समाचार

पीएन क्याम्पसको स्ववियु चुनावमा विद्यार्थीमा देखिएन उत्साह

पोखरा, चैत १० पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा मतदाता विद्यार्थीमा उत्साह देखिएन । देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पीएन क्याम्पसको स्ववियु चुनावमा झण्डै एक तिहाई विद्यार्थीले मात्र मतदान गरेका हुन् । यसअघि मतदानमा विद्यार्थीहरु उत्साहप्रद रुपमा सहभागि हुने गरेपनि यस वर्ष कुल मतदाताको ३९.१२ प्रतिशतले मात्रै मताधिकार प्रयोग गरेको निर्वाचन समितिले जनाएको छ । पृथ्वीनारायण क्याम्पसमा कुल ९ हजार २ सय ७० जना विद्यार्थी रहेका छन् । जसमध्ये १ हजार ८ सय ६६ जनाले मतदानका लागि परिचय… पुरा पढौ

पोखरामा प्रथम एलिट भलिबल कप हुने

पोखरा । पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा–३, नदिपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप सञ्चालन गर्न लागेको हो । एकेडेमीका सञ्चालक तथा प्रशिक्षक मलिन रोकाले खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागिएको जानकारी दिए । दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने रोकाले बताए ।… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अङ्कको गिरावट

काठमाडौँ । गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो । आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता शेयर ७२ हजार दुई सय ६५ पटक खरिद बिक्री हुँदा रू छ अर्ब… पुरा पढौ

वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम

गण्डकी । हिउँदे वर्षाको कमी, बढ्दो तापक्रम र वन पैदावारमा आधारित उद्यम सञ्चालन हुन नसक्दा मुलुकमा वन डढेलोको जोखिम बढ्दै गएको छ । वन क्षेत्रमा रहेका ज्वलनशील पदार्थ उपयोग नहुँदा डढेलोको जोखिम बढेको हो । वन क्षेत्रको घाँस, दाउरा, काठलगायत वन पैदावार उपयोग नहुनु र चरिचरणको अभावमा जङ्गलमा पातपतिङ्गर तथा झाडी थुप्रिँदै जाँदा वन डढेलोको जोखिम प्रत्येक वर्ष बढ्दै गएको छ । डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ दाउरासहित जैविक तथा पर्यावरणीय क्षति बढ्दै गएको छ । सरकारी पक्षको… पुरा पढौ

करेन्ट लागेर गोरखामा एकजनाको मृत्यु

गोरखा । गोरखा जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्”, उनले भने । घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए… पुरा पढौ

मुस्ताङको कागबेनी स्नानस्थल दुर्घटनाको जोखिममा

मुस्ताङ । दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ । तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा यहाँ श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित दुर्घटनाको डर बढेको हो । कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनका लागि कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र यहाँका स्थानीयले सीमित स्रोतसाधनमा श्राद्ध गर्न आउने तीर्थालुलाई सहज व्यवस्थापन गर्ने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकिरहेको छैन । श्राद्धस्थल साँघुरो हुँदा श्राद्ध गर्न, पूजापाठ तथा स्नान गर्न समस्या र… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा एक दिने तालिम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा विद्यार्थीहरुका लागि एकदिने "समय तथा तनाव व्यवस्थापन" प्रशिक्षण कार्यक्रम यही चैत ९ गते, शनिबार पोखरा -३ नदिपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. को सभाहलमा सम्पन्न गरेको छ । प्रतिष्ठानद्वारा छात्रवृत्रि प्राप्त विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजित यस कार्यक्रममा समय व्यवस्थापन सम्बन्धी संस्थाकै कार्यसमिति सदस्य मदरल्याण्ड मा.वि. का +२ कोअर्डिनेटर तथा पि.एन. क्याम्पसका लेक्चरर लोकबहादुर तमु र तनाव व्यवस्थापन सम्बन्धी मानवशास्त्री एवम् इन्जिनियर रोशन तमुले सहजीकरण गर्नुभएको थियो । विद्यार्थी कालमा आफ्नो पढाइ र क्यारियर बनाउन… पुरा पढौ

पोखरा मोटरर्‍यालीमा सोभितमान र सुसिनको जोडि पहिलो

पोखरा । गण्डकी अटोमोबाइल्स एसोसिएसनले आयोजना गरेको पोखरा मोटर ‍र्‍यालीमा पुरुष क्याटगोरीतर्फ एभरेस्ट एफ एमका निर्देशक तथा घुमन्ते समूहका अभियन्ता सोभितमान बुद्धाचार्य (चालक) र सुसिन लामा (नेभिगेटर) ले विजयी भएका छन् ।दोस्रो स्थान पनि एभरेस्ट मिडिया हाउसका शेयरहोल्डर सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले हासिल गरे भने सुनिल श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो स्थानमा रहे । महिला क्याटगोरीमा तिसा जोशी र रेजिना श्रेष्ठ विजयी भए । रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो तथा शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा रहे ।मोटर ‍र्‍याली… पुरा पढौ

पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

पोखरा । तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग ९एनएसएल०आगामी चैत १६ देखि वैशाख १३ सम्म हुँदैछ । सोही प्रतियोगिताको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ । पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउ“मा ट्रफी प्रदर्शन गरिएको हो । पुम्दीकोट शिव मन्दिर, शान्ति स्तूप, पोखरा रंगशाला, बेगनास ताल र सृजनाचोकस्थित एनसेल सेन्टरमा ट्रफी प्रदर्शन गरिएको पोखरा थन्डर्सका व्यवस्थापक घनश्याम थापाले जानकारी दिए । उनकाअनुसार फेवाताल किनार र विन्ध्यावासिनी मन्दिरमा आइतबार बिहान ट्रफी प्रदर्शन गरिने छ । गण्डकी… पुरा पढौ

माओवादी माछापुच्छ्रे गा.पा.अध्यक्ष पोखरेलपनि गुटको खेतीमा !

पोखरा, चैत ९ पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष गोपाल पोखरेलले दोधारे नीति लिँदा विवादमा फसेका छन् । पार्टी नेतृत्वमा रहेका उनले स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको संस्थापन र विद्रोही दुबै पक्षका उम्मेदवारको प्रचार गर्दै दोधारेपन देखाएको भन्दै उनको आलोचना भएको हो । पीएन क्याम्पसमा अखिल क्रान्तिकारीको संस्थापन पक्षले नवीन अधिकारीको नेतृत्वमा एकल प्यानल बनाएको छ । जसलाई नेकपा माओवादी केन्द्र कास्कीले आधिकारिक उम्मेदवार भएको बताएको छ । तर कास्कीमा समानान्तर गतिविधि गरिरहेको दीपक कोईराला समूहले… पुरा पढौ