समाचार

प्रतिभामा शिक्षक–अभिभावकबीच भेटघाट : शिक्षण सिकाईमा प्रविधिलाई जोड

पोखरा । पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा शनिबार अभिभावक तथा शिक्षकहरुबीच भेटघाट कार्यक्रम गरिएको छ । नर्सरीदेखि कक्षा–१ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई शिक्षक\शिक्षिकाहरुसँग राखेर विद्यालयले अन्र्तक्रिया गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले अभिभावकहरुले राखेको गुनासो तथा जिज्ञासा मेटाउँदै कतिपय सन्दर्भलाई प्रष्ट्याएका थिए । प्राचार्य सापकोटाले विद्यालयले शिक्षण सिकाईमा प्रविधिलाई जोड दिईएको बताए । बालबालिकालाई सैद्वान्तिक कुराहरुसँगै व्यवहारिक ज्ञान पनि दिनुपर्ने भन्दै त्यसका लागि प्रतिभाले भरमग्दूर प्रयास गरेको उनले बताए । उनले सबै बालबालिकाको सिक्ने क्षमता एकै किसिमको नहुने… पुरा पढौ

सडकापेक्षी मानवको उद्दार, राहत र पुर्नस्थापनामा मानव सेवा आश्रमले खोज्यो सरोकारवालाहरुको प्रतिबद्धता

श्रृष्टि भट्ट/सिता परियार पोखरा, जेठ ३ मानवमुक्त सडक बनाउन मानव सेवा आश्रमले सरोकारवालाहरुको प्रतिबद्धता खोजेको छ । नेपालभर २० जिल्लामा २६ वटा आश्रम बनाएर १ हजार ८ सय जनालाई आश्रय दिइरहेको आश्रमले शनिबार पोखरामा ‘सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया’ कार्यक्रम गरेर मानवमुक्त सडक बनाउन उद्धार र राहतमा सरोकारवालाहरुको प्रतिबद्धता मागेको हो । गण्डकी प्रदेशमा कास्की, बागलुङ, लमजुङ र गोरखामा आश्रम सञ्चालन गरिरहेको आश्रमले आश्रितका लागि आवश्यक पूर्वाधार निर्माणमा आवश्यक लगानी अभाव भएपछि सहयोगको अपेक्षासहित उद्दार… पुरा पढौ

नेता र नेतृत्व स्वार्थमा लिप्त भएर जनता लुटिरहेका छन् : अन्नपूर्ण गा.पा.अध्यक्ष केसी

पोखरा, जेठ ३ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले नेता र नेतृत्व स्वार्थमा लिप्त रहेको गम्भीर टिप्पणी गरेका छन् । मानव सेवा आश्रमले शनिबार पोखरामा आयोजना गरेको सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले नेता र नेतृत्व स्वार्थमा लिप्त रहेर जनता लुटिरहेको गम्भीर आरोप लगाएका हुन् । नेता र नेतृत्व स्वार्थमा लिप्त छन्,उनले भने,‘उनीहरुले आफ्नो स्वार्थबाहेक केहिपनि देखेका छैनन् । अनि जनता लुटिरहेका छन् । उनले यसबारे समीक्षा गर्न जरुरी रहेको बताए । हामीले समाजवाद… पुरा पढौ

घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

पोखराको घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनु पर्नेमा जोड दिईएको छ । ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागिले यस क्षेत्र प्राचिन समय देखि नै धार्मिक क्षेत्र रहेको र यहाँबाट सुन्दर हिमश्रृङ्खला र पोखराको मनमोहक दृश्य अवलोकन गर्न सकिने भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनु पर्नेमा जोड दिएका हुन्। हरिहर गुफा सन्यास आश्रम भलामका संरक्षक स्वामी ईशानन्द महाराजले शिरमा हिमश्रृङ्खला सजाएको यस क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर संभावना रहेको बताउँदै सनातनीहरूको महत्वपूर्ण तीर्थस्थलको रूपमा… पुरा पढौ

वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष

पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रवार विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष अक्षयकोष स्थापना गरेका छन् । वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ,दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङ सहितको उपस्थितिमा स्व. बुबा अमरबहादुर गुरुङ र दाजु स्व धनबहादुर गुरुङको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोष पोखरा माहानगर पालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा स्थापना गरेका हुन् । गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोंचका साथ गुरुङको परिवारले उक्त रकमको चेक… पुरा पढौ

कास्की मोर्डनाइज्ड एकेडेमीमा नव आगन्तुकलाई स्वागत

पोखरा-१४, चाउथेमा अवस्थित कास्की मोडेनाइज्ड एकेडेमीले यस वर्ष विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थी तथा नब नियुक्त शिक्षकहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न ग¥र्यो । कास्की मोर्डनाइज्ड एकेडेमीले प्रत्येक वर्ष नयाँ विद्यार्थी तथा शिक्षकलाई स्वागत तथा सम्मान गर्दै आएको छ । उक्त कार्यक्रमलाई निरन्तरता दिँदै यो बर्ष पनि जेठ १ र २ गते विद्यालयको आफ्नै प्रेक्ष्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको थियो । दुइ दिनको कार्यक्रमको सभापत्तित्व गर्दै विद्यालयका संस्थापक प्राचार्य श्री राम बहादुर मोचीले कास्की मोर्डनाइज्ड एकेडेमी शैक्षिक ल्याब हो यहाँबाट… पुरा पढौ

वाईसिएल धेरै प्रचण्ड जन्माउने संगठन बन्नुपर्छ : अधिकारी

सन्देश श्रेष्ठपोखरा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीले योङ कम्युनिष्ट लिग (वाईसिएल) धेरै प्रचण्ड जन्माउने संगठन बन्नुपर्ने बताएका छन् । वाईसिएल गण्डकीको प्रथम सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले भने,‘वाईसिएल पार्टीको जनवर्गिय संगठन मात्र होईन, यो त पार्टीका उत्तराधिकारी संगठन हो, सहायक संगठन हो, त्यसैले यो संगठन धेरै प्रचण्डहरु जन्माउने संगठन बन्नुपर्छ ।’ यस संगठनले क्रान्तिकारीहरुलाई आकर्षित गर्न सक्ने हुनुपर्नेमा उनले जोड दिए । उनले वाईसिएलले पार्टीलाई च्यालेन्ज गरेर अघि बढ्ने दृढता देखाउनुपर्ने उल्लेख गरे । वाईसिएल नेपालका फ्रयाक्सन… पुरा पढौ

अन्नपूर्ण म्याराथनको पाँचौं श्रृङ्ला जेठ २० गते हुने

सन्देश श्रेष्ठ पोखरा, जेठ २ कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा अन्नपूर्ण म्याराथनको पाँचौ श्रृङ्खला यहि जेठ २० गते हुने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण म्याराथनको पाँचौं श्रृङ्खला यहि जेठ २० गते हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको ७५ औं वर्षगाँठको अवसरमा हिरक… पुरा पढौ

अल्फामा नमुना मतदान सम्पन्न

पोखरा – १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा जेठ २ गते शुक्रबारका दिन विद्यार्थीहरूलाई निर्वाचनको सम्पूर्ण प्रक्रिया जानकारी गराउने मूलभूत उद्देश्यका साथ विद्यार्थी परिषद एवम् जुनियर रेडक्रस सर्कलका विभिन्न पदका लागि निर्वाचन सम्पन्न भएको छ । सोही निर्वाचनम विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी प्रमुख आयुक्त, सह प्राचार्य कृष्ण लम्साल निर्वाचन आयुक्त, निराजन थापा निर्वाचन अधिकृत एवम् विजयबाबु अधिकारी मतदान अधिकृतको भूमिकामा रहेका थिए भने विद्यार्थीकै सकृयतामा नमुना सुरक्षाकर्मीको भूमिका निर्वाह गरिएको थियो । विद्यालयका शिक्षकहरू सन्दिप वि.क. आनन्द थापा, नविन… पुरा पढौ

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

पोखरा– गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन । यसपालि एकैचोटी वर्ष २०८१ का लागि पाठक र वर्ष २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरे । दुबै पत्रकार दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व… पुरा पढौ