समाचार

पोखरा – छेन्दु नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने, पर्यटन प्रवर्द्धनमा नयाँ आशा पलाएको दाबी

पोखरा, २०८१ फागुन १२ पोखरा । अन्तत: लामो पर्खाई, अन्यौलता र प्रयास पछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । पोखरा पर्यटन परिषद र चिनिया दुतावासका अनुसार चैत्र ५ गते बिहान १० बजे एक सय २७ जना चिनियाँ पर्यटक लिएर सिचुवान एअरलाईन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र सोही दिन मध्यान्ह १२ बजे एक सय २७ जना नै पर्यटन व्यवसायीहरू चीनको छेन्दु प्रस्थान गर्ने बताइएको छ । पहिलो चार्टर उडानमा पोखरा महानगरपालिकाका प्रमुख, नेपाल पर्यटन बोर्ड गण्डकी… पुरा पढौ

गण्डकीका तीन लाखबढी परिवारको स्वास्थ्य प्रोफाइल तयार

पोखरा । गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार पारिएको छ । ती परिवारका १२ लाख २१ हजार पाँच सय ७१ सदस्यहरूको विवरण अद्यावधिक गरी व्यक्तिगत स्वास्थ्य सङ्केत नम्बर प्रदान गरिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्घ सरकारको नीतिअनुरूप प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोफाइल तयार पारेको हो । निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार प्रदेशमा थप १५ स्थानीय तहमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्न बाँकी छ । स्थानीय तहसँगको सहकार्यमा पारिवारिक… पुरा पढौ

नेपाल र भारत साफ च्याम्पियनसिपको एकै समूहमा

२७ काठमाण्डौं । भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् । काठमाडौँको सोल्टी होटलमा आज आयोजित एक कार्यक्रम सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ । त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन । भारतको अञ्चल प्रदेशमा हुने उत्त प्रतियोगिता अगामी मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ ।… पुरा पढौ

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा । पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी… पुरा पढौ

सुकुम्बासी वस्तीमा कानुनी सचेतना

पोखरा । पोखरा १४ चाउथे तल्लो शान्ति टोल विकास संस्थामा आवद्ध सुकुम्बासी बस्तीमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कानुनी सचेतनामा कानुनका विद्यार्थी सविना अधिकारीले भूमि सम्वन्धी संविधानले दिएको अधिकार तथा समग्र विषयमा प्रशिक्षण दिएकी थिइन् । संस्थाकी कर्मचारी रुपा राईले सञ्चालन गरेको तालिम सामूदायिक सेवा केन्द्रका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको थियो । भूमिहिन तथा आवास बिहीन व्यक्तिहरुका लागि १ दिने कानुनी सचेतना कार्यक्रम आयोजना गरेर संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको जनाएको छ । सामूदायिक विकास… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ । परिषदले मंगलबार प्रदेश खेलकुद संघहरुका बीच एक छलफल कार्यक्रम गरी तयारी सुरू गरेको हो । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीहरुलाई चैत्र ५ गते सम्म दर्ताका लागि खुल्ला गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् । परिषदले पालिकातहबाटै खेलाडी छनौटका लागि तयारी सुरू गरिएको… पुरा पढौ

भेडाको ऊनबाट आम्दानी खोजिरहेका निसीभुजीका आमाहरु

बागलुङ । बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् । निसीखोला गाउँपालिका–५ पुतली बजारकी ५७ वर्षीया पुनीकला घर्तिमगरको दैनिकी आजभोलि फेरिएको छ । पुतली बजारमा चलिरहेको ऊनको धागो बनाउने र कपडा तयार गर्ने तालिममा उनको दिन बित्छ । बिहान–बेलुका घरको काम सकेर १० नबज्दै उनी पुतली बजार पुग्छन् । गाउँबाट सङ्कलन गरेको भेडाको ऊनलाई सफा गर्ने,… पुरा पढौ

धार्मिक पर्यटनसँग जोड्दै प्राचीन तीर्थस्थल “लाटी बाराही”

गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ वैद्यपानी सिम्लेस्थित लाटी बाराही मन्दिर यहाँको प्राचीन तीर्थस्थल हो । प्राचीन तीर्थस्थलका रुपमा पुस्तौँदेखि पूजाआजा हुँदै आए पनि यो मन्दिर स्थापनाको यकिन तिथिमिति भने अझै अनुसन्धानकै पर्खाइमा छ । मन्दिर परिसरमा रहेको जलकुण्डमा बाह्रै महिना नै पानी भइरहनुले पनि यहाँको धार्मिक विश्वास बढाएको स्थानीय कुलबहादुर कुमाल बताउछन् । पहराको कुनामा रहेको यस मन्दिर परिसरस्थित कुण्डमा तलबाट भुलभुल गरी पानी निरन्तर आइरहने र जस्तोसुकै खडेरीमा पानी नसुक्नु यहाँको विशिष्टता भएको उनले बताए। “यो जिजुबाजेका पालादेखि नै… पुरा पढौ

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा दश किलोमिटर कालोपत्र

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ । पालुङखोलादेखि बलेवासम्मको पहिलो खण्डमा पर्ने २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर खड्का÷कृष्ण÷बिएन जेबीले जिम्मा लिएर काम गरिरहेका छन् । हालसम्म पहिलो खण्डमा मात्रै कालोपत्र भएको कालीगण्डकी करिडोर आयोजना कार्यालयका सूचना अधिकारी अरुण खत्रीले जानकारी दिए। दोस्रो खण्डमा सडक फराकिलोे बनाउने,… पुरा पढौ

बेनीको सिङ्गा तातोपानीमा स्नानका लागि नयाँ पोखरी सञ्चालन

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण र सञ्चालन गरी स्नानस्थलको क्षमता विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नानस्थलको क्षमता बढाएको हो । समितिका सचिव अमरबहादुर केसीले तातोपानी स्नान गरेर उपचारमा आउनेहरुको चाप बढेपछि निर्माण गरिएको पोखरी परीक्षणका लागि सञ्चालनमा ल्याइएको जानकारी दिए । “म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पिङ गरेर स्नानका लागि पानी सङ्कलन गर्न निर्माण भएको नयाँ पोखरी सञ्चालनमा ल्याइएको छ”,… पुरा पढौ