भाषा संघको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित




असार ३ पोखरा । पोखरामा भाषा संघ नेपाल ल्यानको आयोजनामा छैटौं जापानी भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आइबार संघमा आवद्ध जापानी भाषा प्रशिक्षकहरुलाई लक्षित गर्दै प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पोखराका विभिन्न भाषा स्कुलका ४४ जना प्रशिक्षकहरुको सहभागिता रहेको संघका महासचिव बालकृष्ण शर्माले जानकारी दिए ।
कार्यक्रमलाई संघका अध्यक्ष सृजन भान्साकार्य, निलम बाटाजु, मोतिप्रसाद श्रेष्ठ र सविता शेरचनले जापानी भाषाको इतिहास, जापानी संस्कृति लगायत भाषा प्रशिक्षण गर्दा ध्यान दिनुपर्ने विषयमा सहजीकरण गरेका थिए ।

सो अवसरमा संघका सल्लाहाकार युवराज खनाल, पक्राशकुमार श्रेष्ठले जापानमा अध्ययनको लागि जाने विद्यार्थीले त्यहाँको भाषा र संस्कृति बुझेर जानुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मोति प्रसाद श्रेष्ठ र सञ्चालन महासचिव बालकृष्ण शर्माले गरेका थिए ।

यो प्रशिक्षणले जापानी भाषा प्रशिक्षकहरुको क्षमतामा वृद्धि हुनुको साथै विद्यार्थीहरुको भाषा सिकाईमा थप गुणात्मक सुधार हुने अपेक्षा गरिएको महासचिव शर्माले बताए । जापान जाने विद्यार्थीहरुको हक हितको लागि स्थापना भएको संघमा हाल पोखराका विभिन्न ४५ वटा जापानी भाषा स्कुल आवद्ध छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।