समाचार

गाजाको दह क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख

गलकोट । सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो । गाजाको दह संरक्षणमा पर्याप्त लगानी नगर्दा क्रमशः दह सुक्दै गएको गएको र मन्दिर पनि जीर्ण भएको भन्दै स्थानीयले महायज्ञ आयोजना गरेर रकम सङ्कलन गरेका छन् । गाजा दहको प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गर्न… पुरा पढौ

स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान गर्नेक्रम जारी

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको… पुरा पढौ

गोरखाको ओलाङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै अजिरकोट पालिका

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले विकट गाउँ ओलाङलाई पर्यटनमैत्री नमूना गाउँका रूपमा विकास गरेको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा पर्यटकीय पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार गाउँपालिका–२ स्थित ओलाङ गाउँलाई ‘पर्यटनमैत्री नमूना गाउँ प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नमूना गाउँका रूपमा विकास गर्न प्रारम्भ गरिएको हो । कार्यक्रमले बाँझो जमिनको पनि सदुपयोग गर्ने नीति लिएको उनले बताए। यसले युवालाई स्वरोजगार बन्न सहयोग पुग्नेमा उनी विश्वस्त छन् । “स्थानीयले रोजगारी र अवसर खोजिरहेका छन्, गाउँमै युवालाई… पुरा पढौ

बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष… पुरा पढौ

पोखराको अलकापुरमा ४८ यूनिट रगत संकलन

पोखरा । पोखरा– १५ नयाँगाउँ अलकापुरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४८ यूनिट रगत संकलन भएको छ । शनिबार अलकापुर आमा समूह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा नयाँगाउँ स्थित शुक्लेश्वर महादेव मन्दिर प्राङ्गण भएको खुल्ला रक्तदान कार्यक्रम भएको हो । सो अवसरमा २२ महिलासहित ४८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक एवं अलकापुर आमा समुहकी अध्यक्ष गिता शर्माले जानकारी दिइन् । यसअघि कार्यक्रमको वडा नं. १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँ र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति… पुरा पढौ

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

मंसिर १५ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि सहभागी थिइन् । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका… पुरा पढौ

दीपक समीपलाई प्रेम–शान्ति आख्यान पुरस्कार

पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पु¥याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई सो पुरस्कार अर्पण गरेको हो । मूलतः गजलकार र मुक्तककार रूपमा स्थापित समीपले पुरस्कारले आफूलाई आख्यानका क्षेत्रमा थप मिहिनेत गर्ने प्रेरणा प्राप्त भएको बताए । समीपका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह,… पुरा पढौ

गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रालिको दोश्रो वार्षिकोत्सव सम्पन्न

पोखरा । गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योगहरु विस्थापित भइरहेको अवस्थामा युवाहरुद्धारा सञ्चालित उद्योग दोश्रो वर्ष पार गरेकोमा खुसी व्यक्त गरे । उद्योग सञ्चालनले युवाहरुलाई स्वदेशमै स्वरोजगार गर्ने र अन्यलाई रोजगार गर्ने भएकाले गण्डकी प्रदेश सरकारले लोकाहा र पुँडीटारमा औधोगिक क्षेत्र सञ्चालन गर्न लागेको समेत वताए । उद्यमीहरुलाई बैंकले सहुलियत दरमा ब्याज कायम गराउन तर्फ समेत गण्डकी प्रदेश सरकारले… पुरा पढौ

त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते

मंसिर १५ काठमाण्डौं । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् । आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वर बस्ने २५ वर्षका जयन श्रेष्ठ, धादिङ खनियावास घर भर्ई केन्द्रीय प्रहरी विशेष कार्यदल… पुरा पढौ

पोखरेली गायक रोहनजंगको ‘माया तिमी’ गीतको म्यूजिक भिडियो सार्वजनिक

पोखरा, मंसिर १५ पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गोल्डेन आईडल–२०७० का बिजेता कार्कीले हालसालै बजारमा ल्याएको सो गीतको म्यूजिक भिडियो शनिबार एक औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोको पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती पद्मराज ढकालले ल्यापटपमा क्लिक गरेर सार्वजनिक गरेका हुन् । कार्कीको स्वरमा रहेको गीतको शव्द अमीत गुरुङको हो भने उनै अमित गीतको कम्पोजर र एरेञ्जरपनि हुन् । गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ पल्स रेकर्डिङ स्टुडियो पोखरामा गरिएको… पुरा पढौ