समाचार

पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना पक्राउ

पोखरा । पोखरामा बसमा सवार महिलाले घाँटिमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडौँ गोकर्णेश्वर नगरपापालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र वर्ष ३२ को सुरेश तामाङ रहेका छन् । प्रहरीका अनुसार २९ चैत्र २०८१ मा साँझ सवा ५ बजे अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका १० शिवचोक… पुरा पढौ

जैविक विषादीको प्रयोग बढाउन पोखरामा कार्यशाला आयोजना

पोखरा, असार २६ जैविक विषादीको प्रयोग बढाउन पोखरामा ‘प्राकृतिक समाधानहरुमा केन्द्रीत जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला शुरु भएको छ । रासायनिक विषादी प्रयोग घटाएर जैविक विषादीको प्रयोगमा जोड दिने उद्देश्यले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको आयोजना तथा गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा शनिबारसम्म आयोजना हुने कार्यशालाको गण्डकी प्रदेशकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले उद्घाटन गरिन् । कार्यशालामा नेपालसहित ६ देशका जैविक विषादीको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागिता रहेको गण्डकी… पुरा पढौ

सर्भेक्षण : वर्तमान गठबन्धन र सरकारप्रति गण्डकीका जनताको चरम असन्तुष्टि

पोखरा, असार २६ गण्डकी प्रदेशका जनताले राजनीति र सरकारप्रति चरम असन्तुष्ट रहेको जनाएका छन् । पुरक एसियाले गरेको सर्भेक्षणमा वर्तमान गठबन्धन सरकार र राजनीतिप्रति गण्डकीका जनताले चरम असन्तुष्टि जनाएका हुन् । अहिलेको सरकारप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा ८३.४ प्रतिशत जनताले असन्तुष्ट रहेको जनाएका छन् भने ८.४ प्रतिशत जनताले मात्रै सन्तुष्ट रहेको र ६.७ प्रतिशत जनताले भने सहमत वा असहमत दुबै नरहेको तथा ०.८ प्रतिशत जनताले थाहा छैन वा भन्न चाहन्न भन्ने अभिमत दिएका छन् । त्यस्तै, अहिलेको मुलुकको… पुरा पढौ

लोकतन्त्रमाथिको खतरा को बाट देखे गण्डकीका जनताले ?

पोखरा, असार २६ गण्डकी प्रदेशका जनताले विदेशी शक्तिबाट लोकतान्त्रिक प्रणालीमाथि खतरा रहेको औंल्याएका छन् । पुरक एसियाले गण्डकी प्रदेशका जिल्लाहरुमा गरेको सर्भेक्षणमा विदेशी शक्तिबाट लोकतान्त्रिक प्रणालीमाथि खतरा रहेको औंल्याएका हुन् । मनाङ र मुस्ताङ बाहेक गण्डकी प्रदेशका ९ जिल्लामा गरिएको सर्भेक्षणमा अहिलेको लोकतान्त्रिक प्रणालीमाथि कोबाट खतरा छ भन्ने प्रश्नमा सबैभन्दा धेरै ४४.६ प्रतिशतले विदेशी शक्तिबाट खतरा रहेको अभिमत दिएका छन् । त्यस्तै, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुबाट खतरा रहेको बताउने १८.७ प्रतिशत, धर्मनिरपेक्षता विरोधी शक्तिबाट ९.१ प्रतिशत, संघीयता… पुरा पढौ

कांग्रेस कास्कीका निवर्तमान सभापती केसी पार्टी सदस्यबाटै निलम्बित

पोखरा, असार-२६ नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापती कृष्ण केसी पार्टीको साधारण साधारण सदस्यबाटै निलम्वित भएका छन् । उनलाई २०७९ सालको चुनावमा पाटीलाई असहयोग गरेको भन्दै पार्टी अनुशासन आयोगले ३ महिनाका लागि कारवाही गरेको हो । कास्की क्षेत्र नम्वर १ मा केसी उम्मेद्‌वारको दावेदार थिए । तर पार्टीले वर्तमान सभापती किशोरदत्त बराललाई टिकट दिएपछी विवाद छताछुल्ल भएको थियो । निर्वाचनमा बराल पराजित भएपछी केसीमाथि बराललाई हराएको आरोप लागेको थियो । उनीमाथि कारवाहीको माग गर्दै उजुरीपनि परेको थियो। यसैबिच केसीले कारवाहीको प्रतिवाद… पुरा पढौ

भाषा बिधेयक पारित भएकोमा गुरुङ र मगर संस्थाहरुले पोखरामा खुशियाली मनाए

गण्डकी प्रदेश सभाबाट गण्ड‌की प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको खुशीयालीमा बुधवार पोखरामा हार्दिक बधाई, धन्यवाद, दिप प्रज्वलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। तमु धिं नेपाल, नेपाल पुन मगर समाज केन्द्रिय समिति, तमु प्ये ल्हु संघ, नेपाल मगर संघ कास्की र वौद्द अर्थों सदनले संयुक्त रूपमा लखनचोक र तमु ह्युल चोकमा कार्यक्रम गरी खुशीयाली मनाएको हो। लखनचोकमा आयोजित कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमवहादुर गुरुङ, नेपाल पुन मगर… पुरा पढौ

गण्डकीका नागरिकको अभिमत : पुराना दलले नेतृत्व परिवर्तन नगरे दल परिवर्तन

पोखरा, असार २५ गण्डकी प्रदेशका जनताले पुरानै दलप्रति आशावादी भएको मत जाहेर गरेका छन् । पुरक एसियाले हिमाली जिल्लाहरु मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका ९ जिल्लामा सुशासन सम्बन्धी गरेको सर्वेक्षणमा उनीहरुले नया नेतृत्व आएमा पुरानै दलप्रति आशावादी हुने मत जाहेर गरेका हुन् । यदि नया नेतृत्व नआएमा भने नया दल वा स्वतन्त्र रोज्ने उनीहरुको चेतावनी मत सर्भेक्षणका क्रममा देखिएको पुरक एसियाले बुधबार पोखरामा पत्रकार भेटघाटमा सो सभेक्षण सार्वजनिक गरेको हो । पछिल्लो समय आम नागरिकमा पुराना दलहरुप्रति वितृष्णा रहेको भाष्य… पुरा पढौ

कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई

पोखरा पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठिन ५ सदस्यीय समितिले श्रीस मगरलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।मगर पत्रकार संघ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्य साउन १ गरिने कार्यक्रममा उहाँलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार संघका कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकार दिए ।उनका… पुरा पढौ

इन्डो नेपाल मनसुन कार र्यालीका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पोखरा, २४ असार । भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार र्याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।बिभिन्न ब्राण्डका १५ एसयुभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताए ।पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत गर्नुभएका थापाका अनुसार… पुरा पढौ

गण्डकी प्रदेशमा अबदेखि मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

पोखरा, असार २४ गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषा पनि थपिएको छ । गण्डकी प्रदेश सभाले आज (मंगलबार) मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेसँगै गण्डकीमा सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषापनि थपिएको हो । यसअघि देवनागिरीमा लेखिने नेपाली भाषा मात्रै सरकारी कामकाजको भाषाका रुपमा रहेको थियो । गण्डकी प्रदेश मगर र गुरुङ बाहुल्य प्रदेश हो । यहाँको कुल जनसंख्याको १९.७९ प्रतिशत मगर र ११.३१… पुरा पढौ