समाचार

नगर प्रमुख त्रिपाठीले ऋण लिएर ठेकेदारलाई भुक्तानी

डुम्रे । तनहुँको भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो । नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उहाँले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता… पुरा पढौ

कंडेल समाज कास्कीमा शुक्रराज

पोखरा । कंडेल समाज कास्कीको अध्यक्षमा शुक्रराज कंडेल चयन भएका छन् । आइतबार पोखरामा सम्पन्न समाजको दोश्रो साधरण सभा तथा अधिवेशनले कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा माधव प्रसाद कंडेल, सचिवमा अनन्त कंडेल, सह–सचिवमा बीरभद्र कंडेल कोषाध्यक्षमा निरा कंडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा डा. भानु कंडेल, पूर्णदीप कंडेल, खीमलाल कंडेल, टीकाराम कंडेल, फणिन्द्र कंडेल छन् । यसअघि अधिवेशनको पोखरा– ३१ वडाध्यक्ष ढकनाथ कंडेलले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालभरका कंडेलहरु कंडेल… पुरा पढौ

बिमा रकमको लोभले आफ्नै पसलमा आगो लगाउने पोखराका एक व्यवसायी पक्राउ

पोखरा, फागुन २५ बिमा रकमको लोभले आफ्नै पसलमा आगो लगाउने पोखराका एक व्यवसायी पक्राउ परेका छन् । शिखर ईन्स्योरेन्समा गरेको एक करोड बिमा पाउने लोभमा पोखरा न्यूरोडस्थित शर्मा आईटी हबमा आगो लगाउने सो पसलका सञ्चालक रमेश शर्मा लोहारलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पर्सा जगरनाथपुर स्थायी घर भई पोखरा २७ तालचोकमा बस्दै आएका लोहारले बिमा बापतको रकम हत्याउने उद्देश्यले यहि फागुन १६ गते साँझ ७ः५ बजेको समयमा पसलमा आगो लगाएको खुलेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार ओलीयाले जानकारी… पुरा पढौ

पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि लेखनाथ र माछापुच्छ्रे क्रिकेट क्लव भिड्ने

पोखरा, फागुन २६ पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि लेखनाथ यूथ क्रिकेट क्लव र माछापुच्छ्रे क्रिकेट क्लव भिड्ने भएका छन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत आईतबार भएको दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लवलाई २३ रनले पराजित गर्दै लेखनाथ यूथ फाइनलमा प्रवेश गरेपछी यी दुई क्लवबीच उपाधि भिडन्त पक्का भएको हो । यसअघि शनिबारको खेलमा राईजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै… पुरा पढौ

पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन स्याङ्जाको वालिङमा हुने

पोखरा, माघ २४ सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) स्याङ्जाको वालिङमा हुने भएको छ । पोखराको अपार सफलतापछि आगामी चैत १ गते स्याङ्जाको वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । च्याम्बर अफ कमर्स बालिङ र ट्रिनिटी क्लव वालिङको आयोजनामा हाल वालिङ बजारमा प्रथम पिङ्क सिटी महोत्सव चलिरहेको छ । सोहि महोत्सव अन्तर्गत चैत १ गते शुक्रबार दिउँसो ३ बजेदेखि राती ९ बजेसम्म ‘व्याक टु नाइन्टिज’ अन्तर्गत… पुरा पढौ

महिला दिवसको अवसरमा नेराशिसं माछापुच्छ्रे गापाको प्रशिक्षण तथा परिषद् सम्पन्न

पोखरा । महिला दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन माछापुच्छ्रे गाउँपालिकाले साङ्गठनिक  प्रशिक्षण तथा सातौँ परिषद् सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेराशिसं गण्डकी प्रदेशका कोषाध्यक्ष बोधराज पौडेलले महिला दिवसको अवसरमा शुभकामना दिँदै शिक्षा क्षेत्रमा महिला शिक्षकले नाम निकाल्ने लहरको बाढी आउनु सुखद् हो भन्दै अब नेतृत्वमा पनि महिला शिक्षक आउनुपर्ने बताए । त्यस्तै शिक्षक महासङ्घको गठन प्रक्रियामा गण्डकी प्रदेशको कास्की र गोरखामा भएको विवाद अब सकिएको र छिट्टै जिल्ला र पालिकास्तरमा महासङ्घ गठन हुने बताए । माछापुच्छ्रे गापा वडा… पुरा पढौ

पोखरामा रेफ्री क्याटगोरी–४ कोर्ष सुरु

पोखरा । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा शनिबारदेखि पोखरामा क्याटगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को मान्यताप्राप्त गण्डकीका जिल्लाहरुमा फुटबल रेफ्री विकास गर्ने उदेश्यका साथ शनिबारबाट उक्त कोर्ष सुरु भएको हो । एन्फाका रेफ्री कमिटी संयोजक तथा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले कोर्ष पछि फुटबलको रेफ्री सदस्यको संख्यामा वृद्धि हुने बताए । उनले कोर्षबाट फिफाको १७ वटा नियममा बसेर आधिकारिक फुटबल खेलाउन योग्य हुने र क्याटगोरी ४ पहिलो खुडकिलो रहेको सुनाए । ‘रेफ्री परिवारमा… पुरा पढौ

तालिम पाएपछि बन्दीपुरका महिला च्याउखेतीतर्फ आकर्षित

बन्दीपुर । तनहँको बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन् । उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले रु एक लाख ५० हजारमा च्याउखेतीका लागि तालिम,… पुरा पढौ

तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

तनहुँ । सूर्य नेपाल प्रालिले तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो । दुई पालिकालाई रु २६ लाख मूल्यका एक–एक थान कृषि एम्बुलेन्स हस्तान्तरण गरेको प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिए। नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमुख दुवाडीले एम्बुलेन्सको साँचो हस्तान्तरण गरे। प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले आफूहरुको सहयोगपश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न थप सहयोग… पुरा पढौ

बाङखोलामा पुुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हँुदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो । धवलागिरि –३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला… पुरा पढौ