समाचार

रानीपौवामा नि:शुल्क स्वास्थ्य शिविर

पोखरा, ५ जेठजगत जननी महिला समूह पोखरा ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा शनिबार निशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी०) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ ।गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६ औं शिविर हो । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको तथ्यांक… पुरा पढौ

जनप्रियमा लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम

जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले कार्यस्थलमा हुने लैङ्गिक हिंसा व्यक्त नगर्दा मानसिक पीडा सिर्जना हुने हुँदा परिवार र समाजलाई गम्भीर असर पर्ने भएकाले हिंसाका विरुद्ध सशक्त आवाज उठाएर कानुनी उपचार खोज्न सुझाए ।क्याम्पस प्रमुख कृष्णबाबु बरालले क्याम्पस परिसरमा लैङ्गिक हिंसाका कारण कार्यसम्पादनमा प्रतिकुल असर नपरोस् भनेर सचेतना कार्यक्रम राखिएको र समस्या आएपछि पछुताउनुभन्दा समयमै होसियारी अप्नाउनु… पुरा पढौ

हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२ हुने

हेमजा । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न.२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको  “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ । खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान(गैरी)लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष… पुरा पढौ

राइडर्सहरुले भने :‘हाम्रो रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेको छ’

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् । ‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाउन्… पुरा पढौ

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले मनायो रजत जयन्ती

हेमजा । पोखरा–२५, हेमजामा अवस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था ली।को २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह विविध कार्यक्रम गरी शनिवार सम्पन्न भएका छ । कृषक केन्द्रित बचत तथा ऋण, कृषकहरूलाई अति आवश्यक पर्ने अन्नत जातका तरकारी बिउ विजन,रासायनिक मल विषादी र कृषि उपकारणहरू विक्री वितरण तथा उत्पादित कृषिको बजार व्यवस्थापनमा जोड दिने उद्देश्यका साथ २०५७ सालमा स्थापित संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहको उद्घाटन गण्डकी प्रदेश माननीय कृषि भूमि व्यवस्था तथा सहकारी  मन्त्री पदमा जी।सी श्रेष्ठले गरिन… पुरा पढौ

शुक्ला साहित्य प्रतिष्ठानले कविता प्रतियोगिता गर्ने

पोखरा मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान,पोखराको आयोजनामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ । पोखराका १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा माछापुच्छ्रे गाउँ पालिका २ सार्दिखोलामा रहेको माछापुच्छ्रे मा वि गरी ९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका संयोजक पत्रकार यदुनाथ बन्जाराले बताए ।यही जेठ ९ गते तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माविमा हुने प्रतियोगितामा पोखरा १६ मा रहेको विन्ध्यवासिनी मावि बाटुलेचौर , इन्द्रराज्यलक्ष्मी मा वि, लामाचौर , अन्नपूर्ण आ वि, अर्मला ,… पुरा पढौ

गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि

पोखरा, जेठ ४ गण्डकी प्रदेशको बजेट (बर्खे) अधिवेशन जेठ ११ गतेदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ ११ गतेदेखि सुरु हुनेगरी आइतबार बजेट अधिवेशन आह्वान गरेका हुन् । गण्डकी प्रदेश सरकारको गत मंगलबार बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुसार गण्डकी प्रदेश सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख भट्टले जेठ ११ गते दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता तथा उप–सचिव रामेश्वर अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । प्रवक्ता अर्यालले… पुरा पढौ

पोखरा एकेडेमी स्कुलमा अभिभावक भेला

पोखरा । पोखराको बाटुलेचौरस्थित पोखरा एकेडेमी स्कुलमा अभिभावक भेला सम्पन्न भएको छ । नयाँ शैक्षिक सत्रलाई केन्द्रित गरी जुनियर कक्षामा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग भएको अन्तर्क्रियामा विद्यालयले गुणस्तरीय शिक्षाको लागि यस शैक्षिक सत्रमा तय गरेका योजनाको जानकारी दिएको हो। सो अवसरमा अभिभावकबाट प्राप्त सुझावलाई समेत योजनामा समेटेर कार्यान्वयन गरिने जुनियर सेक्सन ईन्चार्ज मोहन थापाले जानकारी दिए । भेलामा विद्यालयका प्रिन्सिपल महेन्द्र गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकसँगको निरन्तर समवन्य आवश्यक रहेको बताउँदै, पारिवारिक वातावरण पनि वालवालिका केन्द्रित हुनुपर्नेमा जोड… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा प्राज्ञ नगेन सिंहको दरखास्त

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्ति अहिले चर्चाको विषय बनेको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले प्रतिष्ठानको लागि कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ सभा सदस्य पदका लागि २०८२ साल बैशाख २७ गते दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्त आह्वानसंगै चर्चा र विवाद बनिरहेको रहेको प्रतिष्ठानको उपकुलपतिमा प्राज्ञ नगेन सिंह ठकुरीले पनि आवेदन दर्ता गरेका हुन् । मन्त्रालयले राखेको प्रावधान अनुसार प्राज्ञ ठकुरीले आवेदन दर्ता गरेका हुन् । मन्त्रालयले तोकेको मापदण्ड अनुसार प्रतिष्ठानको कुनैपनि… पुरा पढौ

जानकी माविलाई दृश्यम मिडियाको सहयोग

गण्डकी,३ जेठ दृश्यम मिडिया प्रालिको दोश्रो बार्षिकोत्सवको अवसरमा जानकी मावि पोखरा १७ महतगौडालाई शैक्षिक एवम खेलकूद सामाग्री वितरण गरेको छ । सो अवसरमा विद्यार्थीको पठनपाठनमा सहयोगी पुस्तिका टेनशेट लगायतका पुस्तक, फुटवल, भलिवल, क्रिकेट व्याड र वल, टेलवटेनिस, टेनिसवल व्याडमिन्टन, पोषाक सहित ६५ हजार मुल्य बरावरका सामाग्री वितरण गरिएको हो ।विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा दृष्यम मिडिया प्रालिका अध्यक्ष वन्दना कार्की के.सीले उक्त सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ लगायतलाई हस्तान्तरण गरे । सो अवसरमा उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि… पुरा पढौ