समाचार

पोखराको सर्वेश्वर मार्ग–पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउन बागलुङका व्यवसायीलाई सर्वेश्वर व्यवसायी समितिको आग्रह

पोखरा, जेठ ९ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र बागलुङका उद्योगी व्यवसायीहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले बागलुङका उद्योगी, व्यवसायीहरुसँग व्यापार प्रवद्र्धनबारे अन्तरक्रियात्मक छलपल गरेका हुन् । छलफलमा सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले काठमाडौंकै मूल्यमा पोखरामै होलसेलमा सामान बिक्री भइरहेको जानकारी दिएका थिए । कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले चीन, हङकङ, थाईल्याण्ड, भारत, बंगलादेश लगायतका देशहरु तथा उद्योगहरुबाटपनि सिधै… पुरा पढौ

तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी

पोखरा । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिए । उनका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन् भने… पुरा पढौ

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

पोखरा, ८ जेठराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ।बिहीबार आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।प्रदेश प्रमुख भट्टले नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिएको उल्लेख गर्नुभयो ।‘मुलुकमा वित्तीय… पुरा पढौ

युवा संघको महाधिवेशन शुक्रबारदेखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

पोखरा । नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हु“दैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ । उहाँ बिहान ११ः३० बजे पोखरा आउनुहुने तयारी छ ।प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसकेका… पुरा पढौ

पोखरा लेडी जेसिजको ‘जेसिज सप्ताह’ शनिबारदेखि

पोखरा लेडी जेसीजले बैशाख १० गते शनिबारदेखि जेसीज सप्ताह आयोजना गर्ने भएको छ । पोखरा लेडी जेसीजले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी यहि वैशाख १० देखि १६ गतेसम्म जेसीज सप्ताह गर्ने जानकारी दिएको हो । सप्ताहव्यापी कार्यक्रम बनाएको लेडी जेसीजले सात दिन सात फरक प्रकारका कार्यक्रम गर्ने कार्यतालिका तय गरेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी अनिता थापा खड्काले जानकारी दिए । पोखरा लेडी जेसीजका अनुसार जेसीज सप्ताहको पहिलो दिन कन्या क्याम्पसमा औपचारिक उद्घाटन कार्यक्रम हुनेछ भने त्यसलगत्तै सोहि विद्यालयमा अध्ययनरत… पुरा पढौ

मानव अधिकार रक्षक वलियो र सक्रिय हुँदा राज्य निकायलाई खबरदारी प्रभावकारी हुने

गोरखा । मानव अधिकार रक्षकहरू वलियो र सक्रिय हुँदा राज्यका निकायप्रति खबरदारी प्रभावकारी हुने निष्कर्ष एक कार्यक्रममा प्रस्तुत भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन महाशाखाको आर्थिक सहयोगमा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा गोरखामा आयोजित “मानव अधिकार रक्षकहरूको क्षमता विकास कार्यक्रम”मा विभिन्न वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष हरि देवकोटाले संविधानमा सुनिश्चित गरिएका अधिकारहरू कार्यान्वयनमा अझै कमजोर रहेको बताए। उनले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारहरूलाई पनि… पुरा पढौ

‘कान्छी’ले दर्शक, श्रोताको मन जितेपछि ‘कान्छी २’ ल्याउँदै रोहनजंग

श्रृष्टि भट्ट पोखरा, जेठ ८ पोखरेली गायक रोहनजंग कार्कीको ‘कान्छी २’ बोलको गीत चाँडै आउने भएको छ । यसअघि २०७७ सालमा ‘कान्छी’ गीत रेकर्ड गरेका कार्कीले ‘कान्छी २’ रेकर्ड गरेका हुन् । विराज गौतमको रचना, कम्पोज र एरेन्जमा तयार भएको गीतमा गायक कार्कीले स्वर भरेका छन् । सिजन बज्राचार्यले गीतको रेकर्ड गरेको उनले बताए । रोमान्टिक शैलिमा निर्माण गरिएको ‘कान्छी’ गीतले दर्शक, श्रोताको मन जितेकाले ‘कान्छी २’ निर्माण गरेको उनको भनाई छ । ‘कान्छी २’ गीतको चाँडै नै भिडियो बनाईने… पुरा पढौ

पोखराको प्याराग्लाईडिङको टेकअफ र ल्याण्डिङ पुरानै ठाउँमा, व्यवसायपनि पुरानै लयमा फर्किने आशा

पोखरा, जेठ ८ अढाईवर्ष अघि पोखराको प्याराग्लाइडिङको ‘टेकअफ’ (उडानस्थल) र ‘ल्याण्डिङ’ (अवतरणस्थल) क्षेत्र सराङकोटबाट सारेर झन्डै पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा लगियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यसको हवाई उडानमा जोखिम बढ्ने भन्दै प्याराग्लाइडिङको उडानस्थल सराङकोटबाट मान्द्रेढुंगा सारिएको थियो भने अवतरणस्थल पनि खपौंदीबाट पामेखोलाको पारिपट्टि सरेको थियो । सराङकोटको आकाशमा दिनहुँ चरा उडे झैं रंगीचंगी स्वरुपमा देखिने प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा सरेसँगै गुमनाम बन्यो । यतिसम्मकी अवतरणस्थल पनि फेवातालको सिरानक्षेत्रको माथिल्लो क्षेत्रमा सरेको थियो । अरुबेला फेवातालमा डुंगा सयर गर्दा सराङकोटको प्याराग्लाइडिङ देख्दा… पुरा पढौ

श्री गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

पोखरा महानगरपालिका वडा नं. १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ । कोटिहोम नियमित सञ्चालन भइरहेको बेला आज स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् । माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानिय शारदा पंगेनीले बताएकी छन् । उनले भनिन–“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा… पुरा पढौ

अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस – २०२५ र नेपालमा यसको सान्दर्भिकता

आज सन् २०२५ मे २२ तारिख, ‘अन्तर्राष्ट्रिय जैविक विविधता दिवस’ । सम्पूर्णमा हार्दिक शुभकामना ।  पृष्ठभूमि सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलनको आयोजना भएको थियो । त्यस सम्मेलनमा विश्वका सहभागी राष्ट्रहरूले मे २२ तारिखका दिन जैविक विविधता महासन्धि (Convention on Biological Diversity - CBD) पारित गरी नेपाल लगायत सबैले सो महासन्धिमा हस्ताक्षर गरेका थिए ।त्यसैको कार्यान्वयन पक्षलाई निरन्तरता दिदै सन् २००० डिसेम्बर महिनामा बसेको संयुक्त राष्ट्र संघको साधारणसभाले बार्षिकरूपमा अन्तर्राष्ट्रिय जैविक बिबिधतादिवस मनाउने निर्णय गर्यो । त्यस यता प्रत्येक बर्ष जैविक बिबिधता दिवस मनाइदै आइएको छ । यस दिवसको मुख्य उद्देश्य जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकताको बारेमा आम जनचेतना फैलाउनु हो । प्रत्येक बर्ष यसको नारा (Theme) फरक फरक हुने गर्छ । सन् २०२५ को नारा "प्रकृतिसँग सद्भाव र दिगो विकास" (Harmony with Nature and Sustainable Development) भन्ने रहेको छ । सन् २०२२ मा संयुक्त राष्ट्र संघका पक्षधर राष्ट्रहरूको… पुरा पढौ