समाचार

गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता

म्याग्दी । गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत दुई सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको जानकारी दिए। उनका अनुसार ५५ किलोमिटर कच्ची सडक निर्माण,… पुरा पढौ

पहिराको उच्च जोखिममा सिगाना स्वास्थ्यचौकी

गलकोट । बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो । जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन समितिका संयोजक यज्ञराज गौतमले जानकारी दिए । “स्वास्थ्यचौकी भवन नजिकै पानीको मूल छ, निर्माण गर्दा फालेको माटो र पानी तर्काउन नसक्दा बर्सेनि पहिरो बढेर गयो, लाखौँको स्वास्थ्यचौकी जोगाउन करोडाँै खर्च गर्नुपर्ने देखियो, हालसम्म पहिरो रोकथामका लागि रु ५० लाख खर्च भइसकेको छ”, उनले… पुरा पढौ

आईतबार धार्चे पहिरोमा बेपत्ता पाँच जनाको खोजीकार्य जारी

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उनले बताए । “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको… पुरा पढौ

गण्डकी प्रदेशः पशुमा पूर्णखोप अभियान

कास्की । गण्डकी प्रदेशमा पशुमा पूर्णखोप कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा २० लाख ४८ हजार तीन सय ६८ मात्रा खोप लगाइएको छ । गण्डकी प्रदेश सरकारले रोगको कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई घटाउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेको थियो । खोप कार्यक्रममा गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो । गण्डकी प्रदेशको कृषि तथा भूमि… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यू, २८ घाइते

पोखरा, साउन १४। पोखरामा आज स्कुल बस दुर्घटना हुँदा एकै परिवारका २ जनाको मृत्यू भएको छ । पोखराको एलपी देवकोटा मेमोरियल स्कूलको बस आज विहान पोखराको फुस्रेखोलामा दुर्घटना हुँदा एकै परिवारका आमा र छोराको मृत्यू भएको हो । विद्यार्थी लिएर पोखरा-२१ रामदीबाट बिरौटा फर्कने क्रममा भएको बस दुर्घटनामा स्कुलकी सहयोगी ३१ वर्षीय आरती विक र उनका ५ वर्षिय छोरा प्रिन्स विकको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । अन्य २८ जना घाइते भएका छन्। घाइते विद्यार्थी तथा चालकको उद्धार… पुरा पढौ

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री जोशी दोषी ठहर

साउन १३ काठमाण्डौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र रु ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र रु दुई करोड १६ लाख… पुरा पढौ

माउण्ट अन्नपूर्णमा स्वागत तथा अभिमुखिकरण सम्पन्न

साउन १४ पोखरा । माउण्ट अन्नपूर्ण मा. वि.मा कक्षा ११ मा नवआगान्तु विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पोखराको नदीपुरस्थित मा. वि. मा आइतबार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्ट सङ्कायका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । सो अवसरमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक बीना ढकाल, उत्प्रेरक रविन कट्वाल, विद्यालयका एकेडेमी डाइरेक्टर अशोक कुमार शाही, सञ्चालक समितिका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अतिरिक्त क्रियाकलाप संयोजक तेजबहादुर गुरुङ, प्रशासक… पुरा पढौ

राइड सेयरिङ सम्बन्धि अध्ययन गर्न कार्यदल गठन, चल्न थाले सार्वजनिक सवारी साधन

पोखरा, साउन १३ गण्डकी प्रदेशमा राइड सेयरिङ सम्बन्धि अध्ययन गर्न कार्यदल गठन भएको छ । आन्दोलनरत यातायात व्यवसायी र गण्डकी सरकारबीच आइतबार राइड सेयरिङ अर्थात नीजि सवारी साधन रातो प्लेटका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनमा यात्रु ओसारपसार गर्नका लागि बुझाइएको ज्ञापन पत्रबारे अध्ययन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदल गठन भएसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा यातायात व्यवसायीले गरेको आन्दोलनपनि स्थगित भएको छ । यातायात… पुरा पढौ

पीईसीमा स्नातक अन्तिम वर्षका विद्यार्थीको विदाई

साउन १३ पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) फिर्केमा स्नातक तह अन्तिम वर्षका विद्यार्थीहरुलाई विदाई गरिएको छ । आइतबार एक कार्यक्रमका विच स्नातक तहको बि इ सिभिल, वि इ कम्प्युटर र वि आर्चिअटेक्चर कार्यक्रममा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीलाई विदाई गरिएको हो । कलेज र विद्यार्थी परीषद्को संयूक्त आयोजनामा भएको कार्यक्रममा कलेजका प्रिन्सिपल ई. सोम गुरुङ, डाइरेक्टर अम्बर गुरुङ, प्रशासन प्रमुख चिजकाजी गुरुङ, अतिरिक्त कृयाकलाप संयोजक ई. प्रविण श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई टीका, खादा र मायाको चिनो प्रदान गरेका थिए । सो… पुरा पढौ

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा, साउन १३ पोखरा–४ गैह््रापाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमबीच स्वागत तथा अभिमूखिकरण गरिएको छ । विद्यार्थीका लागि आयोजित उक्त कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । ‘सही समयमा सही विषय छनोट गर्न सकेमा मात्र भविश्य उज्जवल हुन्छ । बेलैमा सही विषय छनोट गर्नुपर्छ,’ उनले भने, ‘अबका दुईवर्ष मेहनत गरेमा विद्यार्थीको जीवन उज्जवल हुनेछ ।’ विद्यालयका प्राचार्य सरोज कोइरालाले अनुशासनमा रहेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव… पुरा पढौ