समाचार

‘जनयुद्धका बेपत्तालाई सहिदकै दर्जा’

पोखरा, भदौ १० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्तालेपनि सहिदकै दर्जा पाउने बताएका छन् । नेकपा माओवादी केन्द्र निकट जनयुद्धका सहिद तथा बेपत्ताका परिवारसँग सोमबार पोखरामा भएको भेटका क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले बेपत्ताको छानविन गर्दा नभेटिएमा उनीहरुलाई सहिदको दर्जा दिईने बताएका हुन् । संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक पास भइसकेकाले अब आयोग बन्ने भन्दै उनले भने,‘टिआरसी आयोग सहिदका लागि मात्र बन्ने होईन । बेपत्ताका लागिपनि हो । बेपत्ताको छानविन हुन्छ । छानविनमा भेटिएन भने सहिदकै… पुरा पढौ

पश्चिमाञ्चल माविलाई छात्रा भलिवल प्रतियोगिताको उपाधि

पोखरा, भदौ १० पश्चिमाञ्चल माविले कास्की जिल्ला अन्तर मावि स्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। सोमबार भएको फाइनल खेलमा पोखरा–४, गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखराकै न्यू ग्यालेक्सी माविलाई सोझो सेटमा पराजित गरेको हो। पश्चिमाञ्चलले २५–९, २५–१४ र २५–२२ को सेटमा न्यू ग्यालेक्सीलाई पराजित गर्दै उपाधि हात पारेको हो । पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा उपाधि हात पारेसँगै पश्चिमाञ्चलले नगद ३० हजार रुपैयाँ सहित ट्रफी हात पार्यो। क्याम्पसले हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामा पश्चिमाञ्चलले योसँगै लगातार तेश्रोपटक उपाधि हात… पुरा पढौ

जनप्रतिनिधि र कर्मचारीको साझा सहकार्यले नै दुवै पक्षको कार्यकाल सफल हुने हो: प्रमुख प्रशासकीय अधिकृत पुनमगर

पोखरा । निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्कृतिक र धार्मिक संहिष्णुताले भरिपुर्ण सामाजिक विविधता । मानिसहरु कृषि र विभिन्न पेशामा मन्त्रमुग्ध छन् । समय परिवेशअनुसार यहाँका स्थानियका दैनिकी र विकासका गतिविधिहरुले पनि स्वरुप परिवर्तन गर्ने क्रम जारी छ । सिंगो निसीखोलाका समस्या,चुनौति र सम्भावनाहरुलाई शुक्ष्म ढंगले केलाएर स्थानिय सरकारले विभिन्न योजनाहरु अगाडी बढाउने प्रयास गरिरहेको छ ,प्रस्तुत छ यसै विषयमा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरसंग गरिएको कुराकानीः १. निसीखोला गाँउपालिकालाई कार्यक्षेत्रका लागि किन… पुरा पढौ

सडक बन्द गरी तनहुँ स्थित मस्र्याङ्दीमा खसेको बस निकालिँदै

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ । गत शुक्रबार पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले अझै दुई घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले राससलाई जानकारी दिए । उनले भने, “बस… पुरा पढौ

पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो । विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुआत गरेको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिए । उनका अुनसार गत वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको रु तीन लाख पुरस्कार रकमबाट… पुरा पढौ

बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने

बलेवा । पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिए । इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर सञ्चालनमा ल्याइनेछ । “मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निःशुल्क भोजन गर्ने व्यवस्था हुनेछ”, पञ्चकोटधाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्यले भने, “पूर्वाधारलाई व्यवस्थित बनाउने,… पुरा पढौ

कास्कीको मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रेमा थप पदमार्ग निर्माण

कास्की । जिल्लामा एक वर्षका अवधिमा चार हजार चार सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको पर्यटन तथा उद्योग कार्यालयले सो पदमार्ग निर्माण गरेको हो । पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए । आर्थिक वर्ष २०८०र८१ मा पर्यटन पूर्वाधारअन्तर्गतका ४७ आयोजनामध्ये ४३ सम्पन्न भएको थिए । कुल आयोजनामा दुईवटा सम्झौता नै भएनन् भने… पुरा पढौ

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

भदौ ९ काठमाण्डौं । भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो । त्यस्तै नेपालका… पुरा पढौ

सेयर बजारका समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको छ : अर्थमन्त्री पौडेल

भदौ ९ काठमाण्डौं । सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सुत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताए । “सेयर बजारका समस्यालाई नीतिगत र व्यावहारिक रूपमा समाधान गर्दै परिपक्व ढङ्गले अगाडि बढाउनका निम्ति सरकारले सार्थक प्रयास गरिरहेको छ । सेयर बजारविज्ञ लेखक भट्टराईको पुस्तकले सेयरबारे अझै चेतना… पुरा पढौ

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

भदौ ९ काठमाण्डौँ । सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्रालयको गत असार १० गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “नेपाल सरकार गृह मन्त्रालयको मिति २०८१÷०३÷१० को राजपत्रको भाग ५ बुँदा नं. (क)मा प्रकाशित ‘नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गर्ने’ भन्ने व्यवस्थामा उल्लिखित ‘सट्टा’… पुरा पढौ