समाचार

जनप्रियमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

साउन १५ पोखरा ।जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले अनुशासित र असल विद्यार्थीलाई नै सफलता मिल्ने भएकाले लगनशील भई अध्ययन गर्न सुझाए । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भई कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रममा विजुक्छेले नेपालकै सर्वोकृष्ट सामुदायिक क्याम्पस रोजेका विद्यार्थीलाई जीवनमा के बन्ने भन्ने कुरा आजैबाट सुरुवात गर्न आग्रह गरे । उनले उच्चशिक्षा अध्ययनका लागि अन्यत्र जानै नपर्ने गरी क्याम्पसले हरेक चिजको व्यवस्थापन गरेको दावी गरे ।… पुरा पढौ

लापरवाहीले पोखरामा प्रहरी भ्यान ठोक्कियो चौतारीमा, बल प्रयोग गरेर रातारात निकालियो भ्यान

पोखरा, साउन १४ जनताको सुरक्षामा खटिने प्रहरीले नै लापरवाही गरेर सवारी चलाउँदा प्रहरी भ्यान दुर्घटनामा परेको छ । जो अगुवा त्यहि बाटो हगुवा भनेझैं गरेर जनताको शान्ति सुरक्षामा खटिने प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा प्रहरी भ्यान पोखरा–६ शान्तिपाटनस्थित चौबाटोमा रहेको चौतारीमा ठोक्किएर दुर्घटनामा परेको हो । वडा प्रहरी कार्यालय बैदामको ग.१झ. ५५१ नम्बरको प्रहरी भ्यान सिधै चौतारीमा गएर धस्सिदा चौतारीमा क्षेती पुगेको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । सो चौतारी टान गण्डकीकै… पुरा पढौ

पोखरामा भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरले बनायो छानविन समिति

पोखरा, साउन १४ पोखरामा आज विहान भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले छानविन समिति बनाएको छ । पोखराको फुस्रेखोला आज विहान करीब ९ बजे पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धि अध्ययन गर्न महानगरले शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा छानविन समिति बनाएको हो । छानविन समितिको सदस्यमा उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा, मे.ई.सरोज चालिसे र शिक्षा अधिकृत रामप्रसाद तिवारी सदस्य सचिव रहेको छानविन समिति बनाएको हो । बस दुर्घटनाबारे अध्ययन गर्न पोखरामा पहिलोपटक छानविन… पुरा पढौ

शुक्ला साहित्यले श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिता गर्ने

पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले यस वर्ष पनि राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिता गर्ने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिता गर्न लागेको प्रतिष्ठानका अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए । विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आईरहेको प्रतिष्ठानले यस वर्ष रजत जयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष वनाउन तयारी शुरु गरेको छ । प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्न अध्यक्ष वरुवालको संयोजकत्वमा मुल आयोजक समिति, सल्लाहकार… पुरा पढौ

जलेश्वरनाथ मन्दिरको महिमा बढ्दो

जलेश्वर । जलेश्वर नगरपालिका–२ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरमा साउनभरि साक्षात महादेव विराजमान रहने गरेको विश्वासका आधारमा भक्तजनहरुको निकै घुइँचो लाग्ने गरेको छ । सोमबारी पर्वका अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गारिएको छ । मन्दिरभरि तथा मन्दिर परिसरमा भव्य झिलीमिली बत्ती, फूलमालाले सजाइएको छ । मन्दिरको पाँच सय मिटर टाढासम्म शिवभक्तिका गीत–सङ्गीतले जलेश्वर गुञ्जायमान बनेको छ । जलेश्वरनाथको महिमा नेपालमा मात्र नभई भारतमा समेत रहेको छ । बर्सेनि बाबा जलेश्वरनाथको दर्शनका लागि हजारौँ दर्शनार्थी आउने गर्दछन् । यस… पुरा पढौ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह–सचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई, सदस्यहरुमा सुजित परियार, किसु गुरुङ्,रविन नेपाली,सूर्य बहादुर परियार, सुजन परियार, राज बराल, सिता सुवेदी,अनु विक, सागर रुम्बा सर्वसम्मत चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै सपथ खुवाउनु का साथै प्रमाणपत्र… पुरा पढौ

दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सुरु

दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालले आइतबारदेखि पहिलोपटक उक्त सेवा सुरु गरेको हो । व्यास नगरपालिका निवासी एक महिलाको पाठेघरको शल्यक्रिया गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । अस्पतालका प्रसूति विशेषज्ञ डा कुमार विष्टको समूहले ती महिलाको पाठेघर फाल्ने शल्यक्रिया गरेका हुन् । अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा आसपासका भेगका महिलालाई सहज हुने बरालको भनाइ छ । उनले भने, “यसअघि यस सेवाका लागि पोखरा, चितवन वा… पुरा पढौ

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

पर्वत । गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले पर्वतको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ । यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो । बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिए ।… पुरा पढौ

लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घट्यो

काठमाडौँ । लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन गर्दै सेवा शुल्क घटाइएको हो । “कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै प्रकारको रकम कट्टा गरी बचतको रुपमा राख्न पाइने छैन”, एकीकृत निर्देशनको संशोधनमा भनिएको छ, “कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा एक दशमलव तीन प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन् । एक वर्षभन्दा कम अवधिका लागि… पुरा पढौ

आय आर्जन बढाउन सामुमदायिक वनभित्र उद्यान निर्माण

गण्डकी । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्पm उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको छ । गण्डकी प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय कास्कीमार्पmत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम… पुरा पढौ