समाचार

नीति तथा कार्यक्रम : पोखरा उपत्यकालाई अध्यात्म केन्द्रका रुपमा विकास गरिने

पोखरा । पोखरा महानगरपालिकाले पोखरा उपत्यकालाई समेटेर अध्यात्म केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । महानगरले धार्मिक, सांस्कृतिक सम्पदायुक्त, शान्त, सुन्दर पोखरा उपत्यकालाई अध्यात्म केन्द्रका रुपमा विकास गर्ने भएको हो । जसका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने जनाएको छ । पोखरा लेकसाईडस्थित कोमागाने पार्क, बसुन्धरा पार्क लगायतका सार्वजनिक पार्कहरूको सौन्दर्यीकरण… पुरा पढौ

पोखरा महानगरपालिकाले पुराना बस्तीहरुलाई ‘हेरिटेज साईट’ बनाउने

पोखरा । पोखरा महानगरपालिकाले पोखराका पुराना बस्तीहरुलाई समेटेर सम्पदा बस्ती (हेरिटेज साईट) बनाउने भएको छ । पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले पोखरा महानगरपालिकाले पोखराको पुराना बस्तीहरु रामकृष्ण टोल, गणेश टोल, तेर्सापट्टी, भैरव टोल, मोहोरिया टोल, विन्ध्यवासिनी आदि बस्तीहरूलाई सम्पदा बस्ती (हेरिटेज साईट) बनाउने बताए । परम्परागत पहिचान र विशिष्टता संरक्षण तथा संवद्र्धन गर्न सम्पदा बस्ती बनाउने र सो का लागि सो सम्बन्धि छुट्टै कानुन… पुरा पढौ

रत्नमन्दिर परिसरलाई प्यालेस म्युजियमको रूपमा विकास गरिने

पोखरा । पोखरा महानगरपालिकाले रत्नमन्दिर र सो परिसरलाई प्यालेस म्युजियमको रूपमा विकास गर्ने भएको छ । पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले रत्नमन्दिर र सो परिसरलाई प्यालेस म्युजियमको रूपमा विकास गर्ने नीति सार्वजनिक गरे । पर्यटन राजधानीको समग्र विकासको लागि पूर्वाधार सुशासन कायम गर्दै पर्यटन पूर्वाधार विकासमा जोड दिइनेपनि महानगर प्रमुख धनराज आचार्यले बताए । उनले पृथ्वी राजमार्गको पोखरा प्रवेश विन्दु वडा नं ३२ कोत्रे… पुरा पढौ

पोखरा महानगरको नीति तथा कार्यक्रम पर्यटन केन्द्रीत

असार १० पोखरा । पोखरा महानगरपालिकाले पर्यटनमैत्री नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटनमैत्री नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा गत चैतमा पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट घोषणा गराइएको पर्यटनको राजधानीलाई आवश्यक पर्ने पूर्वाधार निर्माणसँगै ब्राण्डिङदेखि प्रचारप्रसार गर्नेसम्मका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएका छन् । पोखरा महानगरपालिकाले नीति तथा कार्यक्रम समाजवाद उन्मुख बनाउने घोषणा गरेको छ ।… पुरा पढौ

क्षेत्री समाजका केन्द्रीय कोषाध्यक्ष कार्कीको अन्त्येष्टी

पोखरा । क्षेत्री समाज नेपालका केन्द्रीय समितिका कोषाध्यक्ष पदमबहादुर कार्कीको अन्त्यस्टी गरिएको छ । शुक्रबार निधन भएका कार्कीको शव आइतबार अन्त्यस्टी गरिएको हो । विगत केही महिनादेखि अस्वस्थ रहेका कार्कीको उपचारका क्रममा विहीबार निधन भएको थियो । अन्त्येष्टी अघि कार्कीको शवलाई आइतबार पोखरास्थित क्षेत्री समाजको केन्द्रिय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो समाजका केन्द्रीय अध्यक्ष रिब बहादुर थापा, महासचिव कृष्ण कहादुर थापा , गण्डकी प्रदेश अध्यक्ष इन्द्रमान खत्री, कास्की जिल्ला अध्यक्ष दिल बहादुर अधिकारीले समाजको झण्डा ओढाइ सम्मान… पुरा पढौ

मुख्यसचिव डा अर्यालसहित ११ कर्मचारी र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार ९ काठमाण्डौं । अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनही रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो माग दाबीसहित मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका बेला सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष (हाल मुख्यसचिव) डा अर्यालसहित,… पुरा पढौ

सुनको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ । यसैगरि, आज चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको… पुरा पढौ

गण्डकी सहित ३ प्रदेशमा भारी वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ… पुरा पढौ

बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, ६ जना घाइते

भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१… पुरा पढौ

‘नेपाल आइडल–५’ को उपाधि करणलाई

प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनस् विजेता बनेका हुन । विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे। प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । विगत… पुरा पढौ