समाचार

जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड

साउन १२ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने जमर्काे भए त्यसको प्रतिवाद गरिने बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट निर्माण भएको संविधानमा प्राप्त भएका जनताका अधिकार कोही कसैले पनि खोस्न नसक्ने उल्लेख गरे । उनले आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्ने आफूहरुको मत रहेको र पछिल्लोपटक संसद्मा सम्बोधन गर्दासमेत त्यही विषयलाई… पुरा पढौ

समदृष्टि सहकारीमा नयाँ नेतृत्व

साउन १२ पोखरा । कास्की नेत्रहिन संघको अग्रसरताका स्थापना गरिएको समदृष्टि बचत तथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । वि स २०६८ सालमा दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुकै पहलमा स्थापना गरिएको सहकारीको सातौं अधिवेशनले लक्ष्मण सुवेदीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्वत रुपमा गठन भएको समितिको उपाध्यक्षमा दण्डपाणि ढकाल, सचिवमा छविलाल आले, सह सचिवमा रिता केसी, कोषाध्यक्षमा शुसिल गोदार र… पुरा पढौ

श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको घुइचो

साउन १२ पोखरा । पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको घुइचो लागेको छ । भदौ १० गते कृष्ण अष्टमी सम्म सञ्चालन हुने उक्त प्रवचन कार्यक्रमको तेश्रो दिन सम्म आइपुग्दा उल्लेख्य भक्तजनले सहभागीता जनाएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । एक महिने प्रवचन कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजद्धारा प्रवचन जारी रहेकाले भक्तजनहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको समेत ढकालले जानकारी दिए ।… पुरा पढौ

परोपकार महासंघलाई पोखरा आरम्भ चौतारीको सहयोग

साउन १२ पोखरा । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यू, नुन,मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायतको करिव ५० हजार रुपैयाँ बराबरको सामाग्रिहरू सहयोग गरेको हो । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीकी अध्यक्ष कृष्ण कुमारी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन मोहन राज आचार्य, भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, जोन चेयर पर्सन महेश्वर… पुरा पढौ

गञ्जिमै मन्त्रालय गएपछि मन्त्री मनाङे फेरी विवादमा

पोखरा, साउन १२ गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे फेरी विवादमा तानिएका छन् । कहिले खेलकुदका पदाधिकारीलाई लात्तले हानेर त कहिले मन्त्रालयकै कर्मचारी कुटेर बारम्बार विवादमा आइरहने मन्त्री मनाङे अहिले फेरी भित्री बस्त्र (गञ्जी) मात्रै लगाएर मन्त्रालय गएपछि पुनः विवादमा तानिएका हुन् । गुण्डा नाईकेको छवी संग्ल्याउन राजनीतिमा प्रवेश गरेका उनी आफ्नो पुरानै शैलीका कारण बारम्बार विवादमा आइरहन्छन् । यस पटक भने उनी कर्मचारी वा कसैलाई कुटेर नभई गञ्जीमात्रै लगाएर मन्त्रालय गएपछि आलोचना भइरहेको छ ।… पुरा पढौ

नबिल बैंकको वार्षिकोत्सव : पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन

साउन १२ पोखरा । नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाइएको… पुरा पढौ

लायन्स क्लव अफ पोखरा तालवाराहीको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन

पोखरा, साउन १२ लायन्स क्लव अफ पोखरा तालवाराहीले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । डिष्ट्रिक्ट ३२५ आई, क्लष्टर २, रिजन ४ र जोन ७ अन्तर्गतको सो क्लवले शनिबार विहान पोखरा–१८ सेदीबगरमा ‘रक्तदान जीवन दान, जीवनदान महादान’ भन्ने नारासहित रक्तदान कार्यक्रम गरेको थियो । सो रक्तदान कार्यक्रमको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा वडाध्यक्ष तिमिल्सिना, विशेष अतिथि डिष्ट्रिक्ट ३२५ आईका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले… पुरा पढौ

संगीतकार सुनिल थापालाई मातृशोक

पोखरा, साउन १२ पोखरा सांगीतिक कलाकार संघका निवर्तमान अध्यक्ष सुनिल थापालाई मातृशोक परेको छ । संगीतकार तथा कन्दरा व्याण्डका सदस्य थापाकी ममतामयी आमा मायादेवी थापाको ७३ वर्षको उमेरमा आज अपराह्न ४ः२० बजे निधन भएको हो । उनी लामो समयदेखि पेट, छाती र मुटु सम्बन्धि समस्याबाट पीडित थिईन् । रोगले च्याप्दै लगेपछि एक हप्ताअघि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा भर्ना गरेर उपचार गरिदै आएको थियो । उपचारकै क्रममा आमाको निधन भएको छोरा सुनिल थापाले जानकारी दिए । स्वर्गिय आमाको शव थापा निवास… पुरा पढौ

एसओएस गण्डकीमा नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उनीहरूको स्वागतसहितको अभिमुखीकरण गरिएको हो । दीपप्रज्ज्वलनसहित एसओएसका संस्थापक हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरी कार्यक्रमको समुद्घाटन गरियो । कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्य चूडामणि सुवेदीले गरेका थिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्र रविन अधिकारी र… पुरा पढौ

कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ । पटकपटक अबरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अबरुद्ध भएको छ । सडकको ट्रयाक नै बगाएपछि सडक खुल्न नसकेको हो । वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव… पुरा पढौ