समाचार

विश्व वातावरण दिवसमा बृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २१ को फुर्सेखोला टोल विकास संस्था अन्तर्गतको दसमुरेमा बृक्षारोपण कार्यक्रम गरिएको छ । फुर्सेखोला टोल बिकास सस्थाको अगुवाइमा, डिभिजन बन कार्यालयको सहयोग, एबम टोलबासी नागरिकहरुको सक्रिय सहभागीतामा दसमुरेमा निर्माणाधिन नमुना पार्क परिसरमा बेल, राजबृक्ष, रुद्राक्ष, अशोका, गुलमोहर, अमला, पारिजात, धुपी लगायतका विभिन्न प्रजातीका करिब सय भन्दा बढी बोटबिरुवाहरु रोपिएको छ । प्लाष्टिकजन्य प्रदुषण न्यूनीकरण, हाम्रो दायित्व : मुल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथी डिभिजन बन कार्यालय कास्कीका प्रमुख श्री कोमलराज काफ्लेले… पुरा पढौ

पश्चिमाञ्चल माविमा बास्केटबल प्रतियोगिता

पोखरा, जेठ २३पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा शुक्रबारदेखि बास्केटबल प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीले मात्र सहभागि हुन पाउनेगरि छात्र र छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता दुइदिनसम्म चल्नेछ ।विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार छात्रतर्फ १७ र छात्रातर्फ ५ टिमले प्रतियोगितामा भाग लिएका छन् । एसइइ दिएर बसेका विद्यार्थीलाई खेलकुद सहितका र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । विद्यालयले आयोजना गरेको बास्केटबलको यो पहिलो प्रतियोगिता हो… पुरा पढौ

प्रतिभाले प्रदेश स्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ आयोजना

पोखरा, जेठ २३पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता हुने विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन ।यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य सापकोटाले जानकारी दिए… पुरा पढौ

पोखरा-२६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

लेखनाथ/जेठ २२पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ ।वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो ।बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गरे । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको स्पष्ट पारे ।विद्यार्थीलाई विज्ञान प्रविधि… पुरा पढौ

विश्व वतावरण दिवसमा जलारी समाजसँग सहकार्यमा नागरिक समाज कास्कीद्वारा खपौंदीदेखि क्षेत्रमा सरसफाई

पोखरा, जेठ २२ विश्व वातावरण दिवसको अवसरमा नागरिक समाज कास्कीले जलारी समुदायको सहयोगमा विहीबार फेवातालको सिरान क्षेत्रमा सरसफाई गरेको छ । नागरिक समाज कास्कीले जलारी समुदायसँगको सहकार्यमा फेवातालको सिरान क्षेत्र खपौंदीस्थित प्रतिक्षालयदेखि प्याराग्लाईडिङ ल्याण्डिङ जोनसम्मको करीब ७ सय मिटर क्षेत्रमा प्लाष्टिक जन्य पदार्थ भेला पारेर व्यवस्थापन गरेको नागरिक समाज कास्कीका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिएका छन् । सो अवसरमा फेवातालमा माछाको भुरा छाड्ने कामपनि गरिएको उनले जनाएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाको नेतृत्व, बृहद… पुरा पढौ

विश्व वातावरण दिवसको अवसरमा सिद्ध वनवाटिकामा वृक्षरोपण सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा सिद्ध मावि पोखरा १५, फलेपाटनले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सिद्ध मावि, डिभिजन वन कार्यालय, कास्की र नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा श्री सिद्ध वनवाटिका वृक्षरोपण स्थल पोखरा १५, रातीखहरेमा वृक्षरोपण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले वातावरण प्रदूषण गरी जलवायु परिवर्तन गर्नमा औद्योगिक राष्टहरु प्रमुख दोषी भए तापनि त्यसको असर भने प्रदूषणमा खासै भूमिका नखेलेका राष्टले पनि… पुरा पढौ

वातावरण दिवसमा विन्ध्यवासिनी माविका विद्यार्थीले निकाले सचेतना र्याली

पोखरा विश्व वातावरण दिवसको अवसर पारेर पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका विद्यार्थीले सचेतना र्याली निकालेका छन् । इन्डिङ ग्लोबल, प्लास्टिक पलुसन’भन्ने नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले विद्यालय परिसर मैदान देखि पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफासम्म सरसफाई गर्नुका साथै जनचेतना जगाएका विद्यालयका क्याप्टेन करुणा आचार्यले जानकारी दिईन् । उनीहरुले सडकको दायाँ बायाँ देखिएका फोहर संकलन गर्नुका साथै स्थानियलाई जथाभावी फोहर नफाल्न आग्रह समेत गरेका थिए । जथाभावी फोहर फाल्नाले पर्यटकीय क्षेत्र कुरुप बन्नुका साथै मानव स्वास्थ्यमा असर पर्ने बताउँदै, उनीहरुले फोहरको… पुरा पढौ

विश्व वातावरण दिवसको अवसरमा डिभाइडरमा रोपियो फुलका बिरुवा

पोखरा । पोखरा महानगर पालिका वडा नं ६ कृषि सञ्जालले सडक डिभाइडर मा रहेका फुलका विरुवालाई काटछाँट र गोडमेल सहित फुलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ । आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा ६ बैदामको आयोजना र पोखरा महानगर पालिका वडा नं ६ को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । बुलौदि खोला देखी हल्लन चोक सम्म रहेको करिब २ कि।मी सडक डिभाइडर मा रहेका फुलका बिरुवाहरू लाई काटछाँट सहित गोडमेल गरि बिभिन्न प्रजातिका करिब… पुरा पढौ

विश्व वातावरण दिवसको अवसरमा डिभाइडरमा रोपियो फुलका बिरुवा

जेष्ठ २२ । पोखरा ।पोखरा महानगर पालिका वडा नं ६ कृषि सञ्जालले सडक डिभाइडर मा रहेका फुलका विरुवालाई काटछाँट र गोडमेल सहित फुलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ ।आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा ६ बैदामको आयोजना र पोखरा महानगर पालिका वडा नं ६ को प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।बुलौदि खोलादेखि हल्लनचोक सम्म रहेको करिब २ कि।मी सडक डिभाइडर मा रहेका फुलका बिरुवाहरू लाई काटछाँट सहित गोडमेल गरि बिभिन्न प्रजातिका करिब ३ सय फुलका… पुरा पढौ

स्थानिय तहमा सशस्त्र प्रहरीद्वारा “समुदाय विपद् स्वयंसेवक तालिम” सुरु

पोखरा, २०८२ जेठ २१ । सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण, कालिका कास्कीको आयोजना र पोखरा महानगरपालिकाको समन्वयमा पोखराको कालिका गणमा “समुदाय विपद् स्वयंसेवक तालिम” सुरु गरिएको छ। बुधबार जेठ २१ गतेदेखि असार १० गतेसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन कार्यक्रम पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कालिका गणमा दक्ष उद्धार टोली रहेको उल्लेख गर्दै, तालिम सहभागीहरूले अनुशासनपूर्वक तालिम पूरा गरी वर्षायामसँगै आउने संभावित विपद् जोखिमहरूको न्यूनीकरण… पुरा पढौ