समाचार

चिल्ड्रेन-नेपालको सामाजिक परीक्षण सम्पन्न, कुल बजेटको ३६% आन्तरिक श्रोत

पोखरा, जेठ ७ “बालबालिका आफ्ना अधिकारमा रमाइरहेको समृद्ध समाज” भन्ने दुरदृष्टि बोकेको चिल्ड्रेन-नेपालले आज आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम, गतिविधि र नीतिगत अवस्थाको सामाजिक परीक्षण (सोशल अडिट) सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व, पारदर्शिता, सहभागिता र जवाफदेहिताको अभ्यासका लागि आयोजना गरिएको यस कार्यक्रमले संस्थाको आन्तरिक मूल्यांकन र सार्वजनिक संवादका लागि प्रभावकारी माध्यमको रूपमा काम गरेको सरोकारवालाहरूले बताएका छन्। गण्डकी प्रदेश सरकारका कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जीसी श्रेष्ठले बालबालिका, युवा र परिवार सशक्तिकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, हस्तकला, जीवनोपयोगी सीप… पुरा पढौ

पोखरा विश्वविद्यालयद्वारा म्याजेण्डा परियोजनामार्फत शैक्षिक क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन

पोखरा । पोखरा विश्वविद्यालयले “लैङ्गिक सम्वेदनशीलता सम्बन्धी पाठ्यक्रम र शिक्षण विधि” विषयमा तेस्रो भर्चुअल कार्यशाला आयोजना गर्दै शिक्षा क्षेत्रमा लैङ्गिक समानताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। उक्त कार्यशाला २० मे २०२५ मा ईरास्मस+ को MAGENDA परियोजना अन्तर्गत सम्पन्न भएको हो। यो कार्यक्रम युरोपेली संघको नेतृत्वमा नेपाल, बंगलादेश र युरोपका दश साझेदार विश्वविद्यालयहरूको सहकार्यमा आयोजना गरिएको एक ठुलो पहलको भाग हो। कार्यक्रमको उद्घाटन MAGENDA परियोजना संयोजक, सह प्रा. डा. नमराज धामीले गर्दै संस्थागत व्यवस्थापनमा लैङ्गिक समावेशी शिक्षण विधि समावेश गर्न… पुरा पढौ

Pokhara University Champions Gender Equality in Academia through MAGENDA Project

Pokhara, Nepal – 21 May 2025 Pokhara University reaffirmed its leadership in advancing gender equity in higher education during the third virtual workshop on “Curriculum and Pedagogy for Gender Sensitivity”, hosted on 20 May 2025 under the Erasmus+ funded MAGENDA Project (Mainstreaming Gender in Academia). The workshop is part of a broader initiative supported by the European Union in collaboration with ten partner universities across Nepal, Bangladesh, and Europe. The session was inaugurated by Associate Prof. Dr. Namraj Dhami, Project… पुरा पढौ

आर्यसले श्रीलंकामा एटीएफ यु-१२ टीम टेनिस प्रतियोगिता खेल्ने

जेष्ठ ७,पोखरा पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् । यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता… पुरा पढौ

यु १६ गण्डकी छनौंट क्रिकेट : तनहुँ ४ विकेटले विजयी

जेष्ठ ७,पोखरा पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १÷१ विकेट लिए । जितका लागि १ सय ४… पुरा पढौ

पोखरामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी

पोखरा, जेठ ७ पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको निश्कर्ष निकालिएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ प्रोजेक्टको रूपमा महानगरपालिकाको वडा नं.१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवद्र्धनसहित निरन्तर हेरचाहमा निकै प्रभावकारी भएको निष्कर्ष महानगरले निकालेको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, सिटिजन्स एसोसिएसन फर नेपाल एक्सचेन्ज, पोखरा–कोमागाने नागरिक मैत्री एसोसिएसन र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित परियोजना गर्भवती महिला, उत्तर प्रसूति (सुत्केरी भएको ४५ दिनसम्म)… पुरा पढौ

पोखराको सर्वेश्वर व्यवसायी समिति व्यापार प्रवर्द्धन गर्न उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा

पोखरा, जेठ ७ पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्द्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्तरक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ । टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर… पुरा पढौ

गाउँलाई सहरसँग जोड्न पोखरामा जेठ ९ र १० गते ‘होमस्टे मार्ट’ हुने

पोखरा, जेठ ६ गाउँलाई सहरसँग जोड्न यहि जेठ ९ र १० गते पोखरामा गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीस्को सह–आयोजनामा पोखरामा दुई दिने होमस्टे मार्ट गरिन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न स्वरुप आयोजना गर्न लागेको होमस्टे मार्टमा गण्डकी प्रदेशका २५ वटा होमस्टे सहभागि हुने जनाइएको छ । मार्टमा सहभागी होमस्टे… पुरा पढौ

माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान: प्रचण्ड नेतृत्वको टोलीलाई जेठ ९ गते नयापुलमा स्वागत गरिने, १० गते पोखरामा जनसभा

जेठ २ गतेदेखि शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सो टोली जेठ ९ गते अपराह्न कास्की प्रवेश गर्ने भएको हो । सो टोलीलाई कास्की पार्टीले नया पुलमा स्वागत गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले जानकारी दिए । स्वागतलगत्तै अध्यक्ष प्रचण्डलाई ढिकुरपोखरीमा रहेको प्राविधिक शिक्षालयको अनुगमन गराईने उनले बताए । प्रचण्डको जन्मथलोमा निर्माण गरिएको… पुरा पढौ

कांग्रेस र एमाले माओवादीलाई देखाएर एकले अर्कोलाई तसाईरहेका छन् : पुन

पोखरा, जेठ ६ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले कांग्रेस र एमाले दुबैले माओवादीलाई देखाएर एकले अर्कोलाई तर्साईरहेको टिप्पणी गरेका छन् । प्रेस सेन्टर कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘कांग्रेसलाई तर्साउनु प¥यो भने एमालेले माओवादी नेताहरुसँग कुराकानी भएको छ भनेर प्रचार गर्छन्, एमालेलाई तर्साउनु प¥यो भने कांग्रेसले माओवादी नेताहरुसँग कुरा कुरा भएको छ भनेर प्रचार गर्छन् ।’ तर माओवादी पार्टी सरकारको खेलमा नभएको उनले स्पष्ट पारे । उपमहासचिव पुनले सरकार माओवादीको कारण… पुरा पढौ