समाचार

सहारा आधारभूत विद्यालयमा नि:शुल्क आँखाशिविर, १९७ जनाको परीक्षण

पोखरा, साउन १४ । पोखरा महानगरपालिका वडा नं. ९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयले नि:शुल्क आँखाशिविर आयोजना गरेको छ। हिमालयन आँखा अस्पतालडको सहयोगमा आयोजित शिविरको उद्घाटन अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त शिविरमा अस्पतालको प्राविधिक टोलीले कुल १९७ जनाको आँखा परीक्षण गरेको जानकारी दिइएको छ। प्रमुख अतिथि सुरेन्द्र थापा मगरले विपन्न बस्तीमा रहेका बालबालिकाका लागि निःशुल्क सेवा प्रदान गर्ने अवसर पाएकोमा विद्यालयप्रति आभार प्रकट गरे। उनले भविष्यमा विद्यालयबाट सिफारिस लिएर… पुरा पढौ

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ परराष्ट्रमन्त्री देउवाद्वारा उदघाटन

पोखरा । पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा। आरजु राणा देउवाले गरेकी हुन् । उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् । “अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा… पुरा पढौ

मणिपाल शिक्षण अस्पताल र सशस्त्र प्रहरी बलबीच ‘स्वास्थ्य परीक्षण योजना’मा सहमति

पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा र सशस्त्र प्रहरी बल, नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ मा औपचारिक सहमति भएको छ। मणिपाल अस्पतालले हालै सार्वजनिक गरेको ‘व्यावसायिक प्रतिष्ठान तथा संघ–संस्था स्वास्थ्य परीक्षण योजना’ अन्तरगत दुवै पक्षबीच सहकार्यको समझदारी भएको हो। सहमति अनुसार मणिपाल शिक्षण अस्पतालले सशस्त्र प्रहरी बलका अधिकारी तथा कर्मचारीहरूलाई लक्षित गर्दै नियमित तथा विशेष स्वास्थ्य परीक्षण सेवा सुविधा दरमा उपलब्ध गराउनेछ। सहमति पत्रमा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल… पुरा पढौ

हायु परिवारको छैन घर फर्किने चाहना

पोखरा, साउन १३ सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भनिएका हायु परिवार अहिले पोखरामा छन् । चार दिनसम्म सम्पर्कमा नआएका हायु परिवार पोखरा–३० गगनगौंडामा भेटिएका हुन् । व्यापक खोजीपछि सोमबार साँझ फेला परेका उनीहरुलाई पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहवरमा ज्वाईं नाता पर्ने आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको थियो । धनबहादुर हायु परिवारकी छोरी कमला हायुका पती हुन् । उनी तनहुँको शुक्ला गण्डकी नगरपालिका–२ का बासिन्दा हुन् । सिन्धुलीबाट २० हजार रुपैयाँमा हायस गाडी रिजर्भ गरेर उनीहरु पोखरा आएका थिए ।… पुरा पढौ

बेपत्ता भनिएका हायु परिवार फेवाताल घुम्दै, गरे ताल वाराही मन्दिरको दर्शन

पोखरा, साउन १३ सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता हायु परिवारले फेवाताल घुमघाम गरेका छन् । चार दिनदेखि वेपत्ता भएर खोजी भइरहेका उनीहरु हिजो साँझ पोखरा–३० गगनगौंडामा फेला परेका थिए । व्यापक खोजीपछि फेला परेका उनीहरुलाई ज्वाई नाता पर्ने आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको थियो । घरबाट हिंड्दा १६ जना भनिएपछि बिचमा थपिएर २२ जनाको समूह बनेको हायु परिवारले मंगलबार विहान फेवाताल घुमफिर गरेका हुन् । फेवाताल घुमफिरका क्रममा उनीहरुले फेवातालको बिच भागमा रहेका ताल वाराही मन्दिरको दर्शनसमेत गरे । ताल… पुरा पढौ

पोखरामा जापानी भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा । ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल (LAN) को आयोजना तथा जापान फाउण्डेसन, नयाँ दिल्लीको सहयोगमा पोखरामा जापानी भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथिका जापान फाउण्डेसन, नयाँ दिल्लीका प्रशिक्षक केइको योसिखावाले, “जापानी भाषा शिक्षण केवल भाषा शिक्षण नभई जापान र नेपालको सांस्कृतिक सेतु हो। पोखरामा यस्तो कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्नु रहेको बताउनु भयो । संस्थाका अध्यक्ष सृजन भान्साकार्य अध्यक्षतामा भएको कार्यक्रमको संयोजन संस्थाका प्रथम उपाध्यक्ष मोतिप्रसाद श्रेष्ठ, संचालन संस्थाका महासचिव बालकृष्ण शर्माले गर्नुभएको… पुरा पढौ

पोखरामा लागूऔषध सहित ३ जना पक्राउ

पोखरा, साउन १२ पोखरामा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । पोखरा–२७ तालचोकस्थित पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँच गर्दा लुकाईछिपाई ब्राउनसुगर जस्तो देखिने ४ ग्राम ३ सय मिलिग्राम पदार्थ पोखरा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ थान मोवाइलसमेत बरामद गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरुमा तनहुँ म्याग्दे गाउँपालिका वडा नं. १ गुणादीका ३८ वर्षिय कमल थापा, धादिङ स्थायी घर भई पोखरा–१४ चाउथे बस्ने वर्ष ३१ को राजन क्षेत्री र मोरङ सुन्दरहरैचा… पुरा पढौ

चीनको तिव्वत भ्रमण सकेर फर्किए गण्डकीका मुख्यमन्त्री पाण्डे

पोखरा, साउन १२ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ते चीव्वत भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष प्रवेशको अवसरमा चीनको स्वशासित प्रान्त तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री सोमबार पोखरा फर्किएका हुन् । भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ झुङजनसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा मुख्यमन्त्री पाण्डेले तिव्वतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गर्नका लागि सहकार्यको प्रस्ताव गरेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ… पुरा पढौ

मलेसियाली ईभी प्रोटोनको सोरुम पोखरामा, ईमास ७ सार्वजनिक

पोखरा, १३ साउन प्रोटोनले आफ्नो तेस्रो सोरुम पोखरामा बिस्तार गरेको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा काठमाडौं बाहिर पहिलोपटक पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुमको सोमबार पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले उद्घाटन गरे । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ लञ्चिङ गरिएको छ । उद्घाटनको अवसरमा एक हप्ताका लागि प्रोटोन ईमास ७ खरिद्मा शून्य प्रतिशत ब्याजदरमा फाईनान्सको… पुरा पढौ

समाजसेवी थापाद्वारा सिद्ध मा.वि.लाई पच्चीस हजार पाँच सय सहयोग

पोखरा १५ गलेश्वर चोक निवासी समाजसेवी तथा कालिका मा. वि. रामबजारका पूर्व प्रधानाध्यापक प्रेमबहादुर थापाले पितृ उद्वारको कामना गर्दै सिद्ध मा.वि.को अक्षयकोषमा रु २५,५००/ सहयोग गरेका छन् पितृ उद्धार तथा घरपरिवारका छोरा, बुहारी, नातिनातिनीहरु सबैको प्रगति र विद्यार्थीको उज्ज्वल भविष्य कोर्नमा सहयोगी बन्न पाउँदा आफूलाई खुसी लागेको शिक्षासेवी थापाले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले शिक्षा जस्तो पवित्र क्षेत्रमा दान गर्नु भएकोमा धन्यवाद र आभार व्यक्त गर्दै उहाँको सम्पूर्ण थापा परिवारको सुस्वास्थ्य, सुखद् जीवन र उत्तरोत्तर प्रगतिको कामना… पुरा पढौ