समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बिटी क्लबले रक्तदान गर्ने

साउन १७ पोखरा । पोखरामा क्रियाशिल रहेको बुद्धटोल युवा (बिटी) क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो संस्करणको रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बुद्धटोल युवा क्लबका अध्यक्ष अशिम थापाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यही साउन २८ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका–१ स्थित पुरानो टुडिखेलमा बिहान ७ बजेदेखि खुल्ला रक्तदान कार्यक्रम हुनेछ । खेलकुदको क्षेत्रमा निकै सक्रिय रहेको यस क्लबले युवा दिवसको अवसरमा पहिलो पटक रक्तदानको आयोजना गर्न लागेको क्लबको कोषाध्यक्ष दीपक… पुरा पढौ

पोखरामा कपास उद्योगमा आगलागी, २२ लाखको क्षेती

पोखरा, साउन १७ पोखरामा विहीबार कपास उद्योगमा आगलागी भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–३ तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालनमा गरेको कपास उद्योगमा विहीबार पूर्वाह्न ११ः१० बजे अचानक विद्युत सर्ट भएर आगलागी भएको हो । ब्लकको गारो र टिनको छानो भएको ३ कोठे भुईंतले भवनमा भएको आगलागीका कारण करीब २२ लाख रुपैयाँको क्षेती पुगेको प्रारम्भिक अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय कास्कीबाट २५ जना र वडा प्रहरी कार्यालय बगरबाट १७ जनाको टोली खटिएको कास्कीका… पुरा पढौ

टान गण्डकीले दियो एक दिने हिमाल पदयात्रा पर्यटन केन्द्रीत फोटोग्राफी तथा भिडियोग्राफी तालिम

ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल(टान) गण्डकीले व्यवसायीलाई फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा टान गण्डकीले संस्थामा आबद्ध कम्पनी सञ्चालकहरुलाई हिमाल पदयात्रा पर्यटन केन्द्रीत फोटोग्राफी र भिडियोग्राफी तालिम दिइएको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । तालिममा हिमाल पदयात्रा पर्यटनका क्रममा फोटो र भिडियो कसरी खिच्ने भन्नेबारेमा तालिम केन्द्रीत रहेको उनले बताए । तालिमले हिमाल पदयात्रामा… पुरा पढौ

बाराही माविमा गोविन्दप्रसाद–लीलावती कोइराला अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित बाराही माविमा गोविन्दप्रसाद–लीलावती कोइराला अक्षयकोष स्थापना गरिएको छ । गोविन्दप्रसादका छोरा, बुहारी र छोरीले तीन लाख तीन हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । गोविन्दप्रसादका जेठा छोराबुहारी सुवास÷उमा, माइला छोराबुहारी सुरेशचन्द्र÷ज्ञानु, कान्छा छोराबुहारी लक्ष्मण÷सीता कोइरालाका साथै छोरी शान्तिकुमारी कोइरालाले अक्षयकोष स्थापना गरेका हुन् । छोरा सुवास बाराही माविबाटै २०५१ सालको एसएलसी परीक्षामा सहभागी भई बोर्ड पाचौँ स्थान हासिल गरेका थिए ।गोविन्दप्रसाद सामाजसेवी, शिक्षासेवी र धार्मिक व्यक्तित्वकारुपमा परिचित थिए ।… पुरा पढौ

पोखरा भित्रियो राष्ट्रिय पोशाक घर, नेपाली उत्पादनले पोखरेलीको मन जित्ने आशा

पोखरानेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर खुलेको छ । बिगत ७ वर्षदेखि काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरलाई पोखरा र आसपासका जिल्लालाई केन्द्रमा राखेर पोखरामा बिस्तार भएको हो । पोखरा न्युरोडमा खुलेको पोषाक घर बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ख्यातिप्राप्त गायक प्रकाश सपुतलगायतले उद्घाटन गरेका छन् । दौरासुरुवाल, टोपीलगायत सटिङसुटिङमा स्थानीय उत्पादनबाट बनेका नेपाली पोशाकलाई जोड दिँदै पोखरामा पोशाक घर स्थापना गरिएको हो । ढाका टोपी, दौरासुरुवाल, राष्ट्रिय पोशाक दिवस मनाउने अभियानकै क्रममा काठमाडौंको… पुरा पढौ

नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अङ्कले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ । कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१… पुरा पढौ

‘डुलुवा’ टोली कन्याकुमारी प्रस्थान

पोखरा, साउन १७ पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली आज भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । पोखरा महानगरपालिका, नेपाल पर्यटन वोर्डलगायतको सहयोगमा पर्यटन प्रवद्र्धनका लागि भारत हिंडेको टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले विदाई गरे । नेपालको कास्कीदेखि भारतको कन्याकुमारीसम्मको भ्रमणलाई ‘केटुके’ नाम दिइएको पर्यटन प्रवद्र्धनात्मक… पुरा पढौ

सुन्तलामा कत्लेकीराको प्रकोप बढेसँगै कास्कीका किसान चिन्तित

गण्डकी । कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन् । ‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो समय कत्लेरोगको प्रकोप बढेको देखिन्छ । स्थानीय कृस्ती नाच्नेचौरका सुन्तलाका बगान यतिखेर कत्लेकीराको प्रकोपबाट कालम्मे भई कुरूप देखिएको छ । पोखरा महानगरपालिका–२१ काफलबोटेस्थित सुन्तलाको बगैँचामा पहिलोपटक देखिएको कत्लेकीराको प्रकोप यतिखेर आसपासको क्षेत्रमा पनि फैलिँदै उत्पादन घट्न थालेपछि चिन्तित हुनुपरेको स्थानीय सुन्तला कृषक नारायण सुवेदी बताउछन् । सुन्तला कृषक सुवेदीले… पुरा पढौ

म्याग्देको छाङडाँडाका प्रत्येक घरमा खानेपानी वितरण

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–४ छाङडाँडाका एक सय पचास घरमा लिफ्टका माध्यमबाट खानेपानी वितरण गरिएको छ । झर्लाङ्दी खानेपानी आयोजनाबाट झिरबास, हटिया, गैरा, चोक्रे, तारन्थोक र ध्यानथोक गरी छवटा बस्तीमा खानेपानी वितरण गरिएको हो । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रणालीबाट खानेपानी सुविधा पुर्‍याइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार खानेपानी आयोजनाबाट झण्डै आठ सय मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिकाको समपुरक योजना, विशेष अनुदान सिफारिस बमोजिम गण्डकी प्रदेश सरकारले बजेट… पुरा पढौ

म्याग्दीको गलेश्वरधाममा धार्मिक पुस्तकालय स्थापना

म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषमा धार्मिक पुस्तकालय स्थापना गरिएको छ । मुक्तिनाथ प्रवेशद्वारको रुपमा बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर धाममा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा पाँच सयभन्दा बढी धार्मिक पुस्तक राखिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षमा धवप्रसाद रेग्मीले जानकारी दिए । ‘‘गलेश्वरमा आउने भक्तजन तथा आगन्तुकलाई लक्षित गरेर पुस्तकालय स्थापना गरेका हौँ, यहाँ बैदिक सनातनधर्मसँग सम्बन्धित सबै विधाका पुस्तक राख्ने लक्ष्य छ, गण्डकी क्षेत्रकै उत्कृष्ट धार्मिक पुस्तकालय बनाउने योजना छ”, उनले भने ।… पुरा पढौ