्डेशन, विश्व परिवार गण्डकी प्रदेश तदर्थ समिति गठन भएको छ । फाउण्डेसनका सदस्यहरुको साउन १४ गते पोखरा–२३ बराङमा बुधबार भएको पहिलो भेलाले गुरुआमा कमलेश्वरी आनन्दको संयोजकत्वमा तदर्थ समिति चयन गरेको हो । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल तथा डा.योगी विकासानन्दको समुपस्थितिमा सम्पन्न भएको भेलाले समितिको सचिवमा प्रकाश पन्त र सदस्यहरुमा दिलिप दोषी, सोममाया गुरुङ, यज्ञ बस्याल नेपाली, विष्णु अधिकारी र मनोज कुमार अधिकारीलाई चयन गरेको छ । त्यस्तै लालप्रसाद श्रेष्ठ (गोरखा), यामकुमारी पराजुली(तनहुँ), योगिनी सरिता… पुरा पढौ

पोखरामा पहिलो पटक आरयु फेष्ट(RU FEST 2025 ) हुने

पोखरा । पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST 2025 ) गर्न लागिएको हो । यही श्रावण १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मुलमन्त्र सहित यो फेस्टिभल आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले… पुरा पढौ

आज साउन १५ : खीर खाने दिन

आज साउन १५ ,नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम… पुरा पढौ

कास्कीमा पहिलो पटक कोदो रोपाईं महोत्सव हुँदै

पोखरा, साउन १४ कास्कीमा पहिलो पटक कोदो रोपाईं महोत्सव हुने भएको छ । राष्ट्रिय कोदो दिवसको दिन यहि साउन १६ गते शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त आयोजनामा प्रथम कोदो रोपाईं महोत्सव–२०८२ हुने भएको हो । माछापुच्छ«े गाउँपालिका वडा नम्बर–४ लाहाचोक गाउँपालिका कार्यालय भन्दा ६० मिटर उत्तरतर्फको रोपनी क्षेत्रफलमा हुने नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए । शुक्रबार पूर्वाह्न १० बजेदेखि रोपाईं शुरु हुने उनले बताए । रोपाईं… पुरा पढौ

पोखरामा मिडिया तथा सूचना साक्षरता र मानवअधिकार विषयक अन्तक्र्रिया

पोखरा, साउन १४ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा ‘मिडिया तथा सूचना साक्षरता र मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा भएको कार्यक्रममा मिडिया, सूचना साक्षरता र मानवअधिकारका विविध आयाममा गहन छलफल भएको थियो । कार्यक्रममा पत्रकार सन्तोष पोखरेलले मिडिया साक्षरताबारे प्रस्तुति दिँदै डिजिटल युगमा नागरिकले पाउने सूचनाहरूको स्रोत, विश्वासनीयता र उपयोगको बारेमा सचेत हुनुपर्ने बताए । ‘सूचनाको बाढीमा नागरिक अलमलमा पर्न सक्छन्। त्यसैले मिडिया साक्षरता भनेको सहित सूचनाको… पुरा पढौ

पत्रकार गुरुङ र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएका छन् ।पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकारद्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले गरेको सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको मंगलबारको बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन ।अधिवक्ता सुरेन्द्र… पुरा पढौ

नेपाली सिनेमा ‘शिवांश: च्याप्टर -१’ को छायांकन सकियो 

 पोखरा, साउन १४ पोखरा नेपाली कथानक चलचित्र ‘शिवांश: च्याप्टर–१’को छायांकन सकिएको छ। सुटिङ थालेको ३६ औं दिनमा सम्पुर्ण छायांकन सकिएको निर्माता अञ्जान केसीले जानकारी दिए। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा फिल्मको शुभ मुहुर्त गरी सुरु भएको सुटिङ ३६ औं दिनमा सकिएको हो।पोखराका लामाचौर, घार्मी, महेन्द्र गुफा, अमला बिसौनी लगायतका  आसपासमा फिल्मको दृश्य खिचिए पछि पुर्ण रुपमा छायांकन सम्पन्न भएको निर्माता  केसीले बताए। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन्। उनको यो डेब्यु निर्देशकीय… पुरा पढौ

पोखराको मालेपाटनमा खुल्ला लाखे नाच प्रदर्शन हुँदै, २० टिम सहभागी हुने

पोखरा, साउन १४ पोखराको मालेपाटनमा खुल्ला लाखे नाच प्रदर्शन हुने भएको छ । नेवा खलः कास्की अन्तर्गतको ताया मचाः नाच समिति मालेपाटनको आयोजनामा यहि साउन १६ गते शुक्रबार दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको हो । पोखरा–५ मालेपाटनस्थित खेलमैदानमा हुने कार्यक्रममा नेवाः मिसा पुचः एकाई मालेपाटन, ल्याम्हः पुचः मालेपाटन र मालेपाटन नेवा गुठी सहआयोजकका रुपमा रहेको जनाइएको छ । त्यस्तै, पोखरा महानगरपालिका वडा नम्बर–१, २, ३, ४, ६। ७, ८, ९, ११ र १८ सहयोगीका रुपमा… पुरा पढौ