समाचार

कोपिला बालगृहको सामाजिक लेखा जोखा परीक्षण कार्यक्रम सम्पन्न

असोज १२ पोखरा । कोपिला बाल गृहको सामाजिक लेखा जोखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा–१२ स्थित सितलादेवीमा अवस्थित बाल गृहको शनिबार एक कार्यक्रमका विच सामाजिक लेखा जोखा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णुमाया पौडेलले बालगृहहरुले सरकारले तयार पारेको नीति नियममा रहेर सरकारलाई नै सहयोग गरिरहेको बताइन् । उनले पुनःस्थापनाका क्रममा बालबालिका अभिभावक र समुदायसँग घुलमिल हुन नसकिरहेको सुनिने गरेको भन्दै त्यसको कारण खोज्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘यहाँ… पुरा पढौ

देशभर बाढी पहिरोको वितण्डामा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

असोज १२ काठमाण्डौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५… पुरा पढौ

घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

असोज १२ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी गराए । प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहलाई तयारी… पुरा पढौ

विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

असोज १२ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन् । देशका विभिन्न भागमा भएका विपद्का घटनालगत्तै सरकारले विपद् प्रतिकार्यलाई तदारुकताका साथ अघि बढाएको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले राससलाई जानकारी दिए । “विपद्का बेलामा जनताले सरकार सम्झनु स्वाभाविक हो, हामीले हिजोदेखि नै तदारूकताका साथ प्रतिकार्यका काम गरिरहेका छौँ”, उनले भने । सरकार जनताको जीउधन सुरक्षित बनाउन क्रियाशील रहेको… पुरा पढौ

लायन्स क्लब अफ पोखरा अन्नपूर्णद्वारा श्री चण्डीडाँडा माविमा खानेपानी ट्याङ्कीको उद्घाटनपोखरा । फेदीखोला- १, मट्टीखान, स्याङ्जामा अवश्थित श्री चण्डीडाँडा मावि, लायन्स क्लब अफ पोखरा अन्नपूर्णको संयोजन र रन्निमेड कलेज यूकेको दुई लाख रुपैयाँ सहयोगमा निर्मित १० हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ जे नेपालको गर्भनर मिलन थापाले उद्घाटन गरेका थिए ।कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मिलन थापाले शुद्ध खानेपानीको प्रबन्धले विद्यालयका… पुरा पढौ

ईन्टरनेटको लत्रिएको तार पन्छाउँदा पोखरामा एकको मृत्यू

पोखरा, असोज १२ पोखरा महानगरपालिका वडा नम्बर–६ गौरीघाट मार्गको स्ट्रिट नम्बर–८ स्थित खेमबहादुर पौडेल (मंगल)को घरको आगनमा ईन्टरनेटको तार लत्रिएको थियो । आफ्नो घरको आगन भएर अन्यत्र कतै लगिएको ईन्टरनेटको तार लत्रिएको हप्तौं बित्दासमेत ईन्टरनेट सेवा प्रदायक कम्पनीले वास्ता गरिरहेको थिएन । दिनहुँ लत्रिएको तार पन्छाउँदै हिड्ने गरेका उनले असोज १ गतेपनि त्यसै गर्ने प्रयास गरे । दिउँसो करीब १२ः४० बजेको समय हुँदो हो ईन्टरनेटको लत्रिएको तार पन्छाउने क्रममा उनलाई करेन्टले झट्का दियो । ईन्टरनेटको तार छुँदैमा करेन्ट लाग्दैन भन्ने… पुरा पढौ

आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए । “आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ”, उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ । “बादल फाट्न चै केही दिन लाग्छ,… पुरा पढौ

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो । प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्धारा जारी सूचनामा सो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । सूचनामा भनिएको छ, “सवारी धनी एवं यात्रु मानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा… पुरा पढौ

बाढी पहिरोमा परेर देशभर ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी पहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्… पुरा पढौ

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार बिहान १०ः३० बजेका लागि बैठक बोलाइएको हो । दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन । बैठकमा… पुरा पढौ