समाचार

आज फागु अर्थात होली पर्व मनाइँदै

आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ ।त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात… पुरा पढौ

कुलायन समितिद्वारा विभिन्न व्यक्ति सम्मानित

पोखरा । सिमलचौर बराल कुलायन संरक्षण समिति, पोखरा (१३ आर्वाले कुल संरक्षणमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान् गरेको छ। कुल पुजाको अवसरमा आयोजित कार्यक्रममा समितिका संरक्षक कृष्ण प्रसाद बराल, जेष्ठ नागरिक कृष्णराज बराल, निलकण्ठ बराल,कलाधर बराल,पितृ प्रसाद बराल र नन्दकली बराललाई सम्मान गरिएको समितिका सदस्य अन्जु बरालले जानकारी दिए । उनीहरूलाई पोखरा १३ का वडाध्यक्ष किरण बराल , समितिका अध्यक्ष घनश्याम वराल र उपाध्यक्ष मिथिला बरालले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रममा बोल्दै वडाध्यक्ष वरालले जेष्ठ नागरिक समाजको… पुरा पढौ

बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट सञ्चालनमा

पोखराको प्रतिष्ठित व्यवसायीक संस्था बिजीएन ग्रुप प्रालिले संचालनमा ल्याएको बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट उद्याटन भएको छ । बिजीएन ग्रुपलले पोखरा–बागलुङ राजमार्ग तथा कोरला नाकाको प्रवेश बिन्दु पोखरा हरिचोकमा आफ्नै भवनमा बिजीएन कम्प्लेक्समा नयाँ आउटलेट संचालनमा ल्याएको छ । सोही नयाँ आउटलेटको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बुधबार एक कार्यक्रमकाबिच उद्याटन गरे ।   कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा केही हुदैँन भन्ने भावनालाई त्याग्नुपर्ने बताए । आर्थिकमन्दी भइरहेको अप्ठ्यारो अवस्थामा पनि बिजीएन ग्रुपले स्वेदशमा… पुरा पढौ

जनतामा शान्ति सुरक्षाको प्रत्याभुती गराउन घर घरमा प्रहरी अभियान सुरु

पोखरा । जनतामा शान्ति सुरक्षाको प्रत्याभुती गराउने गरि नेपाल प्रहरी ल्याएको घर घरमा प्रहरी अभियान सोमवार देखि कास्कीको लेखनाथमा सुरु गरिएको छ । पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्म ,मादी गाउपालिका र रुपा गाउपालिकालाई कार्यक्षेत्र बनाएको ईलाका प्रहरी कार्यालय शिशुवाले सोमवार राखेको कार्यक्रममा कास्कीका प्रहरी प्रमुख श्याम वावु ओलियाले घर घरमा प्रहरी अभियान सुरु गरेका हुन् । कुनै पनि शंकास्पद गतिविधि देखेमा वा थाहा भएमा साथै सुरक्षा सम्बन्धि कुनै पनि समस्या परेमा प्रहरीलाई सम्झनु भन्ने स्टीकर वनाएर आफनो… पुरा पढौ

आयोजक सूर्य तारा नेकोस कपको फाइनलमा प्रवेश, बिहीबार गन्नी र एलसी भिड्ने

पोखरा । सूर्यतारा क्लब नेकोस कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा जारी दोस्रो सूर्य तारा खेल महोत्सव अन्तर्गतको बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विष्णु पादुका क्लब हेम्जालाई २-० गोल अन्तरले पराजित गर्दै आयोजक क्लब फाइनलमा पुग्न सफल भएको हो । खेलको २ मिनेटमै सिमन तामाङले गोल गर्दै सूर्यतारालाई अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा रोशन नेपालीले गोल गर्दै खेल २-० को अवस्थामा पुर्‍याए । त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन र खेल सूर्यताराले २-० जित्दै… पुरा पढौ

फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिमा उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की), सचिव (महिला) कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर) ,… पुरा पढौ

पोखराबाट हुने भो चैत ५ गते पहिलो व्यवसायिक चार्टर्ड उडान, १० वटा चार्टर्ड फ्लाईट बुकिङ भइसकेको दाबी

पोखरा, फागुन २८ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत ५ गते पोखरा–छेन्दु चार्टर्ड उडान हुने भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आगामी चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान हुन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सो दिन बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर आएको सिचुवान एयरलाईन्सको विमान पोखरा विमानस्थल अवतरण हुनेछ । सोहि विमानबाट दिउँसो १२ बजे १२७ जना पोखराबाट पर्यटन व्यवसायीको टोली छेन्दु प्रस्थान गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ… पुरा पढौ

गण्डकीमा काष्ठफल तथा फलफूलखेती विस्तार

गण्डकी प्रदेशअन्तर्गत दश जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत फलफूल बगैँचा विस्तारको काम अगाडि बढेको छ । नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोगमा दुई वर्षअघि उक्त आयोजना सञ्चालनमा आएको थियो । हालसम्म दुई सय ४२ हेक्टर क्षेत्रफलमा फलफूल बगैँचा विस्तारका लागि सम्झौता भई काम सुरु भएको प्रदेश कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलले जानकारी दिए । उनका अनुसार सन् २०२९ भित्र १० जिल्लामा गरी दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा पहाडी काष्ठफल… पुरा पढौ

लगातार सात कारोबार दिन घटेको नेप्से परिसूचकमा आज दोहोरो अङ्कको वृद्धि

पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको… पुरा पढौ

Pokhara-Chengdu International Flight to Begin, New Hopes for Tourism Promotion

Pokhara, March 12, 2025 After a long wait, uncertainty, and persistent efforts, international flights from Pokhara are finally set to begin. According to the Pokhara Tourism Council and the Chinese Embassy, a Sichuan Airlines flight carrying 127 Chinese tourists will land at Pokhara International Airport on March 18, 2025, at 10:00 AM. On the same day, 127 tourism business representatives will depart for Chengdu, China, at noon. The first charter flight will include key officials, including the Mayor of Pokhara… पुरा पढौ