समाचार

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षः ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने

पोखरा । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) आरोहणको ७५ वर्ष पुरा भएको छ । ७५ वर्ष पुरा भएको सन्दर्भमा यस वर्ष हिरक महोत्सव मनाइने भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृन्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोह गरेको थियो । हर्जोगसगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागि भएका थिए । ८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको, ट्रेकिङ एजेन्सिज एसोसिएसन… पुरा पढौ

खेलाडी उत्पादनमा गण्डकी टेनिस संघ : ‘ग्रो टेनिस’का लागि ‘टेनिस ट्यालेन्ट हन्ट’ सञ्चालन गरिने

सन्देश श्रेष्ठपोखरा, जेठ ११ गण्डकी प्रदेश टेनिस संघले खेलाडी उत्पादनका लागि ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर खेलाडी उत्पादनका लागि दीर्घकालीन योजना अन्तर्गत ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । सो सञ्चालनका लागि एक महिनापछि ‘टेनिस ट्यालेन्ट हन्ट’ कार्यक्रम गर्न लागेको संघका अध्यक्ष बिनोद कायस्थले जानकारी दिए । संघले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य राखेर ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्न लागेको अध्यक्ष कायस्थको भनाई छ । दीर्घकालीन र महत्वकांक्षी योजना अन्तर्गत… पुरा पढौ

जन्मदर्ता र नागरिकता सिफारिसका लागि पोखराका एक वडा सचिवले मागे तीन लाख घुस !

सन्देश श्रेष्ठपोखरा, जेठ ११ पोखरा महानगरपालिका वडा नम्बर–३ का वडा सचिव मोहन ढुंगानामाथि घुस मागेको आरोप लागेको छ । अदालतको आदेश अनुसार छोरीको जन्मदर्ता गर्न र नागरिकताका लागि सिफारिस माग्न वडा कार्यालय पुगेका सेवाग्राही मिरा पुनसँग वडा सचिव ढुंगानाले ३ लाख घुस मागेको आरोप लागेको हो । घुस मागिएकी सेवाग्राही एकल महिला हुन् । जिल्ला अदालत र उच्च अदालत धाएको ६ वर्षपछि श्रीमानसँग उनको नाता प्रमाणित भएको थियो भने मानाचामल भराउने आदेश आएको थियो । सोहि आदेशका आधारमा छोरीको जन्मदर्ता… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा शैक्षिकसत्र २०८२ को लागि नयाँ विद्यार्थी छनौट गर्न यही जेठ १० गते, शनिबार पोखरा फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा "छात्रवृत्ति छनौट परीक्षा" सम्पन्न गरेको छ ।संस्थाका प्रथम उपाध्यक्ष एवम् छात्रवृत्ति छनौट परीक्षा उपसमितिका संयोजक श्रीजङ तमुले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो भने प्रश्नपत्र र परीक्षा सम्बन्धमा संस्थाका सदस्य लोकबहादुर तमुले प्रष्ट पार्नुभएको थियो ।बिगत १६ बर्षदेखि निरन्तर रुपमा ग्रामीण भेगका सार्वजनिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा लिइ सन्चालन गर्दै आइरहेको छात्रवृत्ति वितरण कार्यक्रमका… पुरा पढौ

सञ्चारिका पत्रकारिता पुरस्कारबाट दुर्गा र जमुना पुरस्कृत, गुरुङ व्यूटी एकेडेमी जर्नालिज्म अवार्ड जिसीलाई

श्रृष्टि भट्ट पोखरा, जेठ १० सञ्चारिका पत्रकारिता पुरस्कारबाट पोखरेली पत्रकारहरु दुर्गा भण्डारी र जमुना शर्मा पुरस्कृत भएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेशद्वारा सञ्चालित सो पुरस्कारबाट भण्डारी र शर्मा पुरस्कृत भएका हुन् । सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय र सञ्चारिका समुह गण्डकीको संयुक्त आयोजनामा ‘पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रम तथा पुरस्कार अर्पण’ कार्यक्रममा नगद २०/२० हजार रुपैयाँ राशीको सो पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल, सञ्चारिका समूह गण्डकीकी… पुरा पढौ

कास्कीका साना राजनीतिक दलहरूले प्रधानमन्त्री र प्रचण्डलाई बुझाए ध्यानाकर्षण पत्र

जेठ १०, पोखरा । कास्की जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूको संयुक्त प्रतिनिधित्वले प्रधानमन्त्री समक्ष जिल्लाका विकास, सुशासन, वातावरण संरक्षण र संवैधानिक मूल्यको संरक्षणसम्बन्धी गम्भीर विषयमा शुक्रबार ध्यानाकर्षण पत्र पठाएको छ। पाँचवटा साना राजनीतिक दलहरूको तर्फबाट प्रधानमन्त्रीलाई पठाइएको ध्यानाकर्षण पत्रमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष मेख वहादुर क्षेत्री (राजु), नेपाल कम्युनिष्ट पार्टीका सचिव उमेश सी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रविमोहन ढकाल, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका सचिव विक्रम थापा, र ने.क.पा. (वहुमत)का सचिव रविन्द्र राईले संयुक्त रूपमा हस्ताक्षर गरी कास्कीका प्रमुख जिल्ला… पुरा पढौ

बेनीका व्यवसायी पोखराबाटै सामान खरिद गर्न ईच्छुक, तर ढुवानी सहज बनाउन सुझाव

पोखरा, जेठ १० म्याग्दीको बेनीका व्यवसायीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका छन् । प्रायः काठमाडौंबाटै सामान ल्याउने गरेका उनीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका हुन् । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिसँगको छलफलमा बेनीका व्यवसायीहरुले ढुवानीमा सहजता भए पोखराबाटै सामान खरिद गर्न आफूहरु तयार रहेको बताए । पोखरा दुरीका हिसाबले नजिक भएकाले पोखरामा सामान खरिद गर्दा समयपनि बचत हुने उनीहरुको भनाई थियो ।… पुरा पढौ

प्रधानाध्यापक संघ नेपालको राष्ट्रिय सम्मेलन जेठ २३ र २४ गते पोखरामा हुने

पोखरा, जेष्ठ १०देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा, गैर-राजनीतिक, नाफारहित तथा पेशागत संस्था ‘प्रधानाध्यापक संघ नेपाल (PAN)’ को दोस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ २३ र २४ गते गण्डकी प्रदेशको पोखरामा हुने भएको छ। सम्मेलनको तयारीका विषयमा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराइएको हो। PAN ले शिक्षा प्रणालीको गुणस्तर सुधार, नेतृत्व विकास, शिक्षक तथा प्रधानाध्यापकहरूको सशक्तिकरण र नीतिगत पैरवीमा उल्लेखनीय भूमिका खेल्दै आएको पानका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौत्तमवे जानकारी दिनु भयो ।PAN ले “सामुदायिक विद्यालय पनि गर्वका विषय हुन्” भन्ने… पुरा पढौ

सिद्धि–सेतुली स्मृति प्रतिष्ठानद्वारा १४४ बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पोखरा । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराको आयोजनामा ‘शैक्षिक सामग्री वितरण कार्यक्रम – २०८२’ शुक्रबार नदीपुरस्थित कन्या क्याम्पस हलमा सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेमराज अधिकारी, डा. यज्ञमान शाक्य, नारायण कार्की, सनकमान सिके, बिक्रम थकाली, गीता नेपाली, डा. अनिल सुवेदी लगायतले पोखराका १० सामुदायिक बिद्यालयका मापदण्ड अनुसार छानिएका १ सय ४४ जना छात्र छात्रालाई शैक्षिक सामग्री बितरण गरेका थिए।कार्यक्रममा बालमन्दिर माध्यमिक विद्यालय (नदीपुर), कन्या माध्यमिक विद्यालय (नदीपुर), महेन्द्र माध्यमिक विद्यालय… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : मेन्टल हस्पिटल गएर जचाउनूस्

पोखरा, जेठ ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पताल (मेन्टल हस्पिटल) गएर स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् । युवा संघको महाधिवेशनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी र प्रचण्डको अभियान राजावादीसँग मिल्ने अभियान भएको टिप्पणीबारे प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् । प्रेस सेन्टर गण्डकी प्रदेशले शुक्रबार साँझ पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको नाम नलिई भने,‘म सुन्दै छु राजासँग मिल्ने अभियान हो प्रचण्ड… पुरा पढौ