समाचार

मनाङका पालिकामा गोदामघर निर्माण गरिँदै

मनाङ । मनाङ जिल्लाका सबै पालिकामा गोदामघर निर्माण गरिने भएको छ । गृह मन्त्रालयको निर्णयानुसार विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका चारवटै पालिकामा गोदामघर निर्माण गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्मा जिल्लावासीलाई सुरक्षित राख्न गोदामघर निर्माण गर्ने निर्णय भएको हो । चारवटै पालिकामा खुला क्षेत्र पहिचान गरी विपद्का बेला उपयोग गर्नेगरी आवश्यक सामग्री र सुरक्षित बसोबासका लागि गोदामघर निर्माण गर्ने निर्णय भएको प्रजिअ आचार्यले बताए । उनले भने, “गृहमन्त्रालयबाट… पुरा पढौ

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई सङ्कलन गर्न भ्याइनभ्याइ

पर्वत । महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो । कुश्मा नगरपालिका–५ स्थित कालीगण्डकी किनारमा सञ्चालनमा आएको चिनियाँ कम्पनी छिफु बायोटेक्नोलोजी प्रालिले चुत्रोको जरा, डाँठ र गुर्जो प्रशोधन गर्न थालेको हो । रु आठ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ । यस कम्पनीमा… पुरा पढौ

डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरीः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गरेका छन । मन्त्रालयले आज यहाँ आयोजना गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच महत्वपूर्ण भएको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विद्युतीय सुशासन कायम गराउने महत्वपूर्ण मन्त्रालय भएकाले यस मातहतका निकायले जिम्मेवारीपूवर्क दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो । उनले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) विस्तारमा जोड दिन, विज्ञापन चुहावट… पुरा पढौ

आज रमजान मुबारक समापन हुँदै

इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् । एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ… पुरा पढौ

चलचित्र ‘दिलसरा’ को पुन: भव्य प्रदर्शन

१७ चैत, पोखरा । चलचित्र दिलसरा पोखरामा भव्य प्रदर्शन देश तथा विदेशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको नारी कथामा आधारित चलचित्र दिलसरा शनिबार पोखरामा पुनः प्रर्दशन भएको छ । पोखराको बाराही चलचित्र हलमा प्रदर्शन गरिएको चलचित्र दिलसरा हेर्न पोखरेली दर्शकहरुको उलेख्य सहभागिता रहेको थियो । गत भाद्र ३ गते पोखरामा पहिलो प्रदर्शन गरिएको चलचित्र दिलसरा पोखरामै आज पुनः चौथो पटक प्रदर्शन गरिएको हो । पोखरेली दर्शकको मागका कारण पुनः प्रदर्शन गरिएको कार्यकारी निर्माता मेजर प्रेम थापा मगरले बताए । यसपटकको प्रदर्शनमा… पुरा पढौ

सुनमा मूल्य उच्चविन्दुमा, आज कतिमा हुदैँछ कारोबार ? हेर्नहोस

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर रू एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । पुरा पढौ

ढोरपाटनमा सुरु भयो सिकार याम

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन्… पुरा पढौ

पत्रकार रजकको हत्याको विरोधमा पत्रकार महासंघ कास्कीलेपनि गर्यो विरोध प्रदर्शन

पोखरा, चैत १६ पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा पत्रकारहरुले पोखरामापनि विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा महासंघ कार्यालयबाट शुरु भएको विरोध र्याली राष्ट्रबैंकचोकहुँदै सहिदचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभामा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले राजावादीको नाममा भएको आन्दोलनमा पत्रकारको हत्या गरिनू निन्दनीय भएको बताए । उनले भने,‘निरंकुश राजतन्त्र फर्काउने आन्दोलनमा प्रेसमाथि आक्रमण हुनु र पत्रकारको हत्या हुनु दुःखद हो । यसको हामी घोर… पुरा पढौ

‘केपी ओली कप क्रिकेट’ प्रतियोगिता चैत चौथो साता पोखरामा हुने

पोखरा, चैत १६ पोखरामा चैत चौथो साता ‘केपी ओली कप टि२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट प्रतियोगिता’ हुने भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिता यहि चैत २३ गतेदेखि ३० गतेसम्म हुने मदन भण्डारी स्पोर्टस एकेडेमीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अघिल्लो वर्षदेखि शुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । प्रतियोगिताको तयारी शुरु भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए । प्रतियोगितामा १६ टिम सहभागी हुने उनले बताए । ‘२९… पुरा पढौ

मदरल्याण्ड माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा, चैत १६पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाई कार्यक्रम आयोजना गरिएको हो ।विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बिदाई कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य डा. नारायण बरालले मदरल्याण्डमा कम्तिमा दुइवर्षको अवधि बितेको र त्यो समयले विद्यार्थीको भविश्यको बाटो देखाउने बताए ।‘कतिपय विद्यार्थीले १५ वर्ष त कतिपयले दुइवर्ष मदरल्याण्डमा अध्ययन गरेका छन् । अबको परीक्षाले विद्यार्थीको जीवनको बाटो कोर्नेछ,’ बरालले भने,… पुरा पढौ