समाचार

विगत र वर्तमान अवस्थाबारे तथ्याङ्क केलाएर जनतालाई बुझाईदिन विज्ञहरुलाई एमाले महासचिवको आग्रह

पोखरा, चैत ११ नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगत र वर्तमान अवस्थाकोबारे जनतालाई तथ्य केलाएर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीहरुको संस्था कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषदको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले युरोप, अमेरिकाको विकाससँग तुलना गरेर नेपालमा केहि भएन भन्दै व्यवस्थामाथि प्रहार गर्ने काम भइरहेको आरोप लगाए । मक्किएको राजतन्त्र असफल, असान्दर्भिक व्यवस्था भएको टिप्पणी गर्दै उनले अहिले राजतन्त्रको पक्षमा बहस गर्ने जमात तयार… पुरा पढौ

बिमाकुमारी बन्न हिँडेकी चिना थापा मगर 

जुना थापा, पोखरा । स्कुल जाँदा आउँदा बाटोमा लोकभाका गुनगुनाउँदा छिमेकी भाउजूले "ओहो ! चिना त बिमाकुमारी दुराजस्तै गायिका बन्छ क्याहो ?" भन्ने वाक्यले १२ वर्षको कलिलो बाल मस्तिष्कमा गहिरो छाप छोडे पनि चिनालाई थाहा थिएन साँच्चिकै गायिका बन्छु भन्ने । उनी भन्छिन्, "बिमा दिदीजस्तै त बन्न सकिएला, नसकिएला तर सांगितिक यात्रा भने निरन्तर चलिरहेको छ । संगीतको नशा लागेको छ, अब त संगीतबिना बाँच्न पनि सक्दिनँ । पढ्दापढ्दै मोफसलमा रहेर लोक संगीतमा भविष्य कोरिरहेकी नाम हो चिना थापा मगर ।… पुरा पढौ

नेप्से परिसूचक २६ अङ्कले बढ्यो

गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह… पुरा पढौ

बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

बागलुङ नगरपालिका-८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । बयालीस वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए । एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । विसं २०३९ मा निर्माण गरेको धारा जीर्ण बनेका थिए । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । “मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको छ”, उनले भने, “शरद ऋतुपछि यो याममा धेरै पर्यटक नेपाल भित्रन्छन् ।” अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ ।… पुरा पढौ

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए । उनले भने, “हिंस्रक बाघलाई खुला… पुरा पढौ

पीएन क्याम्पसको स्ववियु मतगणना सुरु

कास्कीको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मतगणना सुरु भएको छ । देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पिएन क्याम्पसमै स्ववियूको मतगणना सुरु भएको हो । आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । ९२७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो । अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल,… पुरा पढौ

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण… पुरा पढौ

राजस्व परामर्श समिति र व्यवसायीबीच पोखरामा छलफल : अर्थतन्त्र चलायमान बनाउने गरी नीतिगत सुधार गर्न व्यवसायीको आग्रह

१० चैत्र, पोखरा ।आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट तथा राजस्व नीति तर्जुमाका लागि राजस्व परामर्श समितिले पोखराका व्यवसायी तथा सरोकारबालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न गरेको छ । कार्यक्रममा व्यवसायीहरूलेअर्थतन्त्रलाई चलायमान बनाउने गरी नीतिगत सुधार गर्न आग्रह गरेका छन् । व्यवसायीहरूले राजस्व नीतिलाई लगानी तथा व्यवसायमैत्री बनाउन सुझाव दिए ।कार्यक्रमलाई सम्बोधन गर्दै राजस्व परामर्श समितिका संयोजक तथा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रको मनोवल उच्च पार्ने र अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारका नीति तर्जुमा हुने बताउनु… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद भोलि

पोखरा, चैत १० कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा भोलि हुँदैछ । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीहरुको छाता संस्थाको रुपमा रहेको संघको १० औं केन्द्रीय परिषदको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । बिशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’भन्ने नाराका साथ हुने परिषदको उद्घाटनअघि प्रभातफेरी निकालिने जनाइएको छ । होटल… पुरा पढौ