समाचार

सामुदायिक वनलाई समृद्धिसंग जोडन नीति बाधक

भदौ १७ पोखरा । संरक्षण, सम्वद्र्धन र विकासका माध्येमबाट विश्वसामु परिचित हुन सफल सामुदायिक वनलाई समृद्धिसंग जोडन मौजुदा नीति बाधक बनेको आज यहाँ आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टिएफ परियोजना लागु भएका गण्डकी र लुम्विनी प्रदेशका पालिका प्रमुखहरुका लागि पोखरामा आयोजित प्राकृतिक श्रोत उपयोग सम्वन्धि स्थानीय सरकारसंग नीतिगत छलफल कार्यक्रमका सहभागिहरुले प्राकृतिक श्रोत उपयोगमा सर्वसुलभ नीतिको खाँचो औल्याएका हुन । सामुदायिक वन व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्नेमा संघ र प्रदेश सरकारसंग सामुहिक माग… पुरा पढौ

मनाङेको राजिनामा मुख्यमन्त्री पाण्डेद्वारा स्वीकृत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेको राजिनामा स्वीकृत गरेका छन् । सोमबार मन्त्रीपरिषद पुर्नगठनप्रति असन्तुष्टी जनाउँदै मन्त्री गुरुङले दिएको राजीनामा मुख्यमन्त्री पाण्डेले सोमबार साँझ स्वीकृत गरेका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसो मन्त्री परिषद पुर्नगठन गरेका थिए । उनले सत्ता साझेदार एमालेलाई ४ मन्त्रालय दिएर सरकारमा सहभागि गराउँदा मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय एमालेलाई दिएपछि मनाङे असन्तुष्ट बनेका थिए । एमाले मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा मन्त्रीहरुको कार्यविभाजन घोषणा… पुरा पढौ

यातायात कार्यालयमा हेल्प डेस्क राख्ने नवनियुक्त मन्त्री केसीको निर्णय

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना गर्ने निर्णय गरेका छन् । मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै उनले मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राही सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्न परिपत्र गर्ने निर्णय गरेका हुन् । गण्डकी प्रदेश सरकार मातहत कास्कीमा दुई, नवलपुर, बागलुङ र तनहुँमा एक÷एक गरेर पाँच वटा यातायात व्यवस्था कार्यालय छन् । यातायात कार्यालयमा सेवाग्राहीको चाप बढी हुने… पुरा पढौ

मन्त्री मनाङेको राजिनामा स्वीकृत होला ?

पोखरा, भदौ १७ गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले राजिनामा दिएका छन् । मन्त्री मनाङेले मन्त्री परिषद पुर्नगठनप्रति असन्तुष्टी जनाउँदै राजिनामा दिएका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसो मन्त्री परिषद पुर्नगठन गरेका थिए । उनले सत्ता साझेदार एमालेलाई ४ मन्त्रालय दिएर सरकारमा सहभागि गराएका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्री मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय एमालेलाई दिएपछि उनी असन्तुष्ट बनेका थिए । एमाले मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा मन्त्रीहरुको कार्यविभाजन घोषणा भएलगत्तै सोहि कार्यक्रममा सहभागी… पुरा पढौ

कांग्रेस सरकारमा एमालेपनि सामेल

पोखरा, भदौ १७ गण्डकीमा अन्ततः एमालेपनि सरकारमा सहभागि भएको छ । केन्द्रको गठबन्धनको मर्म अनुसार गण्डकीमापनि एमाले र कांग्रेसको मात्रै सरकार बन्नुपर्ने र मन्त्रालय संख्या ७ लाई नबढाउने अडानमा रहेको एमाले अन्ततः दुबै शर्त मानेर सरकारमा सहभागि भएको हो । आफूलाई दुःखमा साथ दिएका नेकपा माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई कुनैपनि हालतमा नहटाउने अडानमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अडिग रहेपछि अन्ततः एमाले लत्रिएर सरकारमा सहभागि हुन बाध्य भएको हो । एमालेको… पुरा पढौ

गण्डकीका मन्त्री मनाङेले दिए राजिनामा

पोखरा, भदौ १७ गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले राजिनामा दिएका छन् । मन्त्री मनाङेले मन्त्री परिषद पुर्नगठनप्रति असन्तुष्टी जनाउँदै राजिनामा दिएका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसोमात्र मन्त्री परिषद पुर्नगठन गरेका थिए । उनले सत्ता साझेदार एमालेलाई ४ मन्त्रालय दिएर सरकारमा सहभागि गराएका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्री मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय एमालेलाई दिएपछि उनी असन्तुष्ट बनेका थिए । एमाले मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा मन्त्रीहरुको कार्यविभाजन घोषणा भएलगत्तै सोहि कार्यक्रममा सहभागी… पुरा पढौ

अन्ततः एमालेपनि गण्डकी सरकारमा

गण्डकीमा अन्ततः एमालेपनि सरकारमा सहभागि भएको छ । केन्द्रको गठबन्धनको मर्म अनुसार गण्डकीमापनि एमाले र कांग्रेसको मात्रै सरकार बन्नुपर्ने र मन्त्रालय संख्या ७ लाई नबढाउने अडानमा रहेको एमाले अन्ततः दुबै शर्त मानेर सरकारमा सहभागि भएको हो । आफूलाई दुःखमा साथ दिएका नेकपा माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई कुनैपनि हालतमा नहटाउने अडानमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अडिग रहेपछि अन्ततः एमाले लत्रिएर सरकारमा सहभागि हुन बाध्य भएको हो । एमालेको शर्त नमानेका मुख्यमन्त्री… पुरा पढौ

पोखरा सर्वेश्वर–पराजुली मार्गका होलसेल व्यवसायीहरुको समर्थन प्रेम, लेखनाथ, यादव र टिकारामलाई

पोखरा, भदौ १७ पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुने चुनावमा आफ्ना सदस्यहरुलाई समर्थन जनाएका छन् । पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले आफ्ना सदस्य भएका उम्मेदवारहरुलाई समर्थन जनाएको हो । पोखरा उद्योग वाणिज्य संघमा सर्वेश्वर व्यवसायी समितिका ४ जना उम्मेदवार छन् । समितिका सल्लाहकार तथा आजिवन सदस्य प्रेमप्रसाद सुवेदी, आजिवन सदस्य तथा पूर्व पदाधिकारी लेखनाथ सुवेदी, आजिवन सदस्य तथा पूर्व पदाधिकारी यादवप्रसाद पोख्रेल र आजिवन… पुरा पढौ

मुग्लिन-पोखरा सडक खण्डको पश्चिमतर्फको म्याद थप

निर्माणाधीन मुग्लिन(पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो । यसअघिको म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन(पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले राससलाई जानकारी दिए । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी… पुरा पढौ

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु: सातजना बिरामी

नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए । भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने,“ आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार… पुरा पढौ