समाचार

नवोदित गायिका लक्ष्मी खनाल पौडेलको मौलिक तीज गीत सार्वजनिक 

पोखरा  नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ। दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन्। पुराना देखि नवोदित गायक गायिकाले समेत यसपालिको तीजमा आफ्ना प्रस्तुतिलाई दर्शक श्रोता माझ ल्याएका हुन्। तीजकै छेकोमा नवोदित गायिका लक्ष्मी खनाल पौडेलले पनि 'बाबा आमालाई सेवा गरौ' जस्तो सामाजिक मौलिक गीत सार्वजनिक गरेकी छिन्। मोति डिजिटलले बजारमा ल्याएको गीतमा गायिका लक्ष्मीलाई सन्जु खनाल र सुष्मा खनालले साथ दिएका छन्। गीतमा लय र शब्द… पुरा पढौ

तमु धिं नेपाल मादी गाउपालिका अध्यक्षमा याङ्जाकोटका इन्द्रबहादुर गुरुङ

पोखरा, १५ साउन तमु धिं नेपाल मादी गाँउपालिका भेला तथा भाषिक अधिकार समबन्धी अन्तरक्रिया कार्यक्रम बिहिवार मादी ३ याङ्जाकोटस्थित गाउपालिकाको सभाहलमा सम्पन्न भएको छ।भेलाले मादी ३ याङ्जाकोटका युवा समाजसेवी इन्द्रबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ ।उपाध्यक्षहरुमा मादी ६ का नारायण गुरुङ , मादी १२ का चित्रबहादुर गुरुङ , मादी २ कि अनुराधा गुरुङ, सचिवमा मादी १ का टिकाराम गुरुङ, सहसचिव मादी ३ का हेमाकुमारी गुरुङ, कोषाध्यक्षमा वडा ५ का क्याप्टेन प्रेमबहादुर गुरुङ, सहकोषाध्यक्षमा वडा नं १०… पुरा पढौ

तमु धिं नेपाल मादी गाउपालिका अध्यक्षमा याङ्जाकोटका इन्द्रबहादुर गुरुङ

तमु धिं नेपाल मादी गाँउपालिका भेला तथा भाषिक अधिकार समबन्धी अन्तरक्रिया कार्यक्रम बिहिवार मादी ३ याङ्जाकोटस्थित गाउपालिकाको सभाहलमा सम्पन्न भएको छ। भेलाले मादी ३ याङ्जाकोटका युवा समाजसेवी इन्द्रबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा मादी ६ का नारायण गुरुङ , मादी १२ का चित्रबहादुर गुरुङ , मादी २ कि अनुराधा गुरुङ, सचिवमा मादी १ का टिकाराम गुरुङ, सहसचिव मादी ३ का हेमाकुमारी गुरुङ, कोषाध्यक्षमा वडा ५ का क्याप्टेन प्रेमबहादुर गुरुङ, सहकोषाध्यक्षमा वडा नं १० का… पुरा पढौ

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।‘प्राविधिक पाटोमा धमाधम काम भइरहेको छ । २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने । गत ११ वैशाखका… पुरा पढौ

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम… पुरा पढौ

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

पोखरा, १५ साउनगण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ ।बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष लक्ष्य नजिक… पुरा पढौ

दोस्रो पर्वतीय दौडमा विदेशी धावकका लागि नाम दर्ता प्रक्रिया तत्काल शुरु गर्न सुझाव

पोखरा, १५ साउन आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले सुझाव दिएका छन् । पोखरा क्लिकद्वारा आज (बिहीबार) आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफल कार्यक्रमका वक्ताले उक्त सुझाव दिएका हुन् । विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।… पुरा पढौ

कोटिहोममा प्रयोग गरिएका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा ७ जनाबिरुद्द मुद्दा दायर

पोखरा, साउन १५ पोखरामा हालसालै भएको कोटिहोममा प्रयोग गरिएका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा ७ जनाबिरुद्द मुद्दा दायर भएको छ । जिल्ला वन कार्यालय कास्कीले पोखराका विभिन्न ठाउँका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा मानवसेवा फाउण्डेशन नेपालका प्रवन्धक विष्णुराज गिरीसहित ७ जनाबिरुद्द कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला वन कार्यालय कास्कीले मुद्दा दायर गरेकाहरुमा पोखरा–१४ शुभ मार्ग टोलका ताराप्रसाद तिवारी, योगमाया बराल, पोखरा–१४ राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, पोखरा–१४ साधना मार्गका ज्ञानेन्द्र सार्की… पुरा पढौ

पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट पाँचको सूचीमा पोखराका सरस्वती र तीर्थ

पोखरा, साउन १५ पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट पाँच पुस्तकमा पोखराका दुई स्रस्टा परेका छन् । पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले आज सार्वजनिक गरेको उत्कृष्ट पाँचको सूचीमा पोखराका दुई स्रस्टाका उपन्यासहरु परेका हुन् । उत्कृष्ट १५ बाट उत्कृष्ट पाँचमा परेका पुस्तकको सूचीमा पोखरेली साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ परेको प्रतिष्ठानले जनाएको छ । पोखरेली स्रस्टासँगै छुदेन काविमोको उरमाल (आख्यान), रमेश भुसालको छालबाटो (गैह्र आख्यान) र भवानी खतिवडाको प्रणाम सगरमाथा (नियात्रा)… पुरा पढौ

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघको उपहार कुपन योजना आजदेखि लागु

पोखरा, साउन १५ पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना आजदेखि लागु भएको छ । संस्था दर्ता भएको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले आजदेखि उपहार कुपन योजना लागु गरेको हो । आजदेखि शुरु भएको चाडपर्व उपहार योजना आगामी पुस १५ गतेसम्म लागु हुने पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की अध्यक्ष तथा उपहार कुपन योजनाका मूल आयोजक समिति संयोजक चिन्तामणि खरेलले जानकारी दिए । यस योजना अन्तर्गत इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले… पुरा पढौ