समाचार

न्यूरोड हब ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको च्याम्पीयन

पोखरा, चैत १५ पोखरामा सम्पन्न ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा ४ अंक जोडेको न्यूरोड हब प्रतियोगिताको च्याम्पीयन बनेको हो । न्यूरोड हबले पहिलो दिन लेखनाथ ईगल्सलाई ७ विकेट र अन्तिम दिन लेकसाईड फाल्कोनलाई ३ विकेटले पराजित गरेको थियो । समान खेलमा लेखनाथ ईगल्सले एक खेल जितेर २ अंक बटुल्दै दोश्रो हुँदा लेकसाईड फाल्कोन जितिविहीन् बन्दै अंक… पुरा पढौ

वनमा निजी क्षेत्रको प्रवेश स्वीकार्य छैन : अध्यक्ष भण्डारी

गण्डकी,१५ चैत (रासस)सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन क्षेत्रमा निजी क्षेत्रको प्रवेश स्वीकार्य नहुँने बताएका छन् ।महासंघ गण्डकी प्रदेशको पोखरामा आयोजित बैठकलाई सम्वोधन गर्दै उनले केवलकार, हाइड्रोपावर जस्ता विभिन्न विकास निर्माणले वन क्षेत्रको क्षयीकरणसंगै संरक्षणकर्ताको अधिकार कुन्ठित हुने बताए ।निजी क्षेत्रको प्रवेशले स्थानीय वासिन्दाको अधिकारसंगै वातावरणीय र प्रथाजन्य अभ्यास समेत संकटमा पर्दै गएको बताउँदै उनले भने, यस्ता विकास निर्माणले सिमित व्यक्तिले कमाउने र स्थानीय वासिन्दाको रोजगारी खोसिने हुँदा महासंघले विरोध जनाउँदै आएको छ ।सामुदायिक वनको… पुरा पढौ

एसईई परीक्षा सम्पन्न, जनप्रतिनिधी र क्रियापुत्रीले पनि दिए परीक्षा,गण्डकीका मुख्यमन्त्री र मन्त्रीले गरे केन्द्रको निरिक्षण

एसईई परीक्षा सम्पन्न, जनप्रतिनिधी र क्रियापुत्रीले पनि दिए परीक्षा,गण्डकीका मुख्यमन्त्री र मन्त्रीले गरे केन्द्रको निरिक्षणशिशिरपोखरा यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई देशभरका परीक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । चैत ७ गतेवाट शुरु भएको परीक्षामा देशभरवाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागीता जनाएका थिए । कास्कीमा पनि एसईई परीक्षा ११ हजार ६ सय ७६ जनाले सहभागिता जनाए । परीक्षाको अन्तिम दिन शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विभिन्न परीक्षा… पुरा पढौ

प्रतिभा माविद्वारा १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको उक्त कार्यक्रमको विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । उक्त अवसरमा अध्यक्ष पौडेलले अहिलेका लागि बिदाई गरिएपनि विद्यालयसँगको सम्बन्ध अटुट रहेको बताए । विदाई भई जाने विद्यार्थीलाई शुभकामना दिँदै अध्यक्ष पौडेलले अहिलेको मेहनतले भविश्यमा सफलता हात पर्ने बताए । ‘अबको केही समय… पुरा पढौ

वनमा निजी क्षेत्रको प्रवेश स्वीकार्य छैन–अध्यक्ष भण्डारी

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन क्षेत्रमा निजी क्षेत्रको प्रवेश स्वीकार्य नहुँने बताएका छन् । महासंघ गण्डकी प्रदेशको पोखरामा आयोजित बैठकलाई सम्वोधन गर्दै उहाँले केवलकार, हाइड्रोपावर जस्ता विभिन्न विकास निर्माणले वन क्षेत्रको क्षयीकरणसंगै संरक्षणकर्ताको अधिकार कुन्ठित हुने बताए । निजी क्षेत्रको प्रवेशले स्थानीय वासिन्दाको अधिकारसंगै वातावरणीय र प्रथाजन्य अभ्यास समेत संकटमा पर्दै गएको बताउँदै उनले भने, यस्ता विकास निर्माणले सिमित व्यक्तिले कमाउने र स्थानीय वासिन्दाको रोजगारी खोसिने हुँदा महासंघले विरोध जनाउँदै आएको छ… पुरा पढौ

राजावादीले अराजकता मच्चाएपछि प्रधानमन्त्रीले बोलाए मन्त्री परिषदको आकस्मिक बैठक

पोखरा, चैत १५ राजावादीहरुले अराजकता मच्चाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका छन् । राजावादीको आन्दोलन हिंसात्मक भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलावट भएको एक मन्त्रीले जानकारी दिए । बैठक आजै साँझ बस्न लागेको उनको भनाई छ । राजावादीले आज दिउँसो काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निशेधित क्षेत्र तोड्ने प्रयास भएपछि दुई पक्षबीच झडप भएको थियो । त्यसपछि राजावादीहरु पार्टी कार्यालय, भाटभटेनी, नीजि घर, ट्याक्सीलगायतमा तोडफोड… पुरा पढौ

काठमाडौंको कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी

काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ । नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् । पुरा पढौ

कुलमान घिसिङको रिटमा कारण देखाउ आदेश

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले आज लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि यही चैत १७ बोलाएको छ । आदेशमा भनिएको छ, “यसमा के… पुरा पढौ

प्रधानमन्त्री ओलीले चैत १८ गते संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते सदनमा सम्बोधन गर्ने भएका छन् । बिपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बिपक्षी दलले उठाएका बिषयमा चैत्र १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराए । कुलमान घिसिङलाई पदबाट हटाइएको बिषयमा बिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । बिपक्षीको अवरोधका कारण प्रतिस्ठापन विधेयक पारित… पुरा पढौ

प्रतिनिधिसभाको बैठक चैत १७ गते बस्ने

प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन । पुरा पढौ