समाचार

परियार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा

भदौ ३१ पोखरा । परिवार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा परियार निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न समाजको पाँचौं अधिवेशनले दुर्गाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षद्वयमा सुरेन्द्र र ज्ञानु परियार, सचिवमा अम्मर परियार, सह–सचिवमा रमेश परियार र कोषाध्यक्षमा सरस्वती परियार निर्वाचित भएका छन् । समितिको सदस्यमा शान्तिदेवी परियार, भक्त परियार, तोपबहादुर परियार, पदम परियार, बिरु परियार, तीर्थ परियार, हेमा परियार, सम्झना परियार, जुनकिरी परियार, कृष्ण परियार र गोमा परियार रहेका छन् । अधिवेशनको… पुरा पढौ

कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ

भदौ ३१ पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि भदौ १ देखि ३१ गतेसम्मका अवधिमा ६३ जना पुरुष र २३ महिला फरार प्रतिवादी पक्राउ गरिएको हो । पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । उनले भने, “सम्मानित अदालतको फैसला कार्यान्वयन गर्न विभिन्न मुद्दामा सजाय तोकिएर… पुरा पढौ

सहारा क्लब पोखराको २६ औं वार्षिकोत्सव, पत्रकार शर्मा पुरस्कृत

पोखरा । सहारा क्लब पोखराको २६ औं वार्षिकोत्सव एवं साधारणसभा सम्पन्न भएको छ । पोखरा १७, दोबिल्लास्थित सहारा फुटबल एकेडेमीमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । मन्त्री थापाले सहाराको कार्य अनुकरणीय रहेको उल्लेख गर्दै शिक्षा र खेलकुदलाई सँगसँगै जोडेर जानुपर्ने सुझाव दिए । सो अवसरमा यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम शर्मा सम्मानित भए । उनलाई प्रमुख अतिथि मन्त्री थापाले नगद २५ हजार राशिसहित उक्त पुरस्कार हस्तान्तरण गरे… पुरा पढौ

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी

भदौ ३१ काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को आज काठमाडौँमा सातौँ सम्मेलनको उद्घाटन समारोहमा उनले व्यापार सहजीकरणमा वृद्धि गरी नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा गरे । “नेपालको भूपरिवेष्ठित स्थिति र आर्थिक स्थितिले अन्तर्राष्ट्रिय व्यापारमा केही गम्भीर चुनौती निम्त्याएको… पुरा पढौ

सङ्घीय संसदको चालु अधिवेशन अन्त्य

भदौ ३१ काठमाण्डौं । सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौथो अधिवेशन आज रातिदेखि अन्त्य हुने बताए । “नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन २०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ”, राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै… पुरा पढौ

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

भदौ ३१ काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गरेका हुन् । मुलुकको समग्र वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका सम्बन्धमा कानुन विपरीत बचतकर्ताहरुको बचत रकम दुरुपयोगबारे संसदीय छानबिन समितिको माग भएबमोजिम गत जेठ १५ गते सात सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको थियो । प्रतिवेदन पेस… पुरा पढौ

प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

भदौ ३१ काठमाण्डौँ । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् । सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ । न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । आज सिफारिस भावी प्रधानन्यायाधीश… पुरा पढौ

सामुदायिक वनलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड

भदौ ३१ पोखरा । संरक्षण, सम्वद्र्धन र विकासका माध्येमबाट विश्वसामु परिचित सामुदायिक वनलाई रोजगार सिर्जना गर्दै समृद्धिको आधारका रुपमा उपयोग गर्नु पर्नेमा कार्यक्रमका सहभागिले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा आजदेखि पोखरामा शुरु भएको स्थानीय महासंघका पदाधिकारीका लागि आयोजित दुई दिने वन सम्वन्धी कानूनी क्षमता अभिवृद्धि तालिमका सहभागिले वन पैदावार उपयोगमा सर्वसुलभ नीतिको खाँचो औल्याए । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले कार्यक्रमको उद्घाटन गर्दै महासंघले उपभोक्ताका हक, अधिकार स्थापित… पुरा पढौ

गण्डकीकी संस्थापक प्रेस रजिस्टार भण्डारीले सम्हालिन् कार्यभार

पोखरा, भदौ ३१ गण्डकी प्रदेशकी संस्थापक प्रेस रजिष्टार बिमला भण्डारीले सपथ लिएकी छिन् । गण्डकी प्रदेशमा आमसञ्चार ऐन आएपछि पहिलो प्रेस रजिष्टार बनेकी भण्डारीले सोमबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष सपथ खाएकी हुन् । सपथग्रहण लगत्तै उनले कार्यभार सम्हालेकी छिन् । यससँगै गण्डकीमा प्रेस रजिस्टारको कार्यालयले औपचारिक रुपमा काम थालेको छ । प्रेस रजिष्टार नियुक्त गर्ने र सो को कार्यालय स्थापना गर्ने गण्डकी प्रदेश दोश्रो प्रदेश बनेको छ । यसअघि वागमती प्रदेशले मात्रै प्रेस रजिष्टार नियुक्त गरेको थियो । प्रेस रजिष्टारले… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघका साधारण सभामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक सम्मानित

पोखरा, भदौ ३१ गण्डकी प्रादेशिक क्रिकेट संघको साधारण सभामा खेलाडीहरुलाई सम्मान गरिएको छ । संघले साधारण सभाको अवसरमा क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजारसहित सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुन् भने डुम्रे नवलपुरका हुन् । त्यस्तै संघले महिला एसिया कप त्रिकेटमा नेपाली टिमको सहायक प्रशिक्षका रुपमा… पुरा पढौ