समाचार

राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनकमा भाग लिन जेनेभा प्रस्थान

जेठ २९ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन आज अपराह्न जेनेभा प्रस्थान गरेका छन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिदाइ गरे । त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : व्याडमिन्टनका पहिलो चरणका खेलहरु सम्पन्न

जेठ २९ पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गतेसम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल गरि ६ खेलमा सात प्रदेशका ७६/७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा सुरु… पुरा पढौ

खरिदको तालिममा प्रतिवद्धता कार्यान्वयन आवश्यक

पोखरा । नेपाल खानेपानी संस्थान प्रधान कार्यालय काठमाडौले कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा आयोजना गरेको खरिद सम्वन्धी तालिममा कार्यालयको जिम्मेवारी सम्हालेसँगै प्रमुखले प्रतिवद्धता जनाउन सक्नु पर्ने बताईएको छ । तालिमको दोस्रो दिन कार्यक्रमका अध्यक्ष एवं नेपाल खानेपानी संस्थानका प्रोजेक्ट म्यानेजर ई.निरण महर्जनले कार्यसञ्चालन खर्च, आवश्यक सामग्रीको पहिचान, बजेट, खरिद प्रक्रिया, मुल्य निर्धारण, कार्य सम्पन्नता लगायत शीर्षकमा सहभागिलाई तालिम प्रदान गरिएको थियो । तालिममा छलफल, प्रतिवद्धता, कार्यान्वयन, समन्वय, सहजीकरण र सहयोगको भावना सवै कर्मचारीमा आवश्यक रहेको प्रमुख महर्जनले बताएका थिए । तालिममा… पुरा पढौ

‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ र ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गरिने

प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम लागू गर्ने जनाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा सो कार्यक्रम लागु गर्ने उल्लेख भएको हो । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोहि अनुरुप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिईने नीति तथा कार्यक्रममा उल्लेख छ । उसले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्नेपनि जनाएको छ । जसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधिकरण,… पुरा पढौ

गाँजा खेतीका लागि गण्डकी प्रदेशले आवश्यक कानून बनाउने

गण्डकी प्रदेशले गाँजा खेतीको आवश्यक कानूनी व्यवस्था गर्ने जनाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा गाँजा खेतीका लागि आवश्यक कानून बनाईने उल्ल्ेख छ । तर औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि यस्तो व्यवस्था गर्न लागिएको प्रदेश प्रमुख डिल्लीराज भट्टले बताए । सरकारले माटो परीक्षण तथा मलको गुणस्तर नियमन सम्बन्धी कार्यक्रमलाई थप सघन बनाउन ‘मोवाइल माटो अस्पताल’ सञ्चालन गर्नेपनि जनाएको छ । यसैगरी एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्मको सम्भाव्यता अध्ययन गरी सामुहिक… पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि ‘राउण्ड फेवा, भ्यू फेवा’ र चंखपुरदेखि मग्रेबगरसम्म ट्रस ब्रिज निर्माणका लागि पहल गरिने

प्रदेश सरकारले फेवाताल वरीपरीको पदमार्गलाई प्रवद्र्धनका लागि ‘राउण्ड फेवा, भ्यू फेवा’ कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रदेशको नीति तथा कार्यक्रममा सो कार्यक्रमलाई निरन्तरता दिइएको हो । त्यस्तै, फेवाताल सिरानको चंखपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणका रुपमा ट्रस ब्रिज निर्माणका लागि पहल गर्ने जनाएको छ । प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम लागू गर्ने जनाएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोहि अनुरुप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिईने नीति तथा… पुरा पढौ

गण्डकीमा ‘अर्गानिक गाउँ’ बनाईने, बाँदरले गर्ने क्षेती कम गर्न ‘कृषि हेरालो’ राखिने

गण्डकी प्रदेशले अर्गानिक गाउँ निर्माण गर्ने जनाएको छ । गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा अर्गानिक गाउँ निर्माण गर्ने उल्लेख गरिएको हो । जसका लागि नमूना गाउँ छनौट गरिने र तीमध्ये उपयुक्त स्थानलाई अर्गानिक गाउँ घोषणा गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय बजारसँगको आबद्धता स्थापित गरिने प्रदेश प्रमुख डिल्लीराज भट्टले बताए । त्यस्तै, सरकारले बाँदरबाट हुने क्षेत्री न्यूनिकरणका लागि ‘कृषि हेरालो’को व्यवस्था गर्ने भएको छ । बाँदरको अतिक्रमबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानिय तह र प्रदेश सरकारको साझेदारीमा कृषि हेरालो कार्यक्रम… पुरा पढौ

पुरानै योजना र कार्यक्रमलाई निरन्तरता दिदै ल्यायो गण्डकीले नीति तथा कार्यक्रम

पोखरा, जेठ २९ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै योजना र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको हो । गण्डकीको नीति तथा कार्यक्रममा पूर्वाधारतर्फ प्रदेश गौरव, प्रादेशिक लोकमार्ग, स्थानिय तहको केन्द्र जोड्ने, एक निर्वाचन क्षेत्र ः एक सडक कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै सो सडक अन्तर्गत पर्ने क्षेत्रमा सडक पुल निर्माणका लागि प्राथमिकता दिईनेपनि जनाइएको छ । यसैगरी, पोखरामा सुविधा सम्पन्न… पुरा पढौ

पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पुरा

पोखरा । पोखरा रङ्गशालामा हुने ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ को तयारी पुरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा जेठ ३० र ३१ गते हुने प्रतियोगिताको तयारी पुरा भएको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेल समावेश गरिएको उनले जानकारी दिए । सबै… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद : व्याडमिन्टन प्रतियोगिता सुरु

जेठ २९ पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत व्याडम्निटनको प्रतिस्पर्धा मंगलबारबाट पोखरामा सुरु भएको छ । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गतेसम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल गरि ६ खेलमा सात प्रदेशका करिव पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका… पुरा पढौ