समाचार

१८औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा रु ३ लाख ७२ हजार ५ सय ५८ बचत । १९औं संस्करण फागुन ३ गते गर्ने घोषणा ।

यपोखरा । “स्वास्थ्यकालागि, पोखराकालागि” भन्ने मूल नाराका साथ गत फागुन ५ गते नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आय व्यय सार्बजनिक गरिएको छ । बुधबार पत्रकार भेटघाट गरि कुल ७५ लाख २४ हजार सात सय १७ रुपैया आम्दानी गरि रु ७१ लाख ५२ हजार एक सय ३९ खर्च भई रु ३ लाख ७२ हजार पांच सय ७८ बचत गर्न सफल भएको मन्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरेली मञ्च यूके, एन… पुरा पढौ

मकै र कोदो खेतीको विकल्पमा किबी खेती विस्तार गर्दै पुन

म्याग्दी । किबी खेतीमा संलग्न नभएको भए बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुन्थे । विस। २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो । “दुई वर्ष मलेसीया र एक वर्ष बहराईनमा काम गरेर आएपछि आफन्त मार्फत बेलायत जाने भिसा पनि लागेको थियो,” उनले भने “बेलायतको राहदानी त्यागेर शुरु गरेको किबी खेतीले सफलता मिल्न थालेको छ… पुरा पढौ

ग्रामीण क्षेत्रमा जथाभावी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै

ढोरपाटन । ग्रामीण क्षेत्रमा जथाभावी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन् । आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भञ्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली मासिँदै गएका हुन् । भरिया, स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त हुँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका हुन् । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटिदै गएका छन् । ढोरपाटन नगरपालिका–९ का ७६ वर्षीय नन्दराम… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा लेक लागेर एक वर्षमा २१ जनाको मृत्यु

गण्डकी । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०÷ ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक हुन् । “अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्”, उनले भने, “हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा… पुरा पढौ

हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजारसहितको बैङ्क खाता उपहार दिएको जनाएको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा सो सङ्ख्यामा बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो । आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हालसम्म त्यसप्रकारका बैंक खातामा रु १२ लाख ८० हजार जम्मा भइसकेको जानकारी दिए।… पुरा पढौ

बेगनासतालमा सरसफाइ अभियान

गण्डकी । पोखरामा कर्मचारी मिलन केन्द्रले सुरु गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृङ्खला आज बेगनासतालको सरसफाइ गरेर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई सरसफाइ गर्नेगरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए । केन्द्रका संरक्षक कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्राकृतिक सम्पदाको संरक्षण हामी सबैको दायित्व भएको बताउँदै यस किसिमका कार्यक्रमले सरसफाइप्रति सर्वसाधारण जागरुक हुने विश्वास व्यक्त गरे । आजको सरसफाइ… पुरा पढौ

गण्डकीमा लामखुट्टेको बासस्थान नष्ट अभियान सुरु

गण्डकी । समुदायमा डेङ्गी फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न उक्त लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरुआत गरिएको छ । सफा र जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेङ्गी रोकथाममा जुटेका हुन् । पछिल्लो केही सातायता पोखरामा डेङ्गी सङ्क्रमण तीव्र बनेपछि हरेक शुक्रबार महानगरभित्रका सरकारी कार्यालय र सार्वजनिकस्थलमा उक्त अभियान सञ्चालन गरिएको महानगरको स्वास्थ्य महशाखाका… पुरा पढौ

पोखरामा क्षेत्री समुदायलेपनि निकाले गाईजात्रा

पोखरा, भदौ ४ पोखरामा क्षेत्री समुदायबाटपनि गाईजात्रा निकालिएको छ । नेवारी समुदायले मनाउँदै आएको गाईजात्रा पोखरामा क्षेत्री समुदायलेपनि मनाएका हुन् । यसअघि पनि पोखराको सिमलचौर क्षेत्रमा ब्राह्मण वा क्षेत्री समुदायले गाईजात्रा निकाल्ने गरेका थिए। यस पटक पोखरा–८ सिमलचौरका कृष्णबहादुर थापा र उनको परिवारले गाईजात्रा निकालेका हुन् । थापा क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव हुन् । थपा परिवारले स्वर्गिय आमाको सम्झनामा गाईजात्रा निकालेका हुन् । आमाको जीवन नेवारी समुदायमै बितेको र नेवारी परम्परा र सामाजिक रितिथितिपनि सोहि अनुसार मानिदै आएकाले आफूहरुले… पुरा पढौ

लमजुङमा थपिए दुई सय १८ उद्योग

भदौ ४ लमजुङ । लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् । पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख मिताकुमारी थापाले जानकारी दिइन् । उनका अनुसार सो अवधिमा चार सय १२ उद्योग नवीकरण भएका छन् । एक सय ७६ वाणिज्य दर्ता भएको छ भने, पाँच सय ५२ वाणिज्य नवीकरण भएका छन् । अघिल्लो आव २०७९/८० मा दई सय ९१ घरेलु उद्योग दर्ता… पुरा पढौ

झरीका पर्वाह नगरी पोखरामा निकालियो गाईजात्रा

पोखरा, भदौ ४ पोखरामापनि मंगलबार गाईजात्रा निकालिएको छ । नेवारी समुदायका एक वर्ष भित्र आफन्त वितेका परिवारले निकालिने गाईजात्रा यस वर्ष झरीका बाबजुद पोखरामापनि निकालिएको हो । पोखराका गाउँगाउँबाट गाईजात्रा निकालिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । तर यति नै संख्यामा गाईजात्रा निकालिएको भनेर भन्न नसकिने उनको भनाई छ । हरेक गाउँ÷टोलमा एक वा त्यो भन्दा बढी मान्छे वितेका घर भएकाले उनीहरुले गाईजात्रा निकालेको उनले बताए । गाईजात्राको अवसरमा ३३ स्थानबाट मंगलबार तायमचाः निकालिएको छ । नेवा… पुरा पढौ