समाचार

पोखराको अमरसिंहचौरमा यामाहाको मेघा एक्सचेञ्ज अफर, नगदसहित आकर्षक छुट

पोखरा, चैत १७ पोखरामा यामाहा व्राण्डका ग्राहकवर्ग लक्षित ‘यामाहा मेघा एक्सचेन्ज’ अफर शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा–१० अमरसिंहचोकस्थित अमरसिंहचौरमा मेघा एक्सचेञ्ज शुरु गरेको हो । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर मेघा एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । आईतबारदेखि शुरु भएको मेघा एक्सचेञ्ज अफर चैत २२ गतेसम्म जारी रहने उनले बताए । मेघा एक्सचेञ्जमा सम्पूर्ण पोखरेली ग्राहकले रोमाञ्चक डिल र… पुरा पढौ

प्रेस सेन्टरको नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत

पोखरा, चैत १७ प्रेस सेन्टरको नया नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत चयन भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनमा गण्डकी प्रदेशबाट पदाधिकारीमा ३ सहित ९ जना सर्वसम्मत बिजयी भएका हुन् । प्रेस सेन्टर नेपालको समावेशी उपाध्यक्षमा गण्डकीका दीपक श्रेष्ठ (जलन), केन्द्रीय सचिव (गण्डकी)मा दीपक भट्टराई र लेखा आयोग संयोजकमा अमृतराज उपाध्याय सर्वसम्मत चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा कास्कीका घनश्याम पाण्डे, कृष्ण दवाडी, बागलुङका थम्मन थापा (सन्देश), संगीता चेपाङ र लमजुङकी जुना तामाङ सर्वसम्मत निर्वाचित भए । यसैगरी लेखा… पुरा पढौ

भैरवथान कपको उपाधि कुसम र कृष्णलाई

पोखरा । हरीनास ,विरुवा व्याडमिन्टन ग्रुप पोखराद्वारा आयोजित प्रथम भैरवथान कप व्याडमिन्टन प्रतियोगिताको उपाधि कुशम आले र कृष्ण गुरुङको जोडीले जितेको छ । फाइनलमा क्या.निल वहादुर गुरुङ र कुल वहादुर गुरुङको जोडीलाई २–० सेटले पराजीत गर्दै गुरुङको जोडी विजेता बनेको हो । त्यस्तै सु.देव वहादुर गुरुङ र टुकराज गुरुङको जोडी तथा छवि थापा र सम्झना खत्रीको जोडीले तेश्रो स्थान प्राप्त गरे । बिजेता हुन सफल टीमलाई नगद रु.१६ हजार साथै ट्रफी र मेडल ,उपविजेतालाई नगद रु.१२ हजार र ट्रफी र… पुरा पढौ

मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न भौतिक मन्त्रीको निर्देशन

पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक तथा चालु आवको दोस्रो चौमासिक प्रगती समिक्षा कार्यक्रममा मन्त्रीले कामा नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउन पहल गर्न निर्देशन दिएका हुन् । चालु आर्थिक वर्षभन्दा अगाडि रोकिएका बहुवर्षिय नियमित योजनाहरु संचालन गर्न बहानाबाजी, ढिलासुस्ती गरि निर्माण कार्य नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउने तर्फ… पुरा पढौ

कुमुदिनीका कक्षा १२ का विद्यार्थीलाई वधाई तथा शुभकामना

पोखरा, १७ चैत्र । पोखरा महानगरपािलका वडा नं ४, गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सका कक्षा १२ का विद्यार्थीलाई हार्दिक वधाई तथा आगामी शैक्षिक गन्तव्यको लागि शुभकामना दिईएको छ । आईतबार एउटा भव्य समारोह आयोजना गरेर विद्यालयका कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले उनीहरुलाई वधाई तथा शुभकामना व्यक्त गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले भने, मत सधैं उत्कृष्टताको, उन्नतीको, प्रगतिको, अनुशासित तथा परिपक्क्वताको पक्षधर हुँ । हो फेयरवेल कार्यक्रम भावनात्मक कार्यक्रम पनि हो । नचाहेर पनि… पुरा पढौ

पोखरामापनि एथरको ४५० एक्स र ४५० एस मोडलको स्कुटर बिक्री शुरु

पोखरा, चैत १७ एथरको ४५० मोडलको दुई फरक स्कुटर पोखरापनि बिक्री शुरु भएको छ । काठमाडौंमा शनिबारदेखि बिक्री शुरु भएको २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी २ ब्याट्री विकल्पमा नेपाली बजारमा आएको एथर ४५० एक्स र ४५० एस मोडलका दुई फरक स्कुटर पोखरामा आईतबारदेखि बिक्री शुरु भएको हो । भारतीय विद्युतीय स्कुटर एथरको नयाँ ब्रान्डका रुपमा भित्रिएको यी स्कुटर वैद्य ईनर्जी प्रालिले नेपालमा भित्राएको हो भने पोखरामा आधिकारिक विक्रेता अटोवेजले भित्राएको हो । ‘बाईक अफ स्कुटर्स’ उपमा दिइएको… पुरा पढौ

लायन्स क्लब अफ लेखनाथमा लामिछाने

लेखनाथ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तरगतको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथको वर्ष २०२५÷ २६ का लागि अध्यक्ष पदमा बोधराज लामिछाने चुनिएका छन् । क्लवको २७ औं चार्टरनाइटबाट आगामी कार्यकालका लागि प्रथम उपाध्यक्षमा डम्बर बल्लभ चापागाईं द्वितीय उपाध्यक्षमा चिरञ्जीवी तिवारी र तृतीय उपाध्यक्षमा महेन्द्र सिग्देल निर्वाचित भएका हुने भने केदार लामिछाने सचिवमा र बिष्णु सुनारलाई कोषाध्यक्षमा मनोनित गरिएको हो । यसैगरि क्लव प्रशासकमा भुवन श्रेष्ठ,सह सचिवमा ओम प्रकाश पौडेल,सह कोषाध्यक्षमा रविलाल सुवेदी,एल सी आई एफ चिफमा सुन्दर… पुरा पढौ

आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आदिवासी जनजाति आयोगले पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ आइतबार प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आयोगको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकाना व्यक्त गरे । प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिका हक अधिकार संरक्षण तथा सशक्तिकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव पनि दिए । आदिवासी जनजाति समुदायको… पुरा पढौ

भूमिहीनलाई जग्गाको मालिक बनाइने –अध्यक्ष गुरुङ

पोखरा । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष बैन वहादुर गुरुङले आयोगले भूमिहिन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडि बढाएको बताएका छन् । नमुनाटोल सुधार समिति पोखरा १७ द्धारा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै उनले नेपाली भएरपनि पुस्तौदेखि जग्गाको मालिक बन्न नसकेका भुमिहीन परिवारलाई जग्गाको मालिक बनाउने पहिलो प्राथमिकता रहको बताए । “आयोगले समाजका सुकुम्वासी, दलित, भूमिहीन तथा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण गरेर एक पटक भूमिको मालिक बनाउने छ” उनले भने,“कानूनी प्रकृया पुरा भएका दुई हजार भन्दा बढीलाई लालपुर्जा वितरण… पुरा पढौ

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

दमौली । तनहुँ आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी–बरालुङबँेसी सडकका निम्ति स्थानीयले रु एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् ।… पुरा पढौ