समाचार

पोउवा संघले दियो पोखरा चेम्बरका नवनिर्वाचित नेतृत्वलाई बधाई

असोज १३ पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा चेम्बर अफ कमर्स कास्कीका नवनिर्वाचित अध्यक्ष उमराज बास्तोला, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी/व्यवसायीहरुका समस्या समाधान एवं नीतिगत पैरवीमा दुवै संस्थाबीच कार्यगत एकता जरुरी रहेको बताए । समग्र कास्कीको आर्थिक उन्नतिका लागि पनि व्यावसायिक संस्थाहरुबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । पोखरा चेम्बर अफ कमर्श,कास्कीका अध्यक्ष उमराज बास्तोलाले व्यवसायीमाथि आइपर्ने समस्या सल्टाउन निजी… पुरा पढौ

पोउवा संघको कार्यसमितिमा दुई सदस्यको मनोनय

असोज १३ पोखरा । पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स, न्यूरोड पोखराका सञ्चालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार रहेका छन् । अध्यक्ष गोकर्ण कार्कीले संघको विधान २०६५ ( पहिलो संशोधन २०७२) को परिच्छेद ६ को धारा ६.१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरुलाई मनोनित गरेका हुन् । संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ… पुरा पढौ

सराङकोट बहुउद्देश्यीय सहकारीको १८ औ वार्षिक साधारण सभा

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधरण सभाको पोखरामा शनिबार संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सीले शुभारम्भ गरे । उनले सहकारीलाई हाम्रो हो भन्ने भावानाको विकास संगै सबैको साथ सहयोगको लागी आहवान गरे । २०६३ देखी संचालनमा आएको सहकारीले शेयर सदस्यहरुको आर्थिक सहभागिताको लागी बचत ऋण को कारोबार मार्फत २ अर्ब २२ करोड ,कुल कारोबार सहित संस्थाको पुजी ७ करोड २५ लाख लगानीमा ४३ करोड रहेको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले… पुरा पढौ

गण्डकीमा गठबन्धनको साझा संकल्प : गाँजालाई वैधानिकता, घरेलु मदिरालाई ब्राण्डिङ

पोखरा, असोज १३ गण्डकीमा सत्ता गठबन्धनले नीति तथा कार्यक्रमलाई नै साझा संकल्पको रुपमा अगाडि सारेका छन् । गण्डकीमा सत्ता गठबन्धनले नीति तथा कार्यक्रमलाई नै समेटेर ५९ बुँदे साझा संकल्प सार्वजनिक गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारले पुरानै नेतृत्वको नीति तथा कार्यक्रम ल्याएको थियो । तत्कालीन समयमा प्रमुख प्रतिपक्षमा रहेको एमालेले कांग्रेसले ल्याएको सो नीति तथा कार्यक्रमलाई पुरानै कार्यक्रमको निरन्तरता भनेर टिप्पणी गरेको थियो । तर समय एकनास रहेन । कांग्रेस–एमालेबीच केन्द्रमा गठबन्धन भएपछि गण्डकीमापनि प्रतिपक्षमा रहेको एमाले सत्तापक्ष बन्यो ।… पुरा पढौ

प्राकृतिक विपदबाट हालसम्म एक सय ३२ को मृत्यु,६४ जना बेपत्ता र ६१ जना घाइते

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म… पुरा पढौ

कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन्। शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पु¥याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो सङ्कलन गर्न निर्देशन दिएका हुन् । मन्त्री अधिकारीले भने, “बाढीले थुप्रै कृषिउपजमा क्षति पु¥याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ ।” बैठकमा क्षतिको यकिन तथ्याङ्क… पुरा पढौ

बाढीपहिरोले विद्युत्का खम्बामा क्षति, मर्मतसम्भार सुरु

तनहुँ । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत् खम्बा ढलेले विद्युत् सेवा अवरुद्ध भएको छ । पानी पर्न रोकिएसँगै क्षति भएका पोलको मर्मतसम्भार गरी सेवा नियमित सञ्चालनको प्रयास थालिएको तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले बताए । “हालसम्म २० वटा विद्युत्का खम्बामा क्षति पुगेको जानकारी पाएका छौँ”, उनले भने, “अहिले पनि ठाउँठाउँबाट खम्बा ढलेको जानकारी आइरहेको छ ।” भानु–४ सेपाबगैँचा क्षेत्रमा मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको… पुरा पढौ

असोज २५ मा बाँझापाटनमा कालरात्री फेस्टिभल

पोखरा । पोखरा १३, बाँझापाटनमा रहेको श्री सत्य युवा सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको छ । श्री सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङ अनुसार कालरात्री म्युजिक फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाइहरु,दी ड्रिमेज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ मा पुगेका मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहने छ । सो कार्यक्रमको संचालन चाहिँ आयुष श्रेष्ठले गर्नेछन् । गीत–संगीतमार्फत् मनोरञ्जन प्रदान गर्नुका साथै युवाहरुलाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले कालरात्री म्युजिक फेस्टिभल आयोजना… पुरा पढौ

रेन्बो चिल्ड्रेन होम नेपालको १६ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगर पालिका वडा नं–६ डिहीको पाटनमा स्थित रेन्बो चिल्ड्रेन होम नेपालको १६औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगर पालिका वडा नं–६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले संस्थाले सहाराबिन बालबालिकालाई आवासीयरूपमा शिक्षादीक्षाको व्यवस्था गरेर प्रशंसनीय कार्य गरेको बताए । उनले अनाथ बालबालिकाहरूको हेरचाहमा होमले पु¥याएको योगदानको खुलेर प्रशंसा गरे । सोही अवसरमा उनले संस्थालाई प्रभावकारी बनाउन वडा कार्यसमिति सहकार्य गरि अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे । सञ्चालक गोमा ढकालले… पुरा पढौ

बाढीपहिरोले पुर्याएको धनजनको क्षतिप्रति होटल संघ पोखरा संघद्वारा दुःख व्यक्त

पोखरा । पछिल्ला केही दिनयता लगातारको बर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ठूलो धनजनको क्षतिप्रति होटल संघ पोखराले गहिरो दुःख प्रकट गरेको छ । राजधानी उपत्यका लगायत देशका विभिन्न ठाउँमा आइपरेको यसप्रकारको विपदमा परी ज्यान गुमाएकाहरुप्रति संघले हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका आफन्त, घाइते र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । ‘विपदमा परी घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न र बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता प्रदान गर्न समेत सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्न… पुरा पढौ