समाचार

धर्मस्थली आधारभूत विद्यालयलाई महानगरले गर्‍यो सम्मान

पोखरा । पोखरा महानगरपालिकाले शिक्षा दिवसको अवसरमा पोखरा–५ स्थित धर्मस्थली आधारभूत विद्यालयलाई सम्मान गरेको छ । धर्मस्थलीलाई महानगरले गरेको विद्यालय र प्रधानाध्यापको कार्यसम्पादन मूल्याङ्नमा उत्कृष्ट औषत प्रतिशत प्राप्त गर्न सफल भएको भन्दै सम्मान गरिएको हो । यसअघि महानगरपालिकाले विद्यालय र प्रधानाध्यापकसँग गरेको कार्यसम्पादन करार सम्झौताको मूल्याङ्कनमा सो विद्यालयले उत्कृष्ट औषत प्रतिशत (७९.७७ प्रतिशत) प्राप्त गरेको थियो । विद्यालयलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले सम्मान गरे । पुरा पढौ

पोखरामा गुड्दै गरेको मोटरसाइकलमा आगलागी

पोखरा । पोखराको प्रस्र्याङमा गुड्दै गरेको एक मोटरसाइकलमा आगलागी भएको छ । अरुण पौडेलले हुइक्याएको बजाज कम्पनीको ग २० प ३७२१ नम्वरको एनएस–२०० मोटरसाइकल प्रस्र्याङ फिर्के पुल (बोटल नेक) नजिकै गुड्दा गुड्दै अचानक आगलागी भएको हो । बिहीबार साँझ करिव ८ बजे उक्त घटना भएको हो । एभरेस्ट आवाजसँग कुरा गदै चालक पौडेलले भने, ‘पसलबाट भाईलाई घर छोड्न जाँदै थिए । अचानक आगलागी भयो । के भएर भयो भयो । केही भन्नै सकिन । ’ आगलागी भएको केही समयपछि आएको… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति वितरण

असोज ३ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले विभिन्न ५ जिल्लाका ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । बिहीबार पोखरामा प्रतिष्ठानले एक कार्यक्रमका बिच कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङको पश्चिमी भेगका ८७ जना विद्यार्थीहरुलाई ‘तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ अन्र्तगत छात्रवृत्ति वितरण गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सोसल पब्लिक स्कुलका संस्थापक प्रबन्ध निर्देशक खिमबहादुर तमु , संस्थाका अध्यक्ष चित्रबहादुर तमु, प्रथम उपाध्यक्ष श्रीजङ तमु, सचीव कञ्चन तमु लगायतले छात्रवृत्ति वितरण गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख… पुरा पढौ

वयलगाडा चढेर गणतन्त्र आउँदैन भन्नेमान्छे गणतन्त्रको शासक बन्दा संविधानले पोलिराखेको छ : भुषाल

पोखरा, असोज ३ नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको टिप्पणी गरेकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम अधिवेशनलाई विहीबार पोखरामा संबोधन गर्दै उनले गणतन्त्रमा गणतन्त्रकै विरोधी शासक बन्दा संविधानले पोलिरहेको बताएकी हुन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले भनिन्,‘वयलगाडा चढेर अमेरिका पुगिन्छ ? गणतन्त्र आउँदैन । भन्नेहरु अहिले गणतन्त्रको शासक बन्दा त्यो संविधानले पोलिराखेको छ । त्यसमा लेखिएका गणतन्त्र, संघीयता, समावेशी, समानुपातिकलगायतका अधिकारहरु नरुचाउनेलाई संविधानले पोलिराखेको छ… पुरा पढौ

टान गण्डकीको आयोजनामा ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, असोज ३ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले युएसएडको सहयोगमा विहीबार ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी एक दिने सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा पर्यटन पदयात्रामा जाने गाईड तथा पोर्टरहरुलाई दीगो पर्यटनका लागि पदयात्रामा जाँदा गर्नुपर्ने अभ्यास, जानेर होस् वा नजानेर त्यहाँ पुग्ने पर्यटक वा पदयात्रीले वातावरणमा पु¥याईरहेको हानी, नोक्सानीलाई कसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सचेतमूलक जानकारी दिइएको थियो । कार्यक्रमको समापनमा बोल्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन… पुरा पढौ

कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ

पोखरा । कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले संघको अध्यक्षमा राजु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा राम नारायण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राम कुमार श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा विनोद प्रसाद श्रेष्ठ निर्वाचित भएका छन । त्यसैगरी संघको सदस्यहरुमा बिजय कार्की, चिन्तामणी बास्तोला, प्रकाश बज्राचार्य र गृमा उदास निर्वाचित भएका छन । जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा निर्वाचन संयोजक… पुरा पढौ

पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

असोज ३ पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको हो । एभरेष्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले विद्यार्थीलाई तालिम प्रदान गरेका थिए । नेतृत्व विकास तथा सीपबारे श्रेष्ठले विद्यार्थीलाई सिकाएका थिए । विद्यालयले हरेक संकायबाट प्रतिनिधित्व गर्ने विद्यार्थीको समूहलाई यो प्रशिक्षणमा राखेको विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले जानकारी दिए । विद्यालयका प्राचार्य सरोज… पुरा पढौ

वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज हो भनेकी छन । क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामार्फत संविधान तयार गर्न नेपाली जनताले निकै लामो सङ्घर्ष गर्नुपरेको धारणा राखिन । क्यानाडाली विदेशमन्त्री मेलानी जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा. राणा क्यानाडामा छन । मन्त्री डा राणाले भनिन, “नेपालको संविधान २०७२ को घोषणा… पुरा पढौ

संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताएका छन । संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संसद्मा रहेको सबै राजनीतिक दलको सहमतिबाट संविधान संशोधन अघि बढाइने विश्वास दिलाए । “संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै हेर्ने छैनौँ, सरकारमा रहेका पार्टीहरुको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ”, प्रधानमन्त्री ओलीले भने, “संविधानलाई समयानुकूल बनाउनुपर्छ, समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान… पुरा पढौ

रास्वपाको पहिलो महाधिवेशन वैशाख अन्तिम साता

असोज २ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ । रास्वपाको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गरेका थिए । रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो । रासस पुरा पढौ