गण्डकी । कस्केली अधिकृत समाजले कास्की र लमजुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ । समाजले वार्षिक कार्यक्रमअन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम सञ्चालन गरिहेको जनाएको हो । यस वर्ष कास्की र लमजुङ जिल्लाका केही पर्यटकीय गन्तव्यलाई समेटेर थप पर्यटन प्रवर्द्धनका गतिविधि गरिने समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए । यस वर्ष लमजुङको गाउँसहरस्थित लमजुुङ दरबार, मध्यनेपाल नगरपालिकास्थित इशानेश्वर महादेव मन्दिर करापुटार, मर्स्याङ्दी गाउँपालिकास्थित डा हर्क गुरुङ समाधिस्थल पार्क, अपर मर्स्याङ्दी पावरहाउस…
पुरा पढौ