समाचार

ब्यारेक ब्रेकर राजु क्षेत्री र किरण थापासहित १४ जना माओवादीमा फर्किए

पोखरा, जेठ २७ कास्कीका जनयुद्दकालीन माओवादी नेताहरु माओवादीमा फर्किएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशनको उद्घाटन शत्रमा जनयुद्दकालीन माओवादी नेताहरु किरण थापा, राजु क्षेत्रीसहित १४ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जनयुद्दकालीन माओवादी नेताहरु पार्टी विभाजनपछि बाबुराम भट्टराईको साथ लागेका थिए । तर वर्तमान परिप्रेक्षमा प्रतिक्रान्तिको खतरा बढ्न थालेकाले माओवादी आन्दोलनलाई साथ दिन आफूहरु माओवादी पार्टीमा फर्किएको उनीहरुले बताएका छन् । थापा नयाशक्तिका सचिवालय सदस्य थिए भने क्षेत्री कास्की जिल्ला अध्यक्ष थिए । क्षेत्री जनयुद्द… पुरा पढौ

पोखराबाट तामाका तार चोर्ने ४ जना पक्राउ

पोखराबाट महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तीन भारतीय र एक नेपाली नागरिक छन् । जसमा भारत बिहारका २२ वर्षीय मनोज कुमार सिंह, २७ वर्षीय करन कुमार शाह, ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका-२ का ३१ वर्षीय श्यामकुमार तामाङ छन् । यो समूहले विभिन्न ठाउँबाट पटक पटक भाँडावर्तन र तामाका तारहरु चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए । अनुसन्धानका… पुरा पढौ

तनहुँमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ । आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । पुरा पढौ

कुमामोतो नेपाली समाज, जापानको अध्यक्षमा रोशन सर्बसम्मत निर्वाचित

कुमामोतो नेपाली समाज, जापानले आफ्नो चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। कुमामोतोको ईसान रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमले रोशन भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष बद्री सापकोटा, महिला उपाध्यक्ष रूपा नेपाली, सचिव सुजन कटुवाल, सहसचिव कपिल तिमल्सिना र बिक्रम बी.के., कोषाध्यक्ष सन्तोष अधिकारी, सह-कोषाध्यक्ष कैलाश बुढाथोकी, र युवा संयोजक मदन गुरुङ चयन भएका छन्। सदस्यहरूमा प्रकाश शर्मा, कृष्ण पंगेनी, गोपाल बस्नेत, गौरव सुनार, कल्पना अधिकारी, बिनीता रिमाल, पेम्बा लामा शेर्पा, सुन्दर रानाभाट, मदन पौडेल, दीपेन्द्र… पुरा पढौ

पश्चिमाञ्चल बास्केटबल प्रतियोगिताको उपाधि मर्दिखोला र बेनपा टिमलाई

पोखरा, जेठ २५पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा संचालित छात्र तथा छात्रा बास्केटबल प्रतियोगितामा छात्रातर्फ मर्दिखोला टिमले उपाधि हात पारेको छ । छात्रातर्फ एमिसि टिम द्वितीय भएको छ । त्यस्तै छात्रतर्फ बेनपा टिमले उपाधि हात पारेको छ । घान्द्रुक टिम छात्रतर्फ द्वितीय भएको छ ।छात्रातर्फ साइना बुद्धाचार्य सर्वाेत्कृष्ट खेलाडी बनिन भने स्वइच्छा पुन हाइ स्कोरर बनिन । छात्रतर्फ भने सञ्जय घताने सर्वाेत्कृष्ट खेलाडी बन्दा अखण्ड गुरुङ हाई स्कोरर बने । विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार छात्रतर्फ १७ र छात्रातर्फ ५… पुरा पढौ

पोखरासहित गण्डकी प्रदेशभरी नै शुरु भयो ‘म जिम्मेवार चालक’ अभियान

पोखरा, जेठ २५ गण्डकी प्रदेशमा आइतबार देखि म जिम्मेवार चालक अभियान शुरु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सप्ताह अन्तर्गत आईतबारदेखि ‘जिम्मेवार चालक म !, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ अभियान सञ्चालन भएको हो । अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेका थिए । अभियानको उद्घाटनअघि पोखराको मानव अधिकार चोकबाट प्रभातफेरीसहितको र्याली निकालिएको थियो । विद्यार्थी, यातायाता व्यवसायी, यातायात संम्बद्ध मजदुर, सुरक्षा निकाय एवंं विभिन्न सरोकारवाला सहभागी र्योली चिप्लेढुंगा, न्युरोड हुँदै… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति वितरण

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित "तमु विद्यार्थी छात्रवृत्ति वितरण" कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । शैक्षिकसत्र २०८२ का लागि छात्रवृत्ति वितरण गरिएको यस प्रथम चरणको कार्यक्रमका प्रमुख अतिथी चिल्ड्रेन एकेडेमीका संस्थापक प्राचार्य हिमाल तमुले कडा मेहनत गरि राष्ट्रको सेवा गर्न विद्यार्थीहरुलाई प्रोत्साहन दिनुभएको थियो । कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार कर्णबहादुर तमु, बनस्थली मा.वि. लम्जुङमा कक्षा ११ अध्ययनरत विद्यार्थी सङ्गीता तमु र संस्थाका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक श्रीजङ तमुले मन्तव्य राख्नुभएको थियो । कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लम्जुङ… पुरा पढौ

प्रतिभा माविले जित्यो एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताको उपाधि

पोखरा, जेठ २५ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधि पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले जितेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको आईतबार भएको उपाधि भिडन्तमा प्रतिभा माविले सृजना माविलाई ८ विकेटले पराजित गर्दै उपाधि चुमेको हो । टस जितेर प्रतिभाले फिल्डिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको सृजना माविले १४.४ ओभरमा १० विकेटको क्षेतीमा ६० रन बनाएको थियो । प्रतिभा माविका बलरहरुसामु सृजनाका व्याटरहरु निरीह देखिए । शुरुदेखि नै दवाबमा खेलेको सृजनाका व्याटरहरुमध्ये अभय विक… पुरा पढौ

रेडक्रस उपशाखा १० द्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाको आयोजनामा वडा नं. १० मा रहेका टोल विकास संस्था र आमा समूहका सदस्यहरूलाई लक्षित गरी मधुमेह (सुगर) र मृगौला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। उपशाखा १० को सभाहलमा आयोजित शिविरमा पोखरा महानगरपालिका वडा नं. १० का अध्यक्ष राजेश गुरुङ (राजु) को प्रमुख आतिथ्यतामा दीप प्रज्वलन तथा रेडक्रसका संस्थापक हेनरी ड्यूनाँको तस्वीरमा माल्यार्पण गर्दै उद्घाटन गरिएको थियो। प्रमुख अतिथी गुरुङले मानवीय सेवामा समर्पित रेडक्रस उपशाखा १० ले समय–समयमा सञ्चालन गर्दै आएका… पुरा पढौ

पोखरा-१७ द्वारा जेष्ठ नागरिकलाई बागलुङ कालिका र पञ्चकोटको तीर्थयात्रा

पोखरा, २४ जेठ । कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो ।दुईवटा वसमार्फत एकदिने तिर्थयात्रामा निस्केका जेष्ठनागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडाकार्यालयमा जम्मा भएका जेष्ठनागरिकलाई खादा लगाएर विदाइ गरेकी थिईन् ।उनका अनुसार जेष्ठनागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै अग्रजमा रहेको ज्ञान, सिप, क्षेमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति प्रत्येक परिवारले श्रद्धा, आदर तथा सद्भाव… पुरा पढौ