समाचार

तनहुँको व्यास नगरपालिकाद्धारा श्रवण शक्तिसम्बन्धी दोभाषे सेवा

डुम्रे । तनहुँको व्यास नगरपालिकाले श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीका लागि दोभाषे राखेको छ । नगरपालिकाले दोभाषे राखेपछि श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राही खुसी भएका छन् । अहिले नगरपालिकाले दोभाषे राखेर श्रवणशक्ति नभएका र सुस्तश्रवण भएका व्यक्तिलाई सेवा प्रवाह सुरु गरेको हो । उनीहरुले बोलीचालीका सामान्य भाषा सुन्न नसक्दा÷नबुझ्दा हुने गरेका समस्या दोभाषे राखेपछि हटेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार श्रवणसम्बन्धी समस्या भएकाको कुरा बुझ्नै समस्या भएपछि सहजीकरण गर्न दोभाषे राखिएको हो । नगरपालिकाले दोभाषेका रुपमा… पुरा पढौ

उत्तरगङ्गा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो

ढोरपाटन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको घुइँचो लागेको हो । ढोरबराह मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ । पश्चिम बागलुङकै ठूलो शक्तिपीठका रुपमा रहेको ढोरबराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराह मन्दिरमा पूजाआजा गर्न, भाकल गर्न तथा भेटी चढाउन नेपालका लागि आएका भक्तजन बिहान ५ बजेदेखि लाइनमा रहेको ढोरपाटन उपत्यका होटल व्यवसायी… पुरा पढौ

तायाः मचा संस्कृति जिवन्त राख्न पोखरेली युवाले बनाए ‘प्रोजेक्ट बाजा’

पोखरा, साउन ३२ पोखराका नेवार युवाहरुले नेवारी संस्कृति अन्तर्गत गाईजात्रामा प्रदर्शन गरिने तायाःमचालाई जिवन्त राख्ने उद्देश्यले ‘प्रोजेक्ट बाजा’ निर्माण गरेका छन् । पोखराका नेवार युवाहरु सविन उदास, रोहित रञ्जित, सुमित रञ्जित, विशाल द्वा र प्रशान्त श्रेष्ठले तायाःमचाको ‘प्रोजेक्ट बाजा’ निर्माण गरेका हुन् । नया पुस्तालाई तायाःमचा बाजा र संस्कृतिबारे बुझ्न सजिलो होस् तथा नेवारी संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रोजेक्ट बाजा’ बनाएको संस्कृति संरक्षणमा जुटेका रोहित रञ्जितले बताए । उनले चार वर्षदेखिको प्रयासले अहिले आएर सार्थकता पाएको उल्लेख छ… पुरा पढौ

हवाई भाडा घटेपछि पोखराबाट अन्र्तराष्ट्रिय फ्लाईटपनि हुने र पर्यटकपनि बढ्ने पोखरेली पर्यटन व्यवसायीको आशा

पोखरा, भदौ २ पोखरेली पर्यटन व्यवसायीहरुले पोखराबाट अन्र्तराष्ट्रिय उडान हुनेमा आशावादी रहेको बताएका छन् । पोखरेली पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले आज पोखरामा पत्रकार सम्मेलन गरेर पोखराबाट चाँडै अन्र्तराष्ट्रिय उडान हुने विश्वास व्यक्त गरेको हो । पोखराबाट हुने उडानमा भ्याट तिर्नुनपर्ने र हालै सरकारले पोखराबाट उडान गर्ने हवाई कम्पनीलाई प्रति किलोलिटर १ सय डलर अनुदान दिने घोषणा गरेपछि पोखराबाट सिधै अन्र्तराष्ट्रिय उडान हुने सम्भावना बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । भ्याटपनि कटौति हुने र तेलमा… पुरा पढौ

पर्यटनको पहिलो गन्तव्य पोखरा नै हो : मेयर आचार्य

पोखरा, भदौ २ पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरालाई पहिलो गन्तव्य बनाउन आग्रह गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशले ट्रेकिङ भरिया (पोर्टर)हरुका लागि आयोजना गरेको तालिमको आईतबार आयोजित समापन कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भएकाले यसलाई पर्यटनको पहिलो गन्तव्य बनाउन आग्रह गरेका हुन् । पर्यटनको राजधानी घोषणा गरेपछिपनि सरोकारवाला निकायहरुले पोखरालाई पहिलो गन्तव्य भन्न हिच्किचाएकोप्रति उनले असन्तुष्टी व्यक्त गरे । मेयर आचार्य भन्दा अगाडि बोलेकी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथ्म)की… पुरा पढौ

तनहुँमा आयुर्वेद सेवा लिनको संख्या बढ्दै

दमौली । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । आयुर्वेद सेवाप्रति जिल्लामा सर्वसाधारणको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । कार्यालयले आव २०७९÷८० मा भन्दा गत आवमा सात हजार चार सय ६७ बढीले सेवा लिएको कार्यालयका आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताए । बहिरङ्ग ९ओपिडी० नौ हजार दुई सय ७१, ज्येष्ठ नागरिक सेवा एक हजार… पुरा पढौ

गायिका टिका प्रसाईंको  तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक(भिडियो सहित)

काठमाडौं । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन । https://youtu.be/O4aMrYf2n6U पुरा पढौ

लगानी विस्तार गर्दै अंशुभरा, पोखराको पर्यटकीय स्थल लेकसाइडमा “३१ एभिन्यु” आउँदै

पोखरा । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुने छ । ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको व्यावसायिक… पुरा पढौ

म्याग्दी जिल्ला अदालतमा स्वचालित पेसी लागू

म्याग्दी । म्याग्दीको जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली लागू गरिएको छ । गत साउन १ गतेदेखि लागू भएको सो प्रणालीबाट मुद्दाको पेसी तोक्न थालेपछि सेवाग्राहीलाई सहज भएकोे हो । स्वचालित पेसी लागू भएपछि कार्यसम्पादन छिटो, छरितो हुनाका साथै पेसी तोक्न सहज भएको अदालतका स्रेस्तेदार भोलाराज रेग्मीले बताए । उनका अनुसार अदालतमा दर्ता भएर अंश पुगेका मुद्दाहरू प्रणालीमा राखेपछि स्वचालित रूपमा पेसी चढ्ने भएकाले मुद्दाका पक्षविपक्षबीचमा पेसी तोक्दा हुने विवादको समस्यासमेत निरुपण भएको छ । अदातलले सुरु गरेको स्वचालित पेसी तोक्ने… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय… पुरा पढौ