समाचार

बाढीपहिरोमा परी ६ जनाको मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ । बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण… पुरा पढौ

नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा शैलेन्द्रसिंह

पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा शैलेन्द्रसिंह बोगटी निर्वाचित भएका छन् । समितिको १३ औँ अधिवेशनबाट नुवाकोटका बोगटीसर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित बोगटी सातौँ अधिवेशन देखिनै समितिमा सक्रिय रही दुई कार्यकाल महामन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए । यस्तै समितिको उपसभापतिमा ओमराज गुरुङ (चितवन) र ताहीर खान (काठमाडौँ) महामन्त्रीमा खुशी लिम्बु (पाँचथर) र भबिन लिम्बु (झापा), सहमहामन्त्रीमा सुनसरीका किरण राई (सुनसरी) र प्रशान्त गुरूङ(कास्की), कोषाध्यक्षमा रामचन्द्र सेन्चुरी (चितवन), सहकोषाध्यक्षमा उपेन्द्र विश्वकर्मा (म्याग्दी) निर्वाचित भएका… पुरा पढौ

रिन्जे नाँसामा घरवास प्रबद्र्धन

असोज ११ पोखरा । ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवम् पोखरा पर्यटन परिषद्को समन्वय गरेको कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय… पुरा पढौ

लायन्स क्लव अफ पोखरा अन्नपूर्णद्वारा २८ जनालाई छात्रबृत्ति र ह्विल चियर सहयोग

पोखरा । लायन्स क्लव अफ पोखरा अन्नपूर्णको छात्रवृत्ति तथा ह्विलचेयर वितरण कार्यक्रमबाट २८ जना लाभान्वित भएका छन् । शुक्रबार पोखरामा क्लवको २४ औं छात्रवृत्ति तथा ह्वीलचेयर वितरण कार्यक्रममार्फत २३ जना विद्यार्थीलाई छात्रवृत्ति र ५ शारिरीक अशक्त भई हिडडुल गर्न नसक्नेहरुका ह्वीलचेयर वितरण गरेको हो । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आयोजित कार्यक्रमको डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गर्भनर मिलन थापाले उद्घाटन गरिन् । उनले छात्रवृत्ति तथा ह्वीलचेयर वितरण गर्दै क्लवले लायन्सको उद्देश्य अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रमलाई निरन्तरता दिएकोमा प्रशंसा… पुरा पढौ

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनैपनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेका उनले जानकारी दिए। अन्तर्राष्ट्रियतर्फ पनि दुई विमान करिब एक घण्टा ‘होल्ड’मा परेर अवतरण गरेका… पुरा पढौ

विश्व पर्यटन दिवसः पोखराको रिञ्जे नासा गाँउमा घरबास प्रवर्द्धन

गण्डकी । ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ । यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् । पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नासा गाउँ यतिखेर घरबास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ । आज विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन मञ्च९भिटोफ० गण्डकी प्रदेशले यही पर्यटकीय गाउँ रिञ्जे नासामा घरबास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवं पोखरा… पुरा पढौ

क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ : मन्त्री थापा

पोेखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुुद क्षेत्र अन्तर्गत क्रिकेट खेलमा नेपालले प्राप्त गरेको उपलब्धी प्रशंसनिय रहेको उल्लेख गरे । “क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौं । हाम्रो भावनालाई मजबुत बनाएको छ ।”, उनले भने । सम्पूर्ण खेलाडी र क्यान परिवारलाई बधाई दिँदै मन्त्री थापाले खेलकुदको विकासमा खेल संघसंस्थाहरुको सक्रियता… पुरा पढौ

पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै

पर्वत । जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ८४ करोड विनियोजन गरेर काम सञ्चालन भएको हो । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१र८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि रु ८३ करोड ७९ लाख ८० हजार विनियोजन गरेको हो । मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित… पुरा पढौ

पराजुली परिवारको आरोप : मालपोतको हाकिमले आफूहरुको जग्गा गैरकानूनी रुपमा सरकारी बनाए

पोखरा, असोज ११ देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण (पिएन) क्याम्पस र पराजुली परिवारले दाबी गर्दै आएको जग्गा सरकारी बनाएपछि विवाद थप चर्किएको छ । पिएन क्याम्पस र पराजुली परिवार दुबैले दाबी गर्दै आएको पोखरा महानगरपालिका वडा नम्बर–१ सेतीनदी किनारस्थित कित्ता नम्बर ८३३ को जग्गा मालपोत कार्यालय कास्कीले दुबैको दाबी नपुगेको भन्दै गत भदौ २५ गते सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । पोखरा विन्ध्यवासिनी निवासी पराजुली परिवारका जिजुबाजे पण्डित रत्नाखर पराजुलीले सम्वत १८७७ मा लालमोहरबाट प्राप्त गरी पराजुली… पुरा पढौ

विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल

दमौली । पछिल्लो समय निकै चर्चित ठाउँ हो– आँबुखैरेनीको ऐनापहरा । आँबुखैरेनी गाउँपालिका–२ स्थित पृथ्वीराजमार्गसँगै जोडिएको ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ । व्यास –५ मानुङकोट केही समययता निकै चर्चित गन्तव्यस्थल हो । यहाँबाट देखिने कुहिरो र सूर्योदयको दृश्य हेर्न हजारौँ पर्यटक यहाँ आएको तथ्याङ्क छ । विशेषगरी जाडो मौसममा मानुङकोटमा पर्यटकको बाक्लो उपस्थिति रहन्छ । पर्यटकीय नगरी बन्दीपुर त विदेशी तथा स्वदेशीको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भइसकेको छ । यहाँ देशका विभिन्न जिल्लाका अलवा विदेशबाट पनि पर्यटक आउने गरेका… पुरा पढौ