समाचार

धौलागिरिलाई चिनाउने ‘यानीमाया’, ‘सुनीमाया’भाका सुनिन छाडे

ढोरपाटन । धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् । केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् । हिजोआज कलाकारहरुलेसमेत यानीमाया र सुनिमाया भाका रेकर्ड गर्न छोडेका छन् । मेला, महोत्सव, चाडपर्व र मेलापातमा गाइने यी भाका लोप हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् । हिजोआज… पुरा पढौ

लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उनले भने “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हाँै ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष… पुरा पढौ

नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना

गलकोट । नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन… पुरा पढौ

पर्वतमा गाईभैँसीमा कृत्रिम गर्भाधानप्रति किसानको आकर्षण घट्यो

पर्वत । घरपालुवा पशुमा कृत्रिम गर्भाधानलाई बढावा दिन राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम ल्याएको छ । तर पर्वतमा भने कृत्रिम गर्भाधानप्रति किसानको अकर्षण घट्दै गएको छ । सरकारले रु २५ मा उपलब्ध गराउँदै आएको गाईभैँसीको कृत्रिम गर्भाधान (एआई सेवा) पशु प्राविधिक र चिकित्सकले महँगो शुल्क लिन थालेपछि किसानको आकर्षण घटेको हो । किसानले महँगो शुल्क तिर्नुपरेको गुनासो गर्न थालेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा जम्मा एक हजार छ सय १९ वटा गाईभैँसीमा मात्र कृत्रिम गर्भाधान गराइएको छ । जिल्लाभर २६… पुरा पढौ

गण्डकी प्रदेश : कांग्रेस–एमाले सत्ता सहकार्यमा अझै सहमति जुटेन

गण्डकी । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ । सत्ता साझेदारीका विषयमा पटकपटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले दलहरुबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न बाँकी रहेको बताए। “मुख्यमन्त्री र एमाले संसदीय दलका नेताबीच र दुवैतर्फको कार्यदलस्तरमा छलफल भइरहेको छ”, उनले भने, “छिट्टै सहमति जुट्ने… पुरा पढौ

बाढीपहिराले तनहुँका ग्रामीण सडक अवरुद्ध

दमौली । बाढीपहिरोका कारण तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखि परेको वर्षाका कारण बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । ऋषिङ गाउँपालिका–५ लाग्नेचौतारीदेखि राम्जाकोटसम्म पुग्ने बाटो आज पहिरोले अवरुद्ध भएपछि सर्वसाधारणलाई सास्ती भएको स्थानीय पूर्णिमा क्षेत्रीले बताए । बाटो अवरुद्ध भएपछि विशेषगरी बिरामीलाई स्वास्थ्य संस्था र विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न कठिन भएको उनले जानकारी दिए । उनले भने, “पहिरोले बाटै ढाकेको छ, हिँड्डुल गर्न समस्या छ, सम्बन्धित निकायले चाँडोभन्दा चाँडो बाटो… पुरा पढौ

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत । पर्वत जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् । कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिए। गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ गते मोदी गाउँपालिका–५ बाजुङमा दुईवटा चितुवा… पुरा पढौ

वरिष्ठ संस्कृतिकर्मी गुरुङको जन्म जयन्तीका अवसरमा अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिता हुने

पोखरा । वरिष्ठ संस्कृतिकर्मी एवम नृत्य निर्देशक, हिमाली साँस्कृतिक परिवारका पुर्व अध्यक्ष मेनकाजी गुरुङको ६१ औं जन्मजयन्तीमा भदौ ८ गते पोखरामा अन्तर बिधालय लोकनृत्य प्रतियोगिता हुने भएको छ। हिमाली साँस्कृतिक परिवारद्वारा पोखरा सभा गृहमा आयोजना गरिएको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको परिवारका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो ३० हजार, तेस्रो २० हजार, सान्त्वना १० हजार र उत्कृष्ट नृत्य निर्देशक १० हजारसहित ट्रफी, मेडल, प्रमाण पत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक हिमाली साँस्कृतिक परिवारका उपाध्यक्ष… पुरा पढौ

स्याङजाका लिफ्ट खानेपानी आयोजनाले विद्युत्मा पाए अनुदान

वालिङ । स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत रु एक करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पु¥याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । प्रदेश सरकारले लिफ्ट खानेपानीमा लाग्ने विद्युत् महसुलमा अनुदान दिने नीति ल्याएसँगै गत आर्थिक वर्ष २०८०÷८१ मा स्याङ्जाका एक सय १० आयोजनाले अनुदानबापत रु एक करोड पाँच लाख एक हजार दुई सय १४ पाएको… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ… पुरा पढौ