समाचार

आज साउने सङ्क्रान्ति , लुतो फाल्ने दिन

आज साउने संक्रान्ति पर्व, सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ । अधिकांश… पुरा पढौ

सराङकोट धाममा श्रावण विशेष कार्यक्रम

पोखरा । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १८ सराङकोटस्थित सराङकोट धाममा श्रावण महिना विशेष कार्यक्रम हुने भएको छ । आशुतोष भगवान सदाशिवको अत्यन्त प्रिय महिना श्रावण भएकाले श्रावण महिनामा परेको चार वटै सोमबार विशेष कार्यक्रम गरिने धामका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । प्रत्येक सोमबार शिवपुजन, रुद्राभिषेक, भजन कीर्तन, महाआरतीसहित विभिन्न कार्यक्रम हुनेछ । साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमिकालिका र भैरवको… पुरा पढौ

फेवाताल संरक्षणमा कोशेढुंगा : तालघर सिमाङ्कनका लागि पोल गाड्ने काम सकियो

पोखरा, असार ३२ पोखराको फेवाताल किनार (तालघर) सिमाङ्कन गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनार (तालघर) छुट्याउनका लागि प्राविधिकले डिजिटल रुपमा यकीन गरेको ठाउँमा भौतिक पोल गाड्ने काम सम्पन्न भएको हो । यसलाई फेवाताल संरक्षणमा कोशेढुंगा मानिएको छ । यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले फेवाताल किनार (तालघर)मा १ हजार ५५ वटा डिजिटल पोल गाड्न सिमाङ्कन गरेको थियो । प्राविधिक टोलिले प्राविधिक रुपमा मार्किङ गरेका सबै ठाउँमा भौतिक… पुरा पढौ

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा, ३२ असार । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताएका छन् । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले जेष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्नेमा जोड दिए । नेपालमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय… पुरा पढौ

शिक्षाको गुणस्तर सुधार्न ईमोर्टल सेक्रेड स्कुल पर्वतको ‘शिक्षक क्षमता अभिवृद्धि तालिम’

पोखरा, इमोर्टल सेक्रेड मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पर्वतले शिक्षाको गुणस्तर सुधार्न “शिक्षण–सिकाइ सहजीकरण तथा एकीकृत पाठ्यक्रम प्रवद्र्धन” तालिम आयोजना गरेको छ । पर्वत जिल्लाको जलजला–७, मिलनचोकस्थित सो स्कुलले शिक्षाको गुणस्तर सुधार्नका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै समयानुकूल परिमार्जित पाठ्यक्रमका विधिहरूलाई व्यवहारिक रूपमा शिक्षणमा प्रयोग गर्न तालिमको आयोजना गरेको हो । चार दिनसम्म चलेको तालिममा नर्सरीदेखि कक्षा ७ सम्म अध्यापन गराउने शिक्षक, शिक्षिकाहरुदेखि विद्यालय व्यवस्थापन समितिका सदस्यहरुसमेत सहभागीता रहेको थियो । तालिममा विद्यार्थीकै सहभागितामा आधारित सिकाइ प्रविधिलाई प्रवद्र्दन गर्दै सिकाइ प्रक्रियालाई… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चचाए एवं श्रीकृष्ण कथा प्रवचन शुरु

पोखरा । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रजचन शुरु भएको छ । आगामी साउन ३१ सम्म सञ्चालन हुने श्रमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा वोल्दै मन्त्री थापाले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजलाई स्वच्छ बनाउन महत्वपूर्ण योगदान दिने बताए । समाजलाई अनुशासित बनाई सभ्य समाज निर्माण गर्न धार्मिक अनुष्ठाले महत्व राख्ने बताउदै पोखराको… पुरा पढौ

जुवातास खेल्दै गरेका कास्कीका ५ जना पक्राउ

जुवातास खेलिरहेको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कास्की जिल्ला माछापुच्छ्रे गा.पा.–७ फेदीको एक घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा गएको जिप्रका कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले फेदीका स्थानिय ४१ वर्षिय बिनोद गुरुङ, ५३ वर्षिय कोधिरबहादुर गुरुङ, ४७ वर्षिय कृष्णबहादुर गुरुङ, माछापुच्छ्रे गा.पा. वडा नं.–८ ल्वाङघलेलका ४० वर्षिय चन्द्रमान तामाङ र पोखरा–२५ सुईखेतका ४० वर्षिय गंगाबहादुर थापालाई पक्राउ गरेको हो । पक्राउ परेका ५ जनाको साथबाट चार बुक ताससहित नगद ७३ हजार… पुरा पढौ

कास्की जिल्लाका चार उत्कृष्ट कृषक पुरस्कृत

पोखर, असार ३१ कास्कीका उत्कृष्ट चार कृषक पुरस्कृत भएका छन् । कृषि ज्ञान केन्द्र कास्कीले वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाईको अवसर पारेर आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट हुन सफल चार कृषकहरुलाई पुरस्कृत गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी पिन शोभा गुरुङ, अन्नपूर्ण गाउँपालिकाका नरेन्द्रप्रसाद पौडेल, रूपा गाउँपालिकाका जोरेली मिया र माछापुच्छ्रे गाउँपालिकाका कृष्णप्रसाद दाहाललाई जनही दश/दश हजारसहित दोषल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो । पुरस्कृत कृषकहरुलाई जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लीलाधर पौडेल, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा,… पुरा पढौ

शुक्लाले जनकवि केशरी धर्मराज थापाको १०१ औं जन्मजयन्तीमा विशेष कार्यक्रम गर्ने

पोखरा जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ। पोखराको बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले ूसम्झनामा जनकवि केशरीू विशेष स्मृति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । कवि स्वर्गीय थापाको जन्म दिनको अवसरमा यही साउन १ गते बिहान बाटुलेचौरमा स्मृतिमा शब्द, साधना र संगीतका विषयमा चर्चा गरिने बताईएको छ। लोक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक… पुरा पढौ

सेतीनदी माथि पटनेरी र सितापाईला जोड्ने पुल सञ्चालन

रासस)गण्डकी,३१ असार पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो ।अठार मिटर लम्वाई र एक दशमलव पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीसमेत लाभान्वित हुनेछन् ।गण्डकी प्रदेश… पुरा पढौ