समाचार

श्रोत, साधन र अधिकार नहुँदा मुस्लिम आयोगले प्रभावकारी काम गर्न नसकेको निश्कर्षसहित प्रतिवेदन बुझाइयो

पोखरा, ८ असार । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा ३० को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई बुझाएका हुन् । <iframe title="नवलपुरको विनयी त्रिवेणी खोला डाईभर्सनमा फसेको बस" aria-label="Locator map" id="datawrapper-chart-F4Glg" src="https://datawrapper.dwcdn.net/F4Glg/1/" scrolling="no" frameborder="0" style="width: 0; min-width: 100% !important; border: none;" height="691" data-external="1"></iframe><script type="text/javascript">!function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"]){var e=document.querySelectorAll("iframe");for(var t in a.data["datawrapper-height"])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data["datawrapper-height"][t]+"px";r.style.height=d}}}))}(); </script> प्रदेश प्रमुख भट्टले… पुरा पढौ

उद्यमशीलता विकासमा सहकार्य गर्न एनवाईईएफलाई पोखरा उद्योग वाणिज्य संघको आह्वान

पोखरा,८ असार ।पोखरा उद्योग वाणिज्य संघले नेपाली युवा उद्यमी मञ्च –'एनवाईईएफ' पोखराको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उद्यमशीलता विकासमा सहकार्यको लागि आह्वान गरेको छ ।एनवाईईएफ पोखराको वर्ष २०८२÷०८३ को लागि समेज राजभण्डारीको अध्यक्षतामा निर्विरोध रुपले नयाँ कार्यसमिति चयन भएको छ । पोखरा उद्योग वाणिज्य संघ एनवाईईएफको संरक्षक हो ।नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले युवाहरुलाई उद्यमी बन्नका लागि आह्वानमात्रै गरेनन्,कृषि एवं स्थानीय कच्चा पदार्थमा आधारित उद्योग संचालन गर्दै त्यसलाई पर्यटन उद्योगसँग जोड्न आग्रह गरे… पुरा पढौ

वडाध्यक्ष शाहीको आग्रह : कुकुर सुचिकृत गरि सुरक्षित रहनुहोस

गण्डकी, ८ असार पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सुचिकृत गरि रेविजको सुई लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गरेकी छन् ।सनराईज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उनले वडामा सुचिकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिईन् ।वडामा दर्ता शुल्क सय रुपैया लाग्ने गरेको बताउँदै उनले सुचिकृत भएका कुकुरलाई ुपशुसेवा केन्द्रमार्फत रेविजको सुई लगाउदै आएको बताईन् । शोखका लागि घरमा पालिएका… पुरा पढौ

प्रतिभा ‘फुटसल’ को उपाधि स्टेप वाइ स्टेपलाई

पोखरा, असार ८पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि स्टेप वाई स्टेपको टिमले हात पारेको छ । उपाधिसँगै स्टेप वाई स्टेपले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी जितेको छ ।स्टेप वाई स्टेपले टाइ ब्रेकरमा २–१ गोल अन्तरमा टिम १० लाई पराजित गरेको छ । निर्धारित समय २–२ गोल अन्तरले बराबरी भएपछि खेल टाई ब्रेकरमा जाँदा स्टेप वाई स्टेपले जित हात पारेको हो । उपविजेता टिम १० ले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको छ… पुरा पढौ

रेवान पोखराद्वारा तीन तालिम सम्पन्न

असार ७,पोखरा रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तालिमका सहभागीहरूलाई एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ । उनीहरूलाई समापन समारोहका प्रमुख अतिथि… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा गोर्खा र लम्जुङमा छात्रवृत्ति वितरण

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार ६ गते, शनिबार गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न गरियो । तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको समन्वय र व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा ३० जना गोर्खा जिल्लाका विभिन्न ग्रामीण भेगका सार्वजनिक विद्यालयका तमु विद्यार्थीहरुलाई जनही वार्षिक रु ८,०००/- को दरले छात्रवृत्ति रकम वितरण गरेको छ । यो रकम विद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म निरन्तर चार वर्षसम्म प्राप्त गर्नेछन् । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, शिक्षक, अभिभावकहरु र… पुरा पढौ

पोखरा-२५ हेमजामा ईभी गाडी दुर्घटना : ४ घाईते, अवस्था मध्यम

पोखरा, असार ७ पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजामा सवारी दुर्घटना हुँदा चार जना घाईते भएका छन् । पोखराबाट नौंडाँडातर्फ जाँदै गरेको ग.१ ज.८६९१ नम्बरको विद्युतीय गाडी चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । दुर्घटनामा परेर पोखरा–१७ घारीपाटनका ३४ वर्षिय कुशलरत्न परियार, पर्वतको जलजला गाउँपालिका वडा नम्बर–४ मल्लाज निवासी ३७ वर्षिय हर्कबहादुर विक, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नौंडाँडाका २७ वर्षिय दीपेश परियार र २७ वर्षकै ऋतिका परियार घाईते भएको कास्की प्रहरीले जनाएको छ । घाईतेमध्ये कुशलको टाउको,… पुरा पढौ

मानव अधिकार संरक्षणमा राज्य–नागरिकको साझा जिम्मेवारी हुनु पर्नेमा सरोकारवालाको जोड

पोखरा, ६ असार । मानव अधिकार संरक्षणमा राज्य र नागरिकको साझा जिम्मेवारी हुनु पर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा ‘मानव अधिकार र मानव अधिकार रक्षकहरुको अधिकार’ विषयक अभिमुखीकरण कार्यक्रममा तनहुँको बन्दिपुरमा वक्ताहरुले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि कानुनको सही पालना र सुशासन अत्यावश्यक रहेको बताएका छन्। जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले लोकतन्त्र सुदृढ नहुँदासम्म मानव अधिकार सुरक्षित नहुने भन्दै राज्य र… पुरा पढौ

अवैध रुपमा पोखरा भित्रिएको १ करोड ३० लाख बराबरको सुनसहित दुई जना पक्राउ

पोखरा, असार ७ भारतबाट अवैध रुपमा ठूलो मात्रामा पोखरा भित्रिएको सुनसहित दुई जना पक्राउ परेका छन् । पोखरामा बिक्री गर्ने उद्देश्यले भारतबाट अवैध रुपमा ठूलो मात्रामा सुन ल्याएको आरोपमा कास्की प्रहरीले एक किलो सुनसहित कुलदीप सिंह र रामबहादुर विकलाई पक्राउ गरेको हो । पक्राउ परेका ४९ वर्षिय सिंह भारतको अमृतसर निवासी हुन् भने उनी मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । विक भने उनका सहयोगी मात्र रहेको कास्की प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विक रुपन्देहीका हुन्… पुरा पढौ

महिला उद्यमी संघ नेपाल, कास्कीको ७ दिने हस्तकला तालिम र एक दिने लैंगिक हिंसा र विभेदबिरुद्धको कानूनी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, असार ६ महिला उद्यमी संघ नेपाल, कास्कीको प्राकृतिक रेसाजन्य (छ्वाली) ७ दिने हस्तकला तालिम तथा लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्दको एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानिय कच्चा पदार्थको सदूपयोग गर्दै आकर्षक हस्तकलाका सामग्री सिकाउने र सो तालिमको समापनको अवसर पारेर समाजमा व्याप्त लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्द सचेतना जगाउने उद्देश्यले गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । हस्तकला तालिममा जमुना पराजुली र लैंगिक हिंसा तथा विभेदबारे यूमाया थापाले… पुरा पढौ