समाचार

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट हुँदै

पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।ेप्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका… पुरा पढौ

जनप्रिय क्याम्पसका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा । पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाईन्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महानगर न्यायिक समितिले जनाएको छ । विभिन्न संघसंस्थाहरुसंग मिलेर कार्यक्रम सञ्चालन गरिहेको छ । “न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम अन्र्तगत आइतबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको सिमलचौरमा रहेको कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय फुटबल : कास्की र तनहुँ उपाधि नजिक

पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधि नजिक पुगेका छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमीफाइनलबाट उपाधि भिडन्त हुने टिमको टुङ्गो लागेको हो । आज सम्पन्न पहिलो सेमीफाइनलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजिब श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिए पनि तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्त बहादुर गुरुङले टिमका लागि गोल गरे भने ३५… पुरा पढौ

म्याग्दीबाट हाते तानमा बुनेका अल्लो र ढाका विदेश निर्यात

गलेश्वर । म्याग्दी जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–७ मङ्गलाघाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत विदेशमा पठाएर यस वर्ष रु १५ लाख आम्दानी भएको जानकारी दिए। उत्पादित कपडाको अष्ट्रेलिया, जापान, लण्डन, हङ्कङ, दक्षिण कोरिया, अमेरिकालगायत युरोपका देशबाट नियमित माग… पुरा पढौ

भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै लम्जुुङको टाप गाउँ

गण्डकी । एकै ठाउँमा मिलेर बसेका ९४ वटा घर जसमध्ये ९० वटा गुरुङ समुदायका छन् भने बाँकी चार घर दलित समुदायका । लम्जुुङको दोर्दी गाउँपालिका–८ स्थित रमणीय गाउँका रुपमा रहेको टाप यस क्षेत्रको प्राचीन गाउँ हो । परम्परागत कला, संस्कृतिका साथै प्राकृतिक सौन्दर्यताका कारण धेरै पर्यटकीय सम्भावना रहेर पनि उचित प्रचारप्रसारको अभावमा यहाँको मौलिक पहिचान अझै उजागर हुन सकेको छैन । गाउँको प्रवर्द्धनसँगै पर्यटकीय उपयोगका लागि समयसमयमा विभिन्न प्रयास भए पनि त्यसले अझै सार्थकता पाउन नसकेको स्थानीय समाजसेवी एवं दोर्दी… पुरा पढौ

पुर्ख्यौली पेसाको संरक्षण गर्दै बुद्धिराम,सारङगी बजाउदै घरघरमा

लमजुङ । सेतै फुल्दै गरेको दारी अनि कपाल । चाउरिँदै गरेको मुहार । शिरमा ढाका टोपी, शरीरमा स्टकोट र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई झोला भिरेर हातमा साङ्रगी लिएर परिस्थितिअनुसारका विषयका गीत गाउँदै घरघरमा पुग्छन् सुन्दरबजार नगरपालिका–६ पाखाथोकका ७० वर्षीय बुद्धिराम गन्धर्व । आराम गरेर बस्नुपर्ने उमेरमा कतिपय युवाभन्दा जोशिलो र व्यस्त हुन्छन् । एकाबिहानै उनी उठ्छन् । उठेपछि हातमुख धोएर, खाजा खाएपछि सारङ्गी लिएर घरबाट उनी हिड्छन् । दैनिकजसो बिहानैदेखि बेलुका साँझ परेसम्मै विभिन्न ठाउँको घरघरमै… पुरा पढौ

धादिङ त्रिपुरा बाराही महिला समूहको लैंगिक हिंसाबिरुद्ध प्रशिक्षण

पोखरा । धादिङ त्रिपुरा बाराही महिला समूहद्वारा आयोजित लंैगिक हिंसाबिरुद्ध पुरुषको ऐक्यवद्धता तथा महिला पुरुष समचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले सबै क्षेत्रमा महिलाको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने दावी गरिन् । ‘लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन । यो हाम्रो राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिसँग गासिएको छ… पुरा पढौ

आज र भोलि प्रतिनिधिसभा बैठक स्थगन गरिने

काठमाडौँ । विनियोजन विधेयकमा छलफल गर्न आज र भोलिका लागि निर्धारित प्रतिनिधिसभाका बैठक स्थगन गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेसहित उनको सरकारी निवासमा संसद्मा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकहरूसँग आज बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरूलाई अध्ययनका निम्ति पर्याप्त समय उपलब्ध गराउन दुई दिन प्रतिनिधिसभाको बैठक नगर्ने निर्णय गरेको हो । उक्त विधेयकमा यही २९ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि दलहरूले समय मागेका कारण बैठक स्थगनको सूचना… पुरा पढौ

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र नेपाल रेडक्रस सोसाइटीका टोलीले सेवा दिएका थिए । शिविरमा छ सय ६२ जनालाई स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, भेटेरिनरी, आयुर्वेद, कृषि परामर्शसम्बन्धी सेवा प्रदान गरिएको… पुरा पढौ

कालीगण्डकी करिडोरः फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ । पटकपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी… पुरा पढौ