समाचार

पोखरामा पर्यटकलेपनि मनाए होली, विभिन्न संघसंस्थाद्वारा शुभकामना आदानप्रदानसँगै सांगीतिक कार्यक्रम आयोजना

रंगहरुको पर्व होलीमा पर्यटकपनि रमाएका छन् । नेपालीले मनाउने रंगहरुको पर्व होलीमा पोखरा घुम्न आएका पर्यटकहरुपनि रमाएका हुन् । यूके, अमेरिका, अष्ट्रेलिया, चीन, भारतबाट आएका पर्यटकहरु आपसमा रंग दलेर ‘ह्याप्पी होली’ भन्दै नेपालीसँगै रमाए । उनीहरु नेपालीले आयोजना गरेको होली कार्यक्रम, कन्सर्टलगायतमा सहभागिहुँदै सांगीतिक माहोलमा झुमेकोसमेत देखिए । होलीको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन ९रेवान० पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लेकसाईडको अम्बोटबाट शुरु भएको रेवानको होली कार्यक्रम हल्लनचोकस्थित क्याम्पिङचौरमा पुगेर सकिएको थियो । पोखरा सांगीतिक कलाकार संघले पोखराको… पुरा पढौ

‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन भोलि स्याङ्जाको वालिङमा हुँदै

पोखरा, फागुन २९ सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला)भोलि स्याङ्जाको वालिङमा हुँदैछ । पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको वालिङ बजारमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । चेम्बर अफ कमर्स वालिङ र ट्रिनिटी क्लव वालिङको संयुक्त आयोजनामा हाल वालिङ बजारमा आयोजना भइरहेको प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने छन् । नब्बेको दशकमा व्याण्डहरुको राजधानी… पुरा पढौ

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न बिहीबार चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान गरेको छ । “चीन र अमेरिकाले आर्थिक र व्यापारिक क्षेत्रमा मतभेद र विवादप्रति सकारात्मक र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ भनी चीनले सधैँ वकालत गर्दै आएको छ”, वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ्गकियानले साप्ताहिक पत्रकार सम्मेलनमा भने, “तर कुनै पनि प्रकारको सञ्चार र परामर्श आपसी सम्मान, समानता र आपसी फाइदामा आधारित हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ, धम्की र डर… पुरा पढौ

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको… पुरा पढौ

सुन-चाँदीको मूल्य स्थिर, आज कतिमा भइरहेको छ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, आज एक तोला चाँदी दुई हजार रुपैयाँमा किनबेच हुनेछ । जुन हिजो कै मूल्य हो । पुरा पढौ

उच्च मावि तथा उच्च शिक्षा पढ्ने विद्यार्थीलाई पालिकाको अनुदान

पर्वत । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिक रूपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका छन् । आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीले भने बीचैमा पढाइ छाडेर बस्नुपर्ने वा विदेश पलायन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पर्वतको महाशिला गाउँपालिकाले यस्ता विद्यार्थीलाई अनुदान उपलव्ध गराउन थालेको छ । पालिकाले आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि उच्च शिक्षा पढ्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम… पुरा पढौ

थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागुपूर्णिमा) पर्व मनाउन सुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए । “तीन दिन सबैरे उठेर शुद्ध भई पितृहरुलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उनले भने, “आफन्तलाई बोलाएर मीठामीठा… पुरा पढौ

एपिएलमा युरिक एसिड सित्तैमा, अरु जाँचमा विशेष छुट

पोखरा । पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब(एपिएल)ले युरिक एसिड जाँच सित्तैमा गरिरहेको छ । एपिएलले बुधबारबाट युरिक एसिडसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा विशेष छुट उपलब्ध गराउन थालेको हो । एपिएलकी अध्यक्ष गीता कार्की पन्थले चैत महिनाभर यो छुट अफर सञ्चालन हुने जनाइन् । नेपालीको जाडोमा हुने खानपिन, उठबस, भोजभतेर जस्ता कारणले युरिक एसिड, बाथका समस्या दखिने भएकाले यो योजना ल्याइएको उनको भनाइ छ । हर्माेन, भिटामिन, क्यान्सर मार्कर, फर्टिलिटी जाँच, खानपिन र वातावरणीय… पुरा पढौ

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष् ह्याण्डबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति गठन गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको संयूक्त बैठकले प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता यहि चैत्र ३ देखि ५ गते सम्म पोखरामा आयोजना हुँदैछ । प्रतियोगिताको प्राविधिक सहयोग कास्की जिल्ला ह्याण्डबल संघले गर्नेछ । प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा बिहिबार… पुरा पढौ

घाम्लुङको गंगेकुल मन्दिरमा कुलपुजा सम्पन्न

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ३ पोखरा खेतमा अवस्थित गंगे कुलमन्दिरमा कुलपुजा तथा श्रीमद् भागवत वाचन गरिएको छ । साविक थुमाकोडाँडा गाविस हाल मादि गाउँपालिका वडा नं. ३ र ४ का हरेस्वारा, स्याँगे, पोखरा खेत र घाम्लुङका भारद्धाज गोत्रिय रानाभाट वन्धुहरुले हरेक ३÷३ वर्षमा कुल पुजा गर्दै आएको पुजा संयोजक ज्यो। रुद्रप्रसाद रानाभाटले वताए । कुल पुजाको साथमा वाचकी पं. विष्णु प्रसाद गौतम र उपवाचकी पं. शैलन्द्र रमण अधिकारी सहितको ब्राह्मणहरुद्धारा श्रीमद्भागवत, चण्डिपाठ, सत्यनारायण, रुद्री पुजा र… पुरा पढौ