समाचार

पश्चिमाञ्चल माविकी अनुयालाई भ्वाइस किड्सको उपाधि

भदौ ४ पोखरा । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि पोखराकी अनुया तामाङले जितेकी छन् । ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । उपाधि विजेता तामाङ पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा कक्षा ६ मा अध्ययनरत छिन् । विद्यालयका प्राचार्य सरोज कोइरालाले तामाङले उपाधि हात पारेर विद्यालयको पहिचान फराकिलो बनाएको बताए । ‘पश्चिमाञ्चल माविको मात्र नभई समग्र गण्डकी प्रदेशका लागि अनुया तामाङले प्रतिष्ठा थपिदिएकी छिन,’ उनले भने, ‘विद्यालयले जहिले पनि बालबालिकाको क्षमता प्रस्फुटनका लागि अवसर प्रदान गर्दै आएको… पुरा पढौ

लमजुङमा थपिए दुई सय १८ उद्योग

लमजुङ । लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् । पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख मिताकुमारी थापाले जानकारी दिए । उनका अनुसार सो अवधिमा चार सय १२ उद्योग नवीकरण भएका छन् । एक सय ७६ वाणिज्य दर्ता भएको छ भने, पाँच सय ५२ वाणिज्य नवीकरण भएका छन् । अघिल्लो आव २०७९/८० मा दई सय ९१ घरेलु उद्योग दर्ता भएका थिए… पुरा पढौ

प्रदेशबाट स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शैय्याको प्रक्रिया थाल्नेछुः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गाप्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शैय्याको बनाउने काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । गत साता अस्पतालको निरिक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालका नाममा रहेको साढे ३ रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाएलगत्तै मन्त्रिपरिषदमा प्रस्ताव लगेर जग्गा दिलाउने बताए ।दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु, मन्त्री पौडेलले भने, प्रदेशबाट स्वीकृति आउनासाथ विस्तारको काम अघि बढ्नेछ । मन्त्री पौडेललाई… पुरा पढौ

म्याग्दीका किसानलाई रु नौ करोड अनुदान

म्याग्दी । चालु आर्थिक वर्ष २०८०÷८१ मा म्याग्दीका किसानलाई अनुदान वितरण गर्न रु नौ करोड छ लाख बजेट प्राप्त भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रमार्फत रु तीन करोड ३३ लाख २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट रु दुई करोड ५२ लाख २१ हजार र सङ्घीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट रु तीन करोड २१ लाख ६८ हजार बजेट प्राप्त भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट छिमेकी जिल्ला मुस्ताङ,… पुरा पढौ

पाँच महिनादेखि बन्द रहेको मालिका कागज उद्योग पुनःसञ्चालन

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–३ अधिबारामा पाँच महिनादेखि बन्द अवस्थामा रहेको मालिका कागज उद्योग पुनःसञ्चालन भएको छ । कच्चापदार्थ र कामदारको अभाव, विद्युत् आपूर्तिमा अनियमितताले बन्द रहेको सो उद्योग पुनः सञ्चालन भएको हो । गत शनिबारदेखि उक्त उद्योगले पुनःव्यावसायिक उत्पादन सुरू गरेको छ । उद्योगका सञ्चालक मोतीराज गौतमका अनुसार स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादनको माग बढेसँगै पुनःनेपाली कागज उत्पादन सुरू गरेको बताए । “यहाँ उत्पादित कागजलाई बजारको समस्या छैन, कच्चापदार्थ र कामदारको समस्याले नियमित… पुरा पढौ

अर्जुनचौपारी गाउँपालिकामा पुस्तकालय स्थापना

वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्रै पुस्तकालय स्थापना गरिएको छ । विश्व हिन्दू युवा सङ्घले गाउँपालिकाको व्यवस्थापन तथा सहयोगमा पुस्तकालय स्थापना गरेको हो । विशेषगरी धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्कृत भाषाका पुस्तकसहित अन्य पुस्तक पुस्तकालयमा राखिएको विश्व हिन्दू युवासङ्घ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताए। “धर्म, संस्कार, संस्कृतिको संरक्षणसँगै यसको प्रचारप्रसार गर्ने, यसको महत्वका बारेमा सर्वसाधारणलाई सुसूचित गराउनुपर्ने आवश्यकता ठानेका छौँ”, उनले भने, “विशेषगरी युवापुस्तालाई धर्म संस्कार, संस्कृति तथा इतिहासका बारेमा जानकारी गराउनसके संस्कार संस्कृतिको संरक्षणमा ठूलो… पुरा पढौ

‘पोखरामा उपभोक्ता ठग्नेलाई कडा कारबाही हुन्छ’: गृह सचिव अर्याल

लेखनाथ । गृह सचिव एकनारायण अर्यालले उपभोक्ता अधिकार संरक्षणमा क्षतिपूर्तिसहित अधिकारको व्यवस्था भएकाले सेवा र वस्तुमा उपभोक्तालाई ठग्ने काम नगर्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि सञ्चालनमा ल्याइएको ‘क्यूआर कोड’ सहितको अनलाइन सेवाको आज उद्घाटन गर्दै अर्यालले उपभोक्ता ठग्नेलाई कारबाही गर्ने बताए । चार्डपर्व सुरु भएसँगै खाद्य सामग्री र सार्वजनिक यातायातमा चर्को भाडा लिने काम हुँदै आएकाले यसलाई नियन्त्रण गर्न र त्यस्ता व्यक्ति वा संस्थालाई कडा कारबाही गर्न प्रशासनले… पुरा पढौ

निशुल्क आँखा परिक्षण तथा रक्तदान गरि मनायो क्याट वाकले वार्षिकोत्सव

पोखरा । क्लब क्याटवाकले निशुल्क आँखा चेकअप शिविर, रक्तदान लगाएत विविध कार्यक्रम गरि आफ्नो दोस्रो वार्षिकोत्सवको मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्क शिविर तथा रक्तदानलगाएतको कार्य गरेको हो । पोखरा ६ लेकसाइडमा गरिएको निशुल्क आँखा परिक्षणबाट १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका र रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत संकलन भएको क्लब क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए । क्लबले यस अघिपनि विद्याश्रममा खाद्यान्न वितरण, सरकारी विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई… पुरा पढौ

कालीगण्डकी करिडोर र डुम्रे–बेंसीसहर सडक अवरुद्ध

मध्यविन्दु । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० खण्ड अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । पहिरोले आज बिहान ७ः३० बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । यस खण्डमा अहिले लगातार वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र र पाल्पा, स्याङ्जातर्फ यातायातका साधन चल्न सकेका छैनन् ।… पुरा पढौ

पृृथ्वीराजमार्ग एकतर्फी

मुग्लिन । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको हो । पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए । मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी बताए। रासस पुरा पढौ