समाचार

महिला हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउँदै महिला उद्यमी संघ कास्कीको टोली मर्दी हिमाल ट्रेकिङमा

पोखरा, मंसिर १६ महिला हिंसा अन्त्यका लागि ऐक्बद्धता जनाउँदै महिला उद्यमी संघ, नेपाल कास्कीको टोली मर्दि हिमाल ट्रेकिङमा निस्केको छ । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहँदा ‘महिला हिंसा अन्त्यका लागि महिला उद्यमी संघ नेपाल, कास्कीको ऐक्यबद्धता’ भन्ने नारासहित ७ सदस्यीय टोली मर्दि हिमाल ट्रेकिङमा निस्किएको हो । संघ कास्कीकी अध्यक्ष सरु बरालसहितको टोली आज पोखरादेखि माछापुच्छ«े गाउँपालिकाको भिंडाबारीसम्म गाडीमा गएर त्यसपछि ट्रेकिङ शुरु गरेको हो । टोली आज २ हजार ७ सय मिटरको उचाईमा रहेको रेस्ट क्याम्पमा पुगेर बास… पुरा पढौ

कोपिला नेपालको यातना पिडितका सवालमा अन्तरक्रिया

पोखरा । कोपिला नेपालको आयोजनामा यातना पिडितका सबालमा सरोकारवालाहरूको भुमिका बिषयक जिल्ला स्तरिय अन्तरक्रीया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले यातना पिडितहरूका समस्या सम्बोधन गर्न राज्य का निकाय उदाशिन हुन नहुने भन्दै उनीहरुको पुनर्स्थापना र सहयोगमा तिनै तहका राज्यका निकायहरूलाई नीति तथा कार्यक्रम तयार गर्न अनुरोध गरे। सरोकारका बिषयमा भएका कानुनी र ब्यबहारिक जटिलता तत्काल सम्बोधन गरेर इमान्दारीताका साथ सबै लाग्नु पर्ने पौडेलको भनाइ थियो। प्रमुख पौडेलले यातना… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी प्रादेशिक ऐन निर्माण गरी जारी गर्न माग

पोखरा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी प्रादेशिक ऐन निर्माण गरी जारी गर्न लगाएतका माग गरेको छ । आज महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अन्जना केसीद्धारा हस्ताक्षेर गरिएको प्रेस विज्ञप्ति जारी गरि उक्त माग गरिएको हो । साथै विज्ञप्ति मार्फत स्थानीय तहलाई अपाङ्गता समावेशी नीति तथा कार्यक्रम बनाउन मार्ग निर्देशन प्रदान गर्ने,अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि (UNCRPD), २००६ र दिगो विकास लक्ष (SDG) प्रदेशमा कार्यान्वयनको अनुगमन गर्ने संयन्त्र निर्माण गर्ने ,सहायक सामग्रीहरूको उत्पादन, आयात… पुरा पढौ

नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार छ सय दुईपटक खरिदबिक्री हुँदा रू आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ बराबरको कारोबार भएको छ । व्यापार समूह नौ दशमलव शून्य… पुरा पढौ

कलम सहकारीद्वारा सम्मान कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा सल्लाहकार… पुरा पढौ

सिद्धेश्वर गुफाको प्रवर्द्धन गर्न विस्तृत अध्ययन

दमौली । जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ । म्याग्दे गाउँपालिकाका प्राविधिकहरूले मङ्सिर ९ देखि १२ गतेसम्म उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका हुन् । यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित अध्ययन गरी सुधारका योजनासहितको प्रतिवेदन तयार गरिएको निलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले बताए । पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेपछि प्रवर्द्धनका लागि पहल गरिएको उनले बताए । यहाँको प्रचारप्रसार तथा पर्यटकीय सम्भावनालाई… पुरा पढौ

निर्माणधिन पुलको पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु

दाङ । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ । निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको… पुरा पढौ

मानवसेवा आश्रममा ‘त्रिशक्ति समाज सेवा क्लब’को सहयोग

पोखरा । त्रिशक्ति समाज सेवा क्लबले तिहारको अवसरमा आयोजना गरेको तेस्रो सिमपानी साँझबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्च गरेको छ । शनिबार क्लबका पदाधिकारीहरु पोखरा २५ हेमजास्थित मानव सेवा आश्रममा पुुगेर १६० जना आश्रितलाई खाना खुवाएको क्लबका सहसचिव प्रविण सुुवेदीले जानकारी दिए । यस्तै उनका अनुसार हीरक जयन्ती मनाइरहेको राष्ट्रिय माविकालाई पनि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।उनले नेपअपले आयोजना गरेको श्रीपेचको अन्तिम प्रतिस्पर्धी निशान रानामगरलाई पनि नगद रु १२ हजार आर्थिक सहयोग गरेको बताए… पुरा पढौ

१४ औं नेशनल प्याब्सन खेलकुद महोत्सव तयारी, करिव ८५ सय विद्यार्थी प्रतियोगितामा सहभागि हुदै

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजनामा १४ औं नेशनल प्याव्सन खेलकुद महोत्सव– २०८१ हुने भएको छ । ‘एनप्याब्सन कास्कीको इच्छा ः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ खेलकुद महोत्सव मंसीर २५ देखि २८ गते सम्म चल्ने नेशनल प्याव्सन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा जानकारी दिइयो । मंसीर २५ गते औपचारिक उद्घाट भएपनि २१ गते देखि अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी… पुरा पढौ

झिँ–टोड्के सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा रहेको पर्यटकीयस्थल टोड्के पुग्ने सडक स्तरोन्नति प्रारम्भ भएको छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकनका लागि नयाँ गन्तव्यका रूपमा विकास भएको टोड्के भ्रमणमा जाने पर्यटकका साथै स्थानीयवासीको सहजताका लागि रघुगङ्गा गाउँपालिका–५ झिँबाट सडक स्तरोन्नति प्रारम्भ गरिएको हो । रघुगङ्था गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले चालु आर्थिक वर्षका लागि गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटबाट सडक फराकिलो पार्ने, पानीको निकासका लागि नाला निर्माणका साथै ८० मिटर ढलान गरिने बताए… पुरा पढौ