समाचार

डहरे देउराली दैवी शक्ति केन्द्र होः सभापति शर्मा

साउन १६ पर्वत । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले डहरे देउरालीलाई दैवी शक्तिको केन्द्र रहेको उल्लेख गरेका छन् । पर्वत र स्याङ्जा जिल्लामा पर्ने डहरे देउरालीमा भएको एक कार्यक्रममा बोल्दै सभापति शर्माले देउराली परिसरमा आउने वित्तिकै अनौठो अनुभुति प्राप्त भएको जानकारी गराए । “हामीले जानेका नजानेका धेरै सन्त महात्माहरुले तपश्या गरेर सिन्चित गरेको पवित्र स्थान हो । त्यसैले यो क्षेत्र नै स्वतः सिद्ध ठाउ हो, पुण्य भुमि हो । यो ठाउँमा ध्यान, साधना गरेर धेरै महात्मा मुनीहरुले मुक्ति… पुरा पढौ

श्रीमदवीतकमा भक्तजनको संख्या बढ्दो, सहयोग आउने क्रम जारी

पोखरा । पोखराको रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको उल्लेख्य सहभागीता जनाएका छन । भदौ १० गते श्रीकृष्ण अष्टमी सम्म सञ्चालन हुने उक्त कार्यक्रमको सातौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सातौ दिन सम्म आइपुुग्दा भक्तजनको सहभागीता संगै कार्यक्रमलाई सफल बनाउनका लागी सहयोग रकम समेत आउने क्रम शुरु भएको छ । सातौ दिन… पुरा पढौ

धर्मस्थली स्कुललाई पूर्वविद्यार्थीद्वारा पाँच लाख सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयमा विद्यालयलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । विद्यालयको समग्र विकासका लागि विद्यालयका पूर्वविद्यार्थी डा. राजेन्द्र प्रसाद कोइराला र डा. सुमिरा कोइरालाले उक्त सहयोग गरेका हुन् । राजेन्द्र र सुमिरा विद्यालयका पूर्वअध्यक्ष वेदनीधि कोइरालाका छोरा बुहारी हुन् । उनीहरु हाल अमेरिकमा छन् ।उक्त रकम सुमिराका पिता एवं साहित्यकार तीर्थराज अधिकारी र माता सीतादेवी अधिकारीमार्फत बुधबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । रकम वडासदस्य गोविन्दप्रसाद पराजुलीको उपस्थितिमा विद्यालयकी प्रधानाध्यापक वदनकुमारी… पुरा पढौ

साउन २६ गते लाखे नाच प्रतियोगिता हुने

पोखरा । नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा साउन २६ गते लाखे नाच प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगीतामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुलाई नेवारी परम्परा अनुसारको झव्ः भ्वय्ः खुवाउने कार्यक्रम समेत रहेको मुलसंयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले बताए । कार्यक्रम सम्पन्न गर्नका लागि करिब २१ लाख खर्च हुने अनुमान गरेको उक्त कार्यक्रममा २० टोलीले प्रतिस्पर्धामा भाग लिने भए पनि २३ टोलीको नृत्य हेर्न पाइने आयोजकले… पुरा पढौ

शितल ज्योति क्लवको अध्यक्षमा पुनः नर प्रसाद गुरूङ

पोखरा । शितल ज्योति युवा क्लव पोखरा १२ को दशौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुनः नर प्रसाद गुरूङको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्लवको प्रथम उपाध्यक्षमा राजकुमार गुरूङ द्दितिय उपाध्यक्षमा मिन प्रसाद गुरूङ सचिवमा पुर्ण वहादुर गुरुङ सह–सचिवमा विमला गुरुङ कोषाध्यक्षमा पुर्ण प्रसाद गुरूङ सह–कोषाध्यक्षमा नविन गुरूङ सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा जुम वहादुर गुरूङ,अर्जुन गुरूङ, शशि मल्ल,सुनिल गुरूङ,दिपेन्द्र श्रेष्ठ,सोम गुरूङ,रहेका छन। क्लवको मनोनीत सदस्यहरूमा पंच वहादुर गुरूङ,निरज गुरूङ,लक्ष्मण गुरूङ,निकिता गुरूङ,एलि गुरूङ,सन्दिप गुरूङ,सुमन कोइराला,विजय कार्की… पुरा पढौ

बाढीका कारण कुश्माका ४५ घर जोखिममा

पर्वत । गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन । कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढीले पुरिएपछि सिङ्गो बस्ती नै जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गङ्गाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर क्षति पु¥याएको हो भने अन्य घर जोखिममा परेका हुन् । समयमै घरका बासिन्दा सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक भुवन बरामले जानकारी पदइ… पुरा पढौ

प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित

काठमाडौ ।नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन् । समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भए । १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भए । यसैगरी २० मिनेटको दोस्रो सेट प्रिन्सले १०–२१ ले गुमाए । समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि समान २–० सेटको हार ब्यहोरेका थिए । यससँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी सात जना खेलाडीमध्ये… पुरा पढौ

पन्ध्र दिनपछि उठ्यो दमौलीको फोहर

दमौली । तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि नकुहिने फोहर उठेको छ । साउन १ गतेदेखि नउठेको फोहर नगरपालिकाले मङ्गलबार उठाएको हो । नकुहिने फोहर उठ्न नसक्दा दमौली बजार क्षेत्रका चोक–चोकमा फोहरका थुप्रो भएको थियो । व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले दमौली बजारबाट उठाइएको फोहर सोही वडाको भतेरीमा बाटो पुर्नका लागि लगिएको जानकारी दिए । उनले भने, “भतेरीमा फोहर विसर्जन गर्न लागिएको होइन, त्यहाँ माटोले मात्र पुर्न नपुग्ने भएकाले प्लास्टिकजन्य फोहरसमेत त्यहाँ लगेर पुर्ने र बाटो सम्याउने काम गरिनेछ ।”… पुरा पढौ

समाजसेवि रञ्जित दम्पतिद्वारा सहारा बाल आधारभूत विद्यालयमा सहयोग

पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा अध्ययनरत २ जना बालकहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । सोहि विद्यालयका अक्षयकोष दाता पोखरा रामवजार निवासी बैकुण्ठ रञ्जितकार र उनीकी धर्मपत्नी पूर्णीमा रञ्जितकारले एक कार्यक्रमका विच उक्त सामाग्री हस्तान्तरण गरेका हुनु । कक्षा ६ मा अध्ययनरत मनिष नेपाली र कक्षा ८ मा अध्ययनरत रविन सुनारको कक्षा १२ सम्मको सम्पुर्ण शैक्षिक खर्च आफूले प्रदान गर्ने जिम्मेवारी लिए संगै समाजसेवी रञ्जित दम्पतिले गत शैक्षिक सत्र देखि उक्त विद्यालयमा सहयोग प्रदान गर्न… पुरा पढौ

म्याग्दीको बाङ खोलाको बाढीले तीन पुल बगायो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए । अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ । यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पु¥याएको धवलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले… पुरा पढौ