समाचार

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

भदौ १६ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुबेदीले गरे । कार्यक्रममा उनले केही सहकारीमा आएकोे समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठेरो परेको सुनाए । उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताए । संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानो सानो पुंजी पनि आफ्नै सहकारीबाट… पुरा पढौ

पोखरा १३ को तीज प्रतियोगितामा वातावरण आमा समुह प्रथम

भदौ १६ पोखरा । पोखरा महानगरपालिका वडा नं १३ को आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा वातावरण आमा समुह प्रथम भएको छ । शनिबार सम्पन्न प्रतियोगितमा महिला तथा बाल कल्याण कुञ्ज दोस्रो, कमल जैशी आमा समुह हेम्जा तेस्रो र बाँझापाटन मिलन आमा समुह र आर्वा दिदी बहिनी समुहले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमश ३० हजार, २० हजार, १० हजार र सान्त्वना दुई समूहलाई पाँच पाँच हजार साथमा प्रमाणपत्र प्रदान गरिएको छ… पुरा पढौ

ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्र प्रभावकारी हुनेमा उनी विश्वस्त छन् । गण्डकीको स्वास्थ्य मन्त्रालयले स्टाफ नर्स, बेड र निशुल्क औषधि उपलब्ध गराएको… पुरा पढौ

टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने

भदौ १६ पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

भदौ १५ काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । अव नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटरको १६३ रुपैयाँ र डिजल र मट्टितेलको मूल्य १५४ रुपैयाँ कायम हुने भएको छ । यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत्… पुरा पढौ

वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्न आवश्यक छः प्रदेश प्रमुख भट्ट

भदौ १५ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान), गण्डकीको ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका प्रमुख अतिथि भट्टले ग्रामीण सडकको अवैज्ञानिक विकास विस्तारसँगै सदियौँदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गइरहेको अवस्थामा वैकल्पिक पदमार्गहरु आवश्यक रहने बताउनुभएको हो । पर्यटकको बसाईं अवधि जति लम्ब्याइयो उति नै मुलुकलाई फाइदा हुने उनको भनाई छ । ‘‘गण्डकी प्रदेशको राजधानी पोखरा मुलुककै… पुरा पढौ

थमन परियार स्मृति प्रतिष्ठानको साधारणसभा सम्पन्न

भदौ १५ पोखरा । सामाजिक न्याय,आर्थिक शुसाशन र समावेशी राज्य निर्माण गर्दै अगाडि वढ्न सके मात्र शहिदको सपना साकार हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । थमन स्मृति प्रतिष्ठानको शनिबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाका सहभागीहरूले जातीय विभेद र भ्रष्टाचार नै समाज रुपान्तरणको मुख्य बाधक रहेको बताएका हुन् । शशस्त्र द्वन्द्वका क्रममा सहिद भएका थमन परियारको स्मृतिमा गठन भएको प्रतिष्ठानले जातीय छुवाछूत विरुद्ध शसक्त आवाज उठाउने र साहित्यका क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी… पुरा पढौ

पोखरा–४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियगितामा महिला समाजसेवा समिति दोस्रो र शुभकामना महिला विकास केन्द्र तेस्रो भए । परोपकार सर्वेश्वर नारी समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुन सफल समूहले क्रमस १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच… पुरा पढौ

हाम्रो बहुउद्देश्यीय सहकारीको २५ औं साधारण सभा सम्पन्न

भदौ १५ पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी लि. को २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा – ८ न्यूरोडमा अवस्थित सहकारीको २५ औं वार्षिक साधरण सभा तथा २७ औं साधरण सभाको संस्थाका शेयर सदस्य विष्णु प्रसाद तिमिल्सिनाले उद्घाटन गरे । उनले सहकारीले वित्तिय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शङ्का नगरी आर्थिक ढुक्क भएर कारोबार गर्न शेयर सदस्यहरूलाई आग्रह गरे । कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष युवराज त्रिपाठीले संस्थालाई नेपालकै उत्कृष्ट सहकारी रुपमा अगाडि बढाउने गृहकार्यमा… पुरा पढौ

पुस्तकालय दिवस : र्‍यान्डममा पुस्तक आदानप्रदान

भदौ १५ पोखरा । पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर सत्रौँ पुस्तकालय दिवस शनिवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले पुस्तकालयको महत्व र पठन संस्कृतिसम्बन्धी धारणा राखेका थिए । जुन देशमा पठन संस्कृतिको विकास भएको हुन्छ, त्यो देश वास्तविक रूपमा समृद्ध बन्ने उनको भनाइ थियो । ज्ञान निर्माणको प्रणालीमा पुस्तकालयको विशेष भूमिका रहने भन्दै उनले स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घीय तहका सरकारले पुस्तकालय विकासमा विशेष लगानी गर्नुपर्ने… पुरा पढौ