समाचार

पोखरामा “डेंगु खोज र नष्ट गर” अभियान शुरु, कालिका गणद्वारा संयोजन

पोखरा । पोखरामा डेंगु संक्रमण बढ्दै गएपछि डेंगु रोग संक्रमण, रोकथाम तथा नियन्त्रणकालागि सचेतना अभियान “डेंगु खोज र नष्ट गर” सुरु भएको छ ।शुक्रबार नेपाल रेडक्रस सोसाइटी पोखरा–८ उपशाखाको व्यवस्थापन र सशस्त्र प्रहरी बल नेपाल कालिका गण, मालेपाटनको समन्वयमा उक्त अभियान सुरु भएको हो । टोलीले पोखरा वडा ५ र ८ मा दुवै वडाका संवेदनशील स्थानमा डेंगी खोज्ने र नष्ट गर्ने कार्य गरिएको कालिका गणका गणपति (एसपी) अरुणकुमार शर्माले बताए ।बिहान ७ देखि १० बजेसम्म भएको डेंगु नष्ट अभियानमा पोखरा… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय सार्वजनिक, द्रुतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति

भदौ ७ काठमाण्डौं । सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब पाँच बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ । बैठकले ललितपुर महानगरपालिकालाई गणतन्त्र… पुरा पढौ

गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व पदाधिकारीसँग सोधपुछ

भदौ ७ काठमाण्डौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ । समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् । समिति सचिव बविता मिश्रकाअनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो… पुरा पढौ

तमु धिं नेपाल माछापुच्छ्रे गाउँपालिकामा दुर्गाबहादुर

भदौ ७ पोखरा । तमु धिं नेपाल माछापुच्छ्रे गाउँपालिका भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिती गठन गरेको छ । संघीय संरचना अनुसार संस्थाको संरचना बिस्तार गर्ने उद्देश्यले आयोजित संस्थागत एवम सामाजिक क्षेत्रका अगुवाहरुको भेलाले आयोजक समितिको सचिवमा प्रचण्डशक्ती गुरुङ, सदस्यहरुमा अनुप गुरुङ, सन्दिका गुरुङ, अमुल प्रसाद गुरुङ , चिज बहादुर गुरुङ, राजु गुरुङ, राकेश गुरुङ, दानबहादुर गुरुङ, बिश्वास गुरुङ र अनिश गुरुङ रहेका छन् । गठित आयोजक समितिले मंसिर मसान्तभित्र बृहत् कार्यक्रम आयोजना गरि तमु धिं नेपाल माछापुच्छ्रे… पुरा पढौ

तनहुँ दुर्घटना : २७ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टर मार्फत काठमाडौँ पढाइयो

भदौ ७ काठमाण्डौं । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार… पुरा पढौ

साफ च्याम्पियनसिपमा भारत सेमिफाइनलमा

भदौ ७ काठमाण्डौं । माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल ग¥यो । भारतका किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो । यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छभने भूटान उपविजेता बनेको छ ।… पुरा पढौ

मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट

भदौ ७ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पु¥याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिएका छन् । पोखरा जेसीजको आयोजनामा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को शुक्रबार उद्घाटन गर्दै भट्टले युवा नेतृत्वमा जोड दिएका छन् । जेसीजले गर्विलो इतिहास निर्माण गर्दै युवाहरुको चम्किलो भविष्यको मार्ग कोर्ने क्रममा यस वर्ष स्वर्ण जयन्ती मनाइरहेको सन्दर्भमा उनले शुभकामना पनि व्यक्त गरे । प्रदेश प्रमुख भट्टले भने ‘जीवनको सबैभन्दा सक्रिय… पुरा पढौ

पोखराका डेरी पसल र उद्योगमा महानगरको अनुुगमन : कपिलबस्तुको दूध ल्याएर लोकल भन्दै बेच्दै

पोखरा, भदौ ७ पोखराका केहि डेरी पसलले पोखरा बाहिरको दूध ल्याएर लोकल भन्दै बेच्ने गरेको पाइएको छ । पोखराका केहि दुग्ध व्यवसायी तथा डेरी पसलले बाहिरबाट ल्याएको दूधलाई लोकल भनेर बेच्ने गरेको पोखरा महानगरपालिकाले विहीबार गरेको अनुगमनको क्रममा भेटिएको हो । दुग्ध किसान तथा उपभोक्ताहरुले पोखराका केहि दुग्ध व्यवसायी तथा डेरी पसलहरुले लोकल भनेर पोखरा बाहिरको दूध बेच्ने गरेको भन्दै गुनासो गर्दै आएका थिए । जसले गर्दा स्थानिय व्यवसायी मारमा पर्नुका साथै पोखरेली उपभोक्ता ठगिदै आएका थिए । उपभोक्ता र… पुरा पढौ

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुलबस दुर्घटना हुँदा बस चालक घाइते भएका छन् । शुक्रबार दिउँसो पोखरा–८ नागढुगास्थित न्यू मोडल सेकेण्डरी स्कुलको ग १ क ४६६१ नम्वरको बस दुर्घटना हुँदा चालक स्याङ्जाको बयरघारी घर भई पोखरा– ९ कृष्णटोल बस्दै आएका वर्ष ५४ को दल बहादुर गुरुङ घाइते भएका हुन् । उनको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घारीपाटनचोक स्थित हिमालयन आँखा अस्पताल नजिकैको भित्री सडक खण्डमा चालकले नियन्त्रण गुमाउँदा भएको सो दुर्घटनामा बसमा सवार २० जना विद्यार्थीहरु भने… पुरा पढौ

गायक रोहनजंग कार्कीको ‘माया तिमी’ आउँदै

पोखरा, भदौ ७ पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ बोलको गीत चाँडै आउँदैछ । कार्कीको स्वरमा रहेको सो गीत रेकर्ड भएर भिडियो निर्माणको चरणमा छ । अमीत गुरुङको शव्द रहेको गीतको कम्पोजर र एरेञ्जरपनि गुरुङ नै हुन् । गीतको रेकर्ड, मिक्सिङ र मास्टरिङ पल्स रेकर्डिङ स्टुडियोमा गरिएको कार्कीले जानकारी दिए । गीतको चाँडै नै भिडियो बनाईने उनले बतए । नवीन थापाको निर्देशनमा बन्ने सो गीतको भिडियोको छायाङ्कन कास्कीको पर्यटकीय गाउँ सिकलेसमा गर्ने तयारी भइरहेको उनको भनाई छ । भिडियो निर्माण… पुरा पढौ